From Wikipedia, the free encyclopedia
बङ्गलादेश बैङ्क (बङ्गाली: বাংলাদেশ ব্যাংক), उच्चारण: बाङ्लादेश ब्याङ्क जनगणतान्त्रिक बङ्गलादेशको केन्द्रीय बैङ्क हो। यस बैङ्कको स्थापना स्वतन्त्रता युद्ध पश्चात् बङ्गलादेशको स्थापना पछि सन् १९७१ डिसेम्बर १३ का दिन भएको थियो। यसको कार्यवाहक प्रमुखलाई गभर्नरको नाम दिइएको छ। बङ्गलादेश बैङ्क बङ्गलादेशी बैङ्कहरूको नियामक निकायको हो।[2] राज्यको तर्फबाट यसले देशको बैङ्क र गैर-बैङ्कीय वित्तीय संस्थाहरूको नियन्त्रण गर्दछ। देशको मौद्रिक नीति बङ्गलादेश बैङ्कद्वारा निर्धारित र व्यवस्थित हुन्छन्। यसले देशको विदेशी विनिमय भण्डार कायम गर्ने काम गर्दछ। यसबाहेक बैङ्कले विदेशी मुद्राको तुलनामा टाका|बङ्गलादेशी टाकाको विनिमय दरलाई निर्धारण गर्दछ। यस बैङ्कले टाकाको मुद्रण गरी परिचय पेस गर्ने उत्तरदायित्व लिएको छ जहाँ यसले १ टाका, २ टाका र ५ टाकाका कागज नोटहरू बाहेक यसले अन्य सबै कागजी नोटहरूको मुद्रण गर्ने गर्दछ। बङ्गलादेश बैङ्क सरकारी कोषको लागि पनि जिम्मेवार रहेको छ। हाल बङ्गलादेश बैङ्कका गभर्नर फजले कविर हुन्।
केन्द्रीय कार्यालय | मोतिझिल, ढाका |
---|---|
स्थापना | १६ डिसेम्बर १९७१ |
गभर्नर | फजले कविर |
केन्द्रीय बैंक | बङ्गलादेश |
मुद्रा | टाका |
कोष | ৳२९८२.६५ विलियन ($३५ विलियन) [1] |
पूर्वाधिकारी | स्टेल बैङ्क अफ पाकिस्तान |
वेबसाइट | बङ्गलादेश बैङ्क |
सन् १९७१ को स्वतन्त्रता युद्धमा बङ्गलादेशको विजय पश्चात् बङ्गलादेश सरकारले बङ्गलादेश बैङ्कको नाममा बङ्गलादेशको केन्द्रीय बैङ्कको रूपमा ढाकामा स्टेट बैङ्क अफ पाकिस्तानको शाखा राजधानी ढाकामा स्थापना गरेको थियो। बङ्गलादेश बैङ्क आदेश, सन् १९७२ पारित भएपछि बङ्गलादेश बैङ्कको स्थापना सन् १९७१ डिसेम्बर १६ का दिन भएको थियो। सन् १९७१ मा मुजिबनगर सरकारले समाजवादी प्रणालीको अर्थतन्त्र निर्माण गर्न र युद्धग्रस्त देशको विकासका लागि पर्याप्त रकम प्रदान गर्न सबै बैङ्कहरूलाई राष्ट्रियकरण गर्ने निर्णय गरेको थियो।[3] सन् १९८२ मा बङ्गलादेश सरकारले छ वटा सरकारी बैङ्कहरूलाई एकीकरण गरी निजी बैङ्कहरूको स्थापनालाई अनुमोदन गरेको थियो। बैङ्कीय क्षेत्रको पुनर्संरचना, ऋण चुक्ता, ऋण नियन्त्रण र निजी लगानी संस्थाहरूको स्थापना र नियमन गर्न सन् १९८६ मा राष्ट्रिय मुद्रा बैङ्कीय र ऋण आयोग गठन गरिएको थियो। आयोगको गठन गरिएतापनि बैङ्कीय क्षेत्र सक्षम र प्रभावकारी हुन सकेको थिएन।[3]
बङ्गलादेश बैङ्कले आफ्ना गतिविधिहरू प्रमुख कार्यालय र थप १० शाखा कार्यालयहरूमार्फत सञ्चालन गर्दै आएको छ। यसको मुख्य कार्यालय राजधानी ढाकाको मोतीझिलमा अवस्थित छ। यस बैङ्कका १० शाखा कार्यालयहरू यस प्रकार छन्;[4][5]
यसबाहेक बङ्गलादेश बैङ्कको एक प्रशिक्षण केन्द्र पनि रहेको छ जुन बङ्गलादेश बैङ्क प्रशिक्षण प्रतिष्ठानको रूपमा परिचित छ। यसको प्रशिक्षण केन्द्र ढाकाको मिरपुरमा अवस्थित छ।
सन् १९७२ जनवरी १८ का दिन एएन एम हामिदुल्लाहले बङ्गलादेश बैङ्कको प्रथम गभर्नरका रूपमा नियुक्ति प्राप्त गरेका थिए। यस बैङ्कका गभर्नरहरू मध्ये सन् १९७४ नोभेम्बर १९ देखि सन् १९७६ जुलाई १३ सम्म यस पदमा रहेका एके नाजिरउद्दीन आहमेदले यस पदमा रहेर सबै छोटोसमयका लागि सेवा गरेका थिए भने सन् १९७६ जुलाई १३ देखि सन् १९८७ अप्रिल २२ सम्म यस पदमा रहेका अधिकारी मोहाम्मद नूरुल इसलामले सबैभन्दा लामो समयसम्म यस पदमा रही सेवा गरेका थिए। हाल बङ्गलादेश बैङ्कका गभर्नर फजले कविर हुन् जो सन् २०१६ मार्च १६ देखि यस पदमा रही आएका छन्[6]
बङ्गलादेश बैङ्कले देशको अर्थतन्त्रमा गरिएको अनुसन्धान र अर्थतन्त्रमा पुर्याएको महत्वपूर्ण योगदानको सम्मानका लागि पुरस्कार वितरण गर्दै आएको छ। बङ्गलादेश बैङ्क पुरस्कार सन् २००० मा पेश गरिएको थियो। बङ्गलादेश बैङ्कका गभर्नरको नेतृत्वमा रहेको एक बोर्डले देशका केही प्रतिष्ठित अर्थशास्त्रीहरू सहितको पुरस्कारका लागि नामाङ्कनलाई अन्तिम रूप दिएको थियो। पुरस्कार विजेताहरूको नाम तल उल्लेख गरिएको छ;
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.