From Wikipedia, the free encyclopedia
मनरोस (जर्मनेली: Monrose) एक जर्मनेली पप युवती साङ्गीतिक समूह थियो जसको गठन नोभेम्बर २००६ मा भएको थियो। प्रोसिबेन नेटवर्कमा अन्तर्राष्ट्रिय टेलिभिजन प्रतिभा पपस्टार्सको जर्मनेली रूपान्तरणको पाँचौं संस्करणमा यस साङ्गीतिक समूहको गठन गरिएको थियो। यस युवती साङ्गीतिक समूहमा गायिका मेन्डी काप्रिस्तो, सिना गिमुअ र बाहार किजिल समावेश थिए।[1] समूहले स्टारवाच म्यूजिकसँग हस्ताक्षर गरी उनीहरूको पहिलो गिती सङ्गालो टेम्प्टेसन डिसेम्बर २००६ मा जारी गरेका थिए। यसले मध्य युरोपभरि ठूलो सफलता हासिल गरेको थियो। यसका ६, ००,०००भन्दा बढी प्रतिलिपीहरू संयुक्त रूपमा बिक्री भएको थियो र यसमा समावेश सेम र इभन हेभन क्राइज नामक गीतहरू जर्मनेली चार्टको शीर्ष स्थानमा आएका थिए। [2]
मनरोस | |
---|---|
व्यक्तिगत विवरण | |
उत्पत्ति | जर्मनी |
विधा | पप, आर एन्ड बी, नृत्य-पप |
सक्रिय वर्ष | सन् २००६–२०११ |
लेबल | स्टारवाच/वार्नर |
वेबसाइट | www.monrose.de |
पूर्व सदस्य(हरू) | |
मेन्डी काप्रिस्तो सिना गिमुअ बाहार किजिल |
समूहको चार्टको शीर्ष स्थानमा आउन सफल दोस्रो गीत "हट समर " को सार्वजनिक पछि यसले गोल्ड प्रमाण पत्र प्राप्त गरेको थियो र लगत्तै समूहले दोस्रो स्टुडियो गिती सङ्गालो, स्ट्रिक्ली फिजिकललाई सेप्टेम्बर २००७ मा सार्वजनिक गरेको थियो। मनरोसले तेस्रो स्टुडियो गिती सङ्गालो आई एमलाई अक्टोबर २००८ मा जारी गरेको थियो। समूहले आफ्नो चौथो गिती सङ्गालो लाइक अ लेडीलाई जून २०१० मा नाममा सार्वजनिक गरेको थियो जसले चार्टको १० अौँ स्थान हासिल गरेको थियो। यो गीत उनीहरूको चार्टको शीर्ष दशमा परेको अन्तिम गीत थियो। समूहले निरन्तर सफलता प्राप्त गर्न केहि जर्मनेली वास्तविक दूरदर्शन श्रृङ्खालहरूमा प्रदर्शनलाई जारी राखेको थियो।[3] मनरोसका गिती सङ्गालोहरू ३० लाख भन्दा बिक्री भइसकेका छन्। २५ नोभेम्बर २०१० मा, मनरोसले आफुहरू छुट्टिई एकल गायिकाको रूपमा काम गर्न चाहेको घोषणा गरेका थिए।
"नेए एन्गल बाउच्स दास लान्ड" ("देशलाई नयाँ प्रतिभाहरूको आवश्यकता छ") भन्ने मुल नाराका वास्तविक दूरदर्शन गायन प्रतियोगिता पपस्टार्सको पाँचौं संस्करण सन् २००६ को अगस्ट आयोजना गरिएको थियो।[4] यस पटक कार्यक्रमले पहिलो र सबैभन्दा सफल गठन नो एन्जल्सको कानूनी उत्तराधिकारीहरूको खोजी गर्ने बताइएको थियो।[5] ५,१०० भन्दा बढी आशावादी महिला गायकहरू फ्र्याङ्कफर्ट , स्टुटगर्ट , हनोभर , मुन्छेनमा खुला दूरदर्शन अडिसनहरूमा उपस्थित भएका थिए भने यस कार्यक्रमको निर्णायक तर्फ नर्तक डेटलेफ सुस्त, सङ्गीत निर्माता डाइटर फाल्क, र गायिका निना हेगेन रहेका थिए।