बेर्न
स्विट्जरल्याण्डको राजधानी र बर्न क्यान्टनमा रहेको नगरपालिका / From Wikipedia, the free encyclopedia
बेर्न (जर्मनेली: Bern [bɛrn] ( सुन्नुहोस्); अलेमानिक जर्मनेली: Bärn [b̥æːrn]; फ्रान्सेली: Berne [bɛʁn] ( सुन्नुहोस्); इटालेली: Berna [ˈbɛrna]) स्विट्जरल्यान्डको वास्तविक राजधानी हो।[3][note 1] सन् २०१९ अनुसार १,४०,००० जनसङ्ख्या रहेको बेर्न स्विट्जरल्यान्डको सबैभन्दा बढी जनसङ्ख्या भएको पाँचौँ ठूलो सहर हो।[4] बेर्न मण्डल, जसमा ३६ नगरपालिकाहरू छन्, यसको जनसङ्ख्या सन् २०१४ को तथ्याङ्क अनुसार ४०६,९०० रहेको छ।[5] सन् २००० मा महानगरीय क्षेत्रको जनसङ्ख्या ६,६०,००० थियो।[6] बेर्न, बेर्नको क्यान्टोनको राजधानी पनि हो, स्वीट्जरल्याण्डको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको क्यान्टोन हो।
बेर्न | |
---|---|
निर्देशाङ्क: ४६°५६′५३″उ॰ ७°२६′५१″पू॰ | |
देश | स्वीट्जरल्याण्ड |
क्यान्टोन | Bern |
जिल्ला | बेर्न-मित्तेलान्द प्रशासनिक जिल्ला |
सरकार | |
• कार्यकारी | स्थानीय परिषद ५ जना सदस्यहरूको |
• मेयर | स्ट्याटप्रजिडेन्ट (list) अलेक वोन ग्राफनरीड GFL (as of जनवरी २०१७) |
• संसद् | स्थानीय परिषद् ८० जना सदस्यहरूको |
क्षेत्रफल | |
• जम्मा | ५१.६२ किमी२ (१९.९३ वर्ग माइल) |
उन्नतांश (बान्होफप्लाज) | ५४० मिटर (१७७० फिट) |
उच्चतम उचाई (कोनिजबर्ड) | ६७४ मिटर (२२११ फिट) |
न्यूनतम उचाई (इयमात नजिकै आरे) | ४८१ मिटर (१५७८ फिट) |
जनसङ्ख्या (2018-12-31)[2] | |
• जम्मा | १३३,८८३ |
• घनत्व | २६००/किमी२ (६७००/वर्ग माइल) |
डाक सङ्केत | ३०००–३०३० |
एएफओएस सङ्ख्या | 0351 |
वेबसाइट | www SFSO statistics |
बेर्नको आधिकारिक भाषा (मानक भाषाको स्वीस प्रकार) जर्मन हो, तर सबैभन्दा धेरै बोलिने भाषा अलेमानिक स्वीस जर्मन भाषिका, बेर्निस जर्मन हो।
सन् १९८३ मा, बेर्नको केन्द्रमा रहेको ऐतिहासिक पुरानो सहर युनेस्को विश्व सम्पदा क्षेत्रको रूपमा घोषित भएको थियो।[7]