![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/69/BhutJolokia09_Asit.jpg/640px-BhutJolokia09_Asit.jpg&w=640&q=50)
भुत जोलोकिया
From Wikipedia, the free encyclopedia
भुत जोलोकिया (आइपिए: [ˈbʱʊt.zɔˌlɔkiˌja]), घोस्ट पिपर, घोस्ट चिली, यु-मोरोक, रेड नागा, नागा जोलोकिया र विह जोलोकियाको नामले समेत चिनिन्छ। यो खुर्सानीको बङ्गलादेशी नागा मोरिचसँग धेरै नजिकको सम्बन्ध रहेको छ साथै यो एकदलीय ठिमाहा जातको खुर्सानी हो। यो खुर्सानीको भारतीय राज्यहरू अरुणाचल प्रदेश, असम, नागाल्यान्ड र मणिपुरमा कृषि खेति गर्ने गरिन्छ।[1][2] यो चिनियाँ क्याप्सिकम र क्याप्सिकम फ्रुटिसिनको प्रजाति हो।[3]
भुत जोलोकिया Bhut jolokia | |
---|---|
![]() | |
वर्णशङ्कर प्रतिशत | चिनियाँ क्याप्सिकम × क्याप्सिकम फ्रुटिसिन |
उत्पति | मणिपुर, भारत |
पिरो | ![]() |
कोभिल्ले स्केल | १०,४१,४२७ एसएचयु |
सन् २००७ मा, गिनिज वर्ल्ड रेकर्डसले यसलाई विश्वको सबैभन्दा बढी पिरो रातो खुर्सानीको रूपमा प्रमाणित गरेको थियो। यो रातो खुर्सानीलाई कोभिल्ले ताप एकाईमा जाँच गर्दा १ मिलियन एसएचयु ताप मापन गरिएको थियो। तर यो खुर्सानीलाई सन् २०११ मा इनफिनिटी चिली र पछि नागा भाइपर पिपर, सन् २०१२ मा ट्रिनिडाड मोरुगा स्कोर्पियन र वर्तमान समयमा सबैभन्दा पिरो खुर्सानी क्यारोलिना रिपर हो जसले सन् २०१३ अगस्ट ७ मा यो कीर्तिमान आफ्नो नाममा गरेको हो।[4]