[6] प्रतियोगिताको अन्तरालमा निर्णायकहरूले प्रतिस्पर्धीहरूलाई २० जनाको समूहमा घटाएका थिए जसले गायन र नृत्य प्रशिक्षण लिनका लागि जर्मनीको विभिन्न सहरहरूमा यात्रा गरेका थिए।[6] प्रतियोगिताको अन्तमा, एघारजना केटीहरू मात्र बाँकी रहेका थिए जो म्युनिखको एउटा भवनमा सरेका थिए। उनीहरू मुन्छेनमा रहँदा बढी भन्दा बढी मत प्राप्त गर्नका लागि प्रदर्शन र प्रचार प्रसारमा जुटेका थिए। निर्णायक सुस्त, फाल्क र हेगेनले प्रत्येक हप्ता एक वा दुई प्रतियोगीहरूलाई हटाउने काम जारी राखेका थिए [5]र अन्तिममा छ जना बाँकी रहेका थिए। बाँकी प्रतियोगीहरू यस समूहको पहिलो गिती सङ्गालो टेम्प्टेसनको वैकल्पिक संस्करण र उनीहरूको पहिलो एकल सेमको लागि श्रव्य दृश्यको छायाङ्कनमा व्यस्त भएका थिए।[6] २३ नोभेम्बर २००६ को यस प्रतियोगिताको अन्त्यमा, साङ्गीतिक समूह गठन गर्नका लागि छ प्रतियोगीहरू मध्ये तीन जनालाई छनोट गरिएको थियो। एक तर्फ रहेका मेन्डी काप्रिस्तो सिना गिमुअ र बाहार किजिलले अर्को तर्फ रहेका अर्जेता जुटा, कटार्याना जिन्किइभिज र रोमिना रेइनहार्ड्टलाई पराजित गरेसँगै अन्ततः यस युवती साङ्गीतिक समूह मनरोसको गठन भएको थियो।[6]
१ डिसेम्बर २००६ मा मोनरोसले आफ्नो पहिलो एकल "सेम"को जारी गरेको थियो। जियान्ट एन्ड स्नोफ्लेकर्सद्वारा निर्मित यस पप गीत द्रुत गतिमा सफल भएको थियो र अस्ट्रिया, जर्मनी र स्विजरल्यान्डमा शीर्षक स्थानमा पुग्न सफल भएको थियो।[7] सोही गीत त्यस वर्षको सबैभन्दा सफल पर्दापण एकल गीत बन्न पनि सफल भएको थियो। जर्मनीको शीर्ष १०० एकल बिक्री मध्ये यो गीत सबैभन्दा छिटो बिक्री हुने गीतको रूपमा पनि देखा परेको थियो र सन् २००४ मा जर्मनीमा कानूनी अङ्कीय डाउनलोड चार्टको परिचय पछि सबैभन्दा धेरै डाउनलोड गरिएको गीतहरू मध्ये यो पनि पर्न सफल भएको थियो। समूहको पहिलो गिती सङ्गालो, टेम्प्टेसन ८ डिसेम्बरमा सबै जर्मनेली भाषी देशहरूमा सार्वजनिक भएको थियो।[1] अस्ट्रिया, जर्मन र स्विस चार्टको शीर्षमा स्थानमा आउन सफल भएको यस गीतबाट पपस्टार्सका निर्णायक डाइतर फाल्क, टोनी कोट्टुरा , मार्क मोजार्ट , र मार्कस ब्रोस्चले परामर्श लिएका थिए र आइएफपिआईले यसको सार्वजनिकको पहिलो दुई हप्तामा बिक्री भएको २,००,००० भन्दा बढी प्रतिलिपीहरूलाई प्लटिनम प्रमाणित गरेको थियो। अन्ततः यसले घरेलु रूपमा ६,००,००० भन्दा बढी प्रतिलिपीहरू बिक्रि गरेको थियो।[8] समालोचकहरूले टेम्प्टेसनलाई सामान्य रूपमा सकारात्मक रूपमा मूल्याङ्कन गरेका थिए।[9]
