बाइटडान्स
From Wikipedia, the free encyclopedia
बाइटडान्स लिमिटेड (चिनियाँ: 字节跳动); (फिनयिन : Zìjié Tiàodòng) (उच्चारण:जुजि थाओदोङ) एक चिनियाँ बहुराष्ट्रिय इन्टरनेट प्रविधि कम्पनी हो जसको प्रधान कार्यालय राजधानी बेइजिङमा अवस्थित छ। [5] सन् २०१२ मा झाङ यिमिङले यसको स्थापना गरेका थिए। बाइटडान्सको मूल्य मे २०२० सम्म १०० अर्ब अमेरिकी डलर भन्दा बढी रहेको अनुमान गरिएको छ।[6]
मौलिक नाम | 字节跳动有限公司 |
---|---|
व्यवसाय प्रकार | निजी कम्पनी |
उद्योग | इन्टरनेट |
स्थापित | मार्च २०१२; १२ वर्ष अघि (२०१२-०३) |
स्थापनाकर्ता | झाङ यिमिङ 张辅评[2] |
केन्द्रीय कार्यालय | हैदियान जिल्ला, बेइजिङ , |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति | झाङ यिमिङ, अध्यक्ष र कार्यकारी केभिन मायर, सञ्चालन अधिकृत लिदोङ झाङ, जुजि थाओदोङका प्रमुख नान झाङ, जुजि थाओदोङका सञ्चालन अधिकारी फुफिङ झाङ, बाइटडान्सको साम्यवादी दल समितिका सचिव |
उत्पादनहरू | ताओतिआओ टिकटक / दोउयिन भिगो हेलो रेस्सो |
आम्दानी | ¥१४० अर्ब ($२० अर्ब, सन् २०१९)[4] |
वेबसाइट | www |
बाइटडान्सको मुख्य उत्पादनहरूमा तोउतिआओ पर्दछ जुन चीन र विश्वभरिका लागि समाचार सामग्री प्रदान एक मञ्च हो। तोउतिआओको सुरुवात एक समाचार सिफारिस सेवाको रूपमा भएको थियो र बिस्तारै यो विभिन्न ढाँचामा सामग्री वितरण गर्ने मञ्चमा विकसित भएको थियो जसमा जस्तै पाठ, तस्वीर, प्रश्न-उत्तर, सुक्ष्म अनुदैनिकी , र भिडियोहरू समावेश छन्।[7] यो एक लोकप्रिय भिडियो साझेदारी सेवा दोउयिन (टिकटक)को पनि विकासकार्ता हो। यसले ९ नोभेम्बर २०१७ मा, १ अर्ब अमेरिकी डलरमा म्युजिकल्लीको अधिग्रहण गर्दै यसलाई २ अगस्त २०१८ मा, आफ्नो टिकटकमा गाभेको थियो।[8][9][10]
नोभेम्बर २०१८ सम्म, बाइटडान्ससँग यसको सबै सामग्री मञ्चहरूमा गरी ८० करोड दैनिक सक्रिय प्रयोगकर्ताहरू (१ अर्ब भन्दा बढी सञ्चयित प्रयोगकर्ताहरू) थिए। अगस्त २०१८ मा, फोर्ब्सले यसको मूल्य ७.८ करोड अमेरिकी डलर भन्दा बढी रहेको जनाएको थियो जसले गर्दा यो विश्वको प्रमुख इन्टरनेट कम्पनीहरू मध्ये एक रूपमा रहन सफल भएको थियो। कम्पनीसँग आन्तरिक समिति रहेको छ साथै यसले बेइजिङ र साङ्हाईमा गरी सार्वजनिक सुरक्षा मन्त्रालय र चिनियाँ साम्यवादी दल समर्थित उद्यमसँग रणनीतिक साझेदारी पनि कायम गरेको छ। बाइटडान्स कोहलबर्ग क्रभिस रोबर्ट्स, सफ्टब्याङ् समूह, सेक्वाइया, जनरल अटलान्टिक पूँजी समूह, र हिलहाउस पूँजी लगायतका लगानीकर्ता समूहद्वारा समर्थित छ।[8]