भारतको विभाजन
From Wikipedia, the free encyclopedia
ब्रिटिस भारतको विभाजन धार्मिक आधारमा गरिएको ब्रिटिस भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नयाँ स्वतन्त्र देशहरूको पाकिस्तान स्वराज्य (जुन पछि गएर इस्लामी गणराज्य पाकिस्तान र जनताको गणराज्य बड्गलादेशमा विभाजित भएको थियो) र भारत सङ्घ (पछि गएर भारत गणराज्य) जन्म भएको थियो। भारतीय स्वतन्त्रता धारा १९४७ ले १५ अगस्ट १९४७ लाई विभाजनको दिनको रूपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आएको थियो।
भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिस भारतको विभाजनको प्रस्ताव अगाडि सारिएको थियो भने यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिसहरूको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिस शासनको अन्त्य र दुई देशको निर्माणले गर्दा हिन्दु र मुसलमानको बिच हिंसा उत्पन्न भएको थियो। यस हिंसामा लगभग १२.५ करोड जनताहरू घरबारविहीन हुँदै आफ्नो देश छाडेर एक-अर्काको देशमा स्थापित हुन बाध्य भएका थिए। जिवन-हानीको सङ्ख्या अविश्वासनिय थियो जुन लाखौँ-करोडौँमा थियो। सन् १९४७ को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरूको अनुमान सङ्ख्या लगभग १२ करोड थियो। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध नराम्रोसँग बिग्रिन थालेको थियो भने त्यहि कारणले गर्दा भारत र पाकिस्तानको सम्बन्धमा आज पनि खटास छ।
यस विभाजनमा बड्गालको भौगोलिक विभाजन भएको थियो। बङ्गाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड्गाल पाकिस्तान स्वराज्यलाई दिइएको थियो (सन् १९५६ देखि पूर्व पाकिस्तान)। पश्चिमको बड्गाल भारतको एक भाग बनेको थियो। यसै गरी पञ्जाबलाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बनेको थियो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर पाकिस्तानी पञ्जाब र इस्लामाबाद राजधानी बनाइएको थियो। भारतले पुर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर भारतीय पञ्जाब, हरियाणा र हिमाचल प्रदेश बनेको थियो। यस विभाजनमा ब्रिटिस भारतको सम्पतिको पनि विभाजन भएको थियो। भारतीय नगर सेवा, भारतीय सेना, भारतीय रेल्वे र सबै केन्द्रिय सम्पतिको विभाजन गरिएको थियो।
दुई स्वशासित देशहरू भारत र पाकिस्तान १४ – १५ अगस्त १९४७ को मध्यरातको अन्तरालपछि अस्तित्वमा आएको थियो। नयाँ देशको शक्ति स्थान्तरण भएपछि पाकिस्तानले कराचीमा शक्ति स्थापन समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिस भाइसरय, बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराची र दिल्लीमा उपस्थित हुन सकुन। अतः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्टको दिन र भारतको १५ अगस्टको दिन मनाइन्छ।