From Wikipedia, the free encyclopedia
तथागत गौतम बुद्धको महापरिनिर्वाणको तीन सय साठी वर्ष पछि पश्चिम भारत ओडियनको धनकोष द्वीपमा एउटा शंकरकूट नामक मन्दिर थियो जहाँ राजा उपराज तथा महारानी आलोकाभासवती रहन्थ्यो। उनको एउटा मात्र छोरीको नाम राजकुमारी सुधर्मा थियो जुन बौद्ध भिक्षुणी बने। उनी आफ्नो सेविकाको साथ एउटा द्वीपमा साधना गरिरहेको एक रात उनको सपनामा देखेको थियो कि एक सेतो व्यक्तिले पाँच अक्षर अर्थात् ॐ आः हूं स्वाहाले अलंकृत एउटा स्फटिक कुम्भलाई उनिको शिरमा तीन चोटि राखे, ति कुम्भबाट प्रकाश फैलिएर ति प्रकाश द्वारा उनीले तीन लोकधातुका साक्षात्कार गरे। अनन्तर देवलोकमा अनुत्तर महासन्धि तन्त्रको प्रवर्तक वज्रसत्त्वको अवतार देवपुत्र अधिचित्तको प्रभाव द्वारा उस भिक्षुणीको गर्भबाट एउटा पुत्रको जन्म भए। भिक्षुणीलाई एकदमै लाजको अनुभूति भईन र बालकको जन्मलाई सर्वथा अनुचित थाहाँ पाएर विलाप गर्न थालिन्। उनको सेविकाले यो बुद्धको पुत्र हो। यसकारण विलाप गर्नु उचित होइन भनेर सम्झाएको थियो। तर सेविकाको कुरामा केहि वास्ता नगरी भिक्षुणीले बालकलाई एउटा खाल्टोमा फालिदिए, परन्तु अकस्मात् उसको शरीर बाट शब्द र प्रकाश आदि निस्किन्नु थाले। तीन दिन बिते पछि हेर्दा पनि शिशुलाई कुनै हानी नभई स्वस्थ र सुरक्षित थियो। त्यसै कारण उनीले यो अवश्यनै अवतारी हो भनेर स्वीकार गरिन्। बालकलाई खाल्टो बाट बाहिर निकालेर ल्याउदा लौकिक देवताहरू एकत्रित भएर श्रद्धापूर्वक बालकको वन्दना र स्तुति गरे। सात सालको बाल्यकाल उमेर मै ति बालकले महाराज उपराजको पाँच सय विद्वानहरू संग धार्मिक परिसम्वाद एवं वादविवाद गरी उनका मानमर्दन गरे। निकै आदर सत्कार सहित उनको नाम प्रज्ञाभव राखियो। राजा स्वयम् पनि एकदम प्रसन्न हुनुभए र उहाँले बालकलाई महान् आचार्यको उपाधि दिएर उनको नाम सुरतिवज्र राखे। सुरतिवज्रलाई महासन्धिको चौसठी लाख तन्त्र कण्ठस्थ थियो। अतः वज्रसत्त्वले स्वयम् प्रकट भएर विद्या कलशाभिषेक दिई उनले अशैक्षमार्गीय ज्ञानको अभिभुखी गर्नु सक्ने बताए।
जुनबेला उहाँ शीतवन महाश्माशनमा डाकिनी सूर्यकिरण सहित अपरिमित शिष्यहरूको धर्म देशना गरिरहेको थियो, त्यसैबेला आर्यमञ्जुश्रितीक्ष्ण द्वारा व्याकरण गरिरहेको बेला आचार्य मञ्जुश्रिमित्र शीतवनमा पुगे र उनले आचार्य सुरतिवज्र बाट पचहत्तर वर्षसम्म श्रवण गरे। सम्पूर्ण अववादहरू ममञ्जुश्रिमित्रलाई प्रदान गर्नुभई आचार्य सुरतिवज्र दन्तिका नामक नदीको किनारमा अनास्रवधातुलोकमा महापरिनिर्वाण प्राप्त गर्नुभए।
आचार्य मन्जुश्रिमित्रले महासन्धिको चौसठी लाख तन्त्रहरूलाई चित्तवर्ग, धातुवर्ग र अववादवर्ग गरी तीन भागमा विभाजन गर्नुभए। उहाँले सम्पूर्ण गुह्यतन्त्रहरू, विशेष गरी थिगले-रङ्-नद्-दु-बब्-प मा संगृहित गरी उसलाई मौखिक परम्परा र व्याख्या परम्परा अर्थात् दुई भागमा विभाजित गर्नु भए। उहाँ महाश्मशान द्वीपमा डाकिनी र अन्य सत्त्वहरूको धर्म देशना गर्दै एक सय उन्तीस सालसम्म जीवित रहन्नु भएको थियो। त्यसपछि उहाँको शिष्य श्रीसिंहले अतियोग तन्त्रको अववादवर्गलाई बाह्यातन्त्र, अध्यात्मतन्त्र, गुह्यतन्त्र तथा अनुत्तरगुह्यतन्त्र गरी चार भागमा विभाजित गरे। त्यसपछि श्रीसिंहको शिष्य आचार्य ज्ञानसुत्र एवं गुरु पद्मसम्भवको यो परम्परा प्राप्त भएको थियो। आचार्य पगोर वैरोचनले अतियोगतन्त्रको चित्तवर्ग एवं धातुवर्गलाई श्रीसिंह बाट प्राप्त गर्नुभए। ज्ञानसुत्रले आचार्य विमलमित्रलाई यस परम्पराको प्रदान गरे। उहाँ तिब्बतमा जानुभई ञगस् तिङ्जीन जाङ्पो, कावापल्चेगस्, चोगरो लुयी ग्याल्छन, ञगस् ज्ञानकुमार, धर्मराज ठ्रिस्रोङ देउचन आदि अनेक प्रमुख शिष्यहरूलाई यस परम्परा प्रदान गर्नुभए। अचार्य विमलमित्रले अचार्य श्रीसिंह बाट पनि यस परम्पराको प्राप्त गर्नु भएको थियो र सुरतिवज्रबाट साक्षात्कार द्वारा प्राप्त गरे। गुरु पद्मसम्भवले वास्तवमा अतियोगतन्त्रको शिक्षा सुरतिवज्र, मन्जुश्रिमित्र र श्रीसिंह तिनै जना बाट प्राप्त गर्नुभएपनि लोक व्यवहारमा केवल श्रीसिंहबाट मात्र हासिल गरेको मानिन्छ।[1][2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.