From Wikipedia, the free encyclopedia
मयमनसिंह (बङ्गाली: ময়মনসিংহ) बङ्गलादेशको ब