फ्रिडा पिन्टो
भारतीय मोडल / From Wikipedia, the free encyclopedia
फ्रिडा सेलेना पिन्टो (जन्म: सन् १९८४ अक्टोबर १८ )[2] एक भारतीय अभिनेत्री हुन् जो मुख्यतया अमेरिकी र बेलायती चलचित्रहरूमा देखा परेकी छिन्। उनको जन्म भारतको मुम्बईमा भएको हो।[3][4][5] उनको बाल्यकालदेखि नै अभिनयप्रति रुचि रहेको हुँदा विद्यालयमा अध्ययन गर्दा उनले नाटकहरूमा भाग लिने गर्थिन्। आफ्नो अध्ययन पुरा गरेर उनले चार वर्ष मोडलिङ गरिन् र पछि टेलिभिजन प्रस्तोताको रूपमा समेत कार्य गरिन्।[6]
छरितो तथ्यहरू फ्रिडा पिन्टो, जन्म ...
फ्रिडा पिन्टो | |
---|---|
जन्म | फ्रिडा सेलेना पिन्टो[1] (1984-10-18) १८ अक्टोबर १९८४ (उमेर ३९) मुम्बई, महाराष्ट्र, भारत |
मातृ शिक्षाप्रतिष्ठान | सेन्ट जेभियर्स कलेज, मुम्बई |
पेशा | अभिनेत्री |
कार्यकाल | सन् २००५–वर्तमान |
जीवनसाथी | कोरी ट्रान ( वि २०२०) |
सन्तान | १ |
बन्द गर्नुहोस्
उनले स्लमडग मिलियनेयर (सन् २००८) नामक चलचित्रमा लातिकाको भूमिकाबाट लोकप्रियता प्राप्त गरेकी थिइन्।[7] उनको सबैभन्दा ठूलो व्यावसायिक सफलता विज्ञान कथा चलचित्र राइज अफ द प्लानेट अफ द एप्स (सन् २०११) बाट आएको थियो।