जनवरी २००७ मा, एआरडीद्वारा आयोजना प्रसारण गरिएको यूरोभिजन गीत प्रतियोगितामा जर्मनी राष्ट्रिय पूर्व चयनमा उक्त समूह छनोट भएको घोषण गरिएको थियो।[10] केही हप्ताको प्रचारप्रसार पछि, मनरोसले ८ मार्च २००७ मा उनीहरूको दोस्रो एकल " इभर हेभन हेभन क्राइ " को साथ प्रतिस्पर्धामा प्रवेश गरेका थिए जसलाई सञ्चार माध्यमहरूले प्रारम्भिक रूपमा मनपर्ने गीतको रूपमा स्वीकार गरेको थियो।[11] यस साङ्गीतिक समूहले सबै ९,००,००० मध्ये २० प्रतिशत मात्र प्राप्त गरेको थियो भने समूह प्रतियोगितामा दोस्रो स्थानमा आउन सफल भएको थियो।[3] गायक रोजर सिसेरो र उनको गीत "Frauen regier'n die Welt" सँग टोली पराजित भएको थियो। यसैबीच, "इभन हेभन क्राइज" जर्मनेली एकल चार्टमा छैठौँ स्थानमा पुगेको थियो भने यो गीत अस्ट्रिया र स्विजरल्यान्डमा शीर्ष २० भित्र पुगेको थियो।[12]
भ्रमण गर्ने क्रममा मनरोसले आफ्नो दोस्रो स्टुडियो गिती सङ्गालो स्ट्रिक्टली फिजिकलमा काम गर्न आवश्यक तयारी गर्न थालेको थियो।[13] यस गिती सङ्गालोले "हट समर" नामक गीतको जारी गरेको थियो जुन अस्ट्रिया, जर्मनी र स्विट्जरल्यान्डमा शीर्ष स्थानमा आउन सफल भएको थियो। यो जर्मनेली अनलाइनमा उक्त वर्षको सर्वाधिक बिक्री हुने गीतहरू मध्ये बनेको थियो।[14] स्क्यानडिनेभिया, पूर्वी यूरोप र बेनेलक्स राज्यहरूमा अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्दै, यस एकल गीतले विदेशी भाषाको बजारमा आफ्नो कार्यकाललाई विस्तार गर्ने यस साङ्गीतिक समूहको अभिप्रायलाई पुष्टि गरेको थियो र परिणामस्वरूप स्ट्रिक्ली फिजिकल २१ सेप्टेम्बर २००७ मा अधिकांश युरोप महादेशमा एक साथ सार्वजनिक भएको थियो। डेनमार्कका निर्माताहरू रेमी र थोमस ट्रोल्सेनले मुख्य रूपमा उत्पादन गरेका यस गिती सङ्गालोले मिश्रित समीक्षाहरू प्राप्त गरेको थियो।[15] स्ट्रिक्टली फिजिकलको गिती सङ्गालोमा रहेको र बिलिमनले लेखेको "ह्वाट यु डन्ट नो" (अनुवादित = के तपाईलाई थाह छैन) ले चार्टमा शीर्ष १० स्थान प्राप्त गरेको थियो।[16]
१ सेप्टेम्बरमा मोनरोजले पोल्यान्डमा सोपोट गीत कार्यक्रम २००७ मा प्रतिस्पर्धा गरेका थिए र जर्मनीको प्रतिनिधित्व गर्दै उनीहरूको पहिलो एकल "सेम" प्रस्तुत गरेका थिए। यो समूह पोल्यान्डेली रक साङ्गीतिक दल फिल र उनीहरूको गीत "A gdy już jest ciemno" "ए जीडी जु जिस्त चिमेनो" सँग पराजित भएका थिए।[13]
२० मार्च २००८ मा मनरोसको गैर गिती सङ्गालो गीत "वि लभ", जर्मन-आधारित सञ्जाल प्रोसिबेनको एक प्रचारक गीत र एक अङ्कीय डाउनलोड एकलको रूपमा जारी गरिएको थियो।[17] समूहले उनीहरूको तेस्रो स्टुडियो गिती सङ्गालो, आई एम २६ सेप्टेम्बर २००८ मा जर्मनेली भाषी यूरोपमा जारी गरेका थिए जसलाई रायन टेडड , जियान्ट र स्नोफ्लेकर्सले संयुक्त रूपमा उत्पादन गरेका थिए। यसको सार्वजनिक पछि, गिती सङ्गालो जर्मनीको गिती सङ्गालो चार्टको शीर्ष दशमा पुगेको थियो।[18] "स्ट्राइक द म्याच " "जुन २००८ मा जारी गरिएको थियो जुन जर्मनेली एकल चार्टको शीर्ष १० मा पुगेको थियो त्यसपछिका गीतहरू " हिट एन्ड रन " र " ह्वाई नट अस" क्रमश १७ र २७ स्थानमा आएका थिए जसले गर्दा समूहको जर्मनीमा लगातार शीर्ष १० प्रविष्टिहरूको दौड समाप्त भएको थियो।[19]
