मगर भाषा
From Wikipedia, the free encyclopedia
नेपाली मगर भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो भाषा खासगरी मगर जातिको बसोबास भएको क्षेत्रमा बोलिने भएता पनि देशका सबै भेकमा बस्ने मगरहरूले बोल्ने गर्दछन्। अचेल नेपाली मगर भाषा बिस्तारै माध्यम भाषाको रूपमा विकसित हुंदै गएको छ। यो नेपालमा बोलिने नेपाली मगर भाषा हो। हालका दिनहरूमा नेपाली मगर भाषाले सञ्चार क्षेत्रमा पनि राम्रै स्थान पाएको छ। यसरी नेपाली मगर भाषा सबै जातिहरूको सर्ब स्वीकार्य भाषाको रूपमा विकसित हुंदै गैरहेको छ। त्यसो त नेपाली मगर भाषा पनि खस नेपाली भाषाजस्तै नेपाली भाषा हो। हालै कर्णाली प्रदेशमा नेपाली मगर (ढुट) भाषालाई प्रचलनमा ल्याएको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार नेपाली मगर (ढुट, खाम, काईके र पोईके) भाषा नेपालमा बोलिने भाषाहरूको सूचीमा आठौं स्थानमा पर्दछ। जनगणना २०६८ को प्रतिवेदनमा नेपाली मगर भाषा बोल्नेहरूको जनसङ्ख्या ७,८८,५३० जना थिए जुन जनसङ्ख्याको २.९ प्रतिशत थियो। [2]
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
नेपाली मगर भाषा | |
---|---|
मगर ढुट, मगर खाम, मगर काईके र मगर पुईके | |
मूलभाषी | नेपाल |
क्षेत्र | नेपाल, भारत, सिक्किम, भुटान, म्यानमार |
रैथाने(हरू) | १९ लाख (नेपाल) |
मातृभाषी वक्ता | ८४०,००० |
चिनियाँ-तिब्बती भाषा परिवार
| |
सरकारी दर्जा | |
आधिकारिक भाषा | नेपाल सिक्किम, भारत, भुटान, म्यानमार |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | कुनै:mgp – पूर्वी मगरmrd – पश्चिमी मगर |
ग्लोटोलग | maga1261 [1] |
मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने पाल्पा जिल्लादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत अथार मगरात क्षेत्रका मगरले खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन्। कतिपय ठाउँका मगरहरूले भने ३ वटै मगर भाषा बोल्दैनन्। आफ्नो भाषा नबोल्नुको कारण भने नेपाल एकिकरणको समयपछि मगरात राज्यहरू माथिको आक्रमणपछि मगर भाषा बोलेमा दण्ड जरिवाना हुने डरले त्यो क्षेत्रको मगरहरूले भाषा बोल्न छाडेको कुरा उल्लेख छ। तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ जस्तै म्याग्दी-सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन्। स्मरणरहोस्, म्याग्दी र सोलुका मगरहरूले मगर भाषा बोल्दैनन्। 'म्ह्याक' बिर्सनु र 'डी' भनेको पानी अपभ्रंस भएर म्याग्दी (बिर्सिएको पानी) भएको हुनुपर्छ। र मीराङडीको अर्थ 'मीराङ' भनेको मूल्य र 'डी' भनेको पानी सायद त्यस समयमा त्यस पानी मूल्यवान थियो होला। त्यसैले त्यस बेलाका त्यहाँ बसोबास गर्ने मगरजातिले (म्ह्याक्डी) विर्सिएको पानी र मूल्यवान (मीराङडी) मूल्यवान् पानी भनेर आफ्नो भाषामा नामाकरण गरे।