सन् २००८ मा, समूहले गायक क्रेग डेभिडको सन् २००० मा जारी गरिएको एक सफल गीत "वाकिङ अवे" को वैकल्पिक संस्करणमा स्वर प्रदान गरेका थिए। डेभिड र यस समूह जुलाई २००८ मा लण्डन , इङ्ल्यान्डमा श्रव्य दृश्य कैद गराएका थिए तर उक्त कैद गरिएको गीतको सार्वजनिकलाई भने अन्ततः खारेज गरिएको थियो।
छोटो अन्तरालको निष्क्रियता पछि, समूहले फेब्रुअरी २०१० मा आफ्नो चौथो गिती सङ्गालो जारी गर्ने घोषणा गरेको थियो।[20] जर्मनी र न्यु योर्क सहरमा रेकर्ड गरिएको मनरोसले यस पिटे किर्ट्ली , टिम हव्स , क्रिस बलार्ड र अलेक्जेन्डर गर्निस जस्ता सहयोगीहरूसँग पुनर्मिलन गरेका थिए जसलाई जुन लेडिलाइक नामकरण गरिएको थियो र यसलाई ११ जून २०१० मा जर्मन भाषी युरोपमा जारी गरिएको थियो। यसले जर्मनेली गिती सङ्गालो चार्टमा दशौँ स्थानमा प्रदापण गरेको थियो जसले गर्दा यो समूहको लगातार चौथो शीर्ष दश गिती सङ्गालो बनेको थियो।[13] अग्रणी एकल गीत "लाइक अ लेडी " जर्मनेली एकल चार्टमा चौधौँ स्थानमा आएको थियो भने यो पछि चार्टमा नवौँ स्थानमा उक्लिएको थियो, जसले गर्दा यो गीत समूहको सातौँ लगातार शीर्ष दश भित्र पर्ने गीत बन्न सफल भएको थियो। गिती सङ्गालोको दोस्रो एकल, "दिस इज मी " अगस्ट २०१० मा सार्वजनिक गरिएको थियो र यो शीर्ष तीसमा प्रवेश गर्न सफल भएको थियो।[13]
२३ नोभेम्बरमा मनरोसको उनीहरूको चार वर्षको सफल कार्यकाल मनाएका थिए। त्यसको दुई दिन पश्चात्, २५ नोभेम्बर २०१० मा, मनरोसले उनीहरूको अलग अलग हुने घोषणा गरेका थिए।[21] यस प्रकार समूहको अन्तिम गिती सङ्गालो लेडिलाइकको तेस्रो एकल, "ब्रिथ यू इन" उनीहरूको अन्तिम गीत बनेको थियो। फेब्रुअरी २०११ मा, मनरोसको "लाइक अ लेडी"ले वर्षको उत्कृष्ट श्रव्य दृश्य श्रेणी तर्फ इको पुरस्कारका लागि नामाङ्कीत भएको घोषण गरिएको थियो। दूरदर्शनमा मनरोसको रूपमा उनीहरूको उपस्थिति २७ फेब्रुअरी २०११ अस्ट्रिया नेक्स्ट टप मोडलमा भएको थियो जसमा उनीहरूले आफ्नो एकल लाइक अ लेडी प्रस्तुत गरेका थिए।
सदस्यहरू | सन् २००६ | सन् २००७ | सन् २००८ | सन् २००९ | सन् २०१० | सन् २०११ | |
---|---|---|---|---|---|---|---|
मेन्डी काप्रिस्तो (सन् २००६–२०११) | |||||||
सिना गिमुअ (सन् २००६–२०११) | |||||||
बाहार किजिल (सन् २००६–२०११) | |||||||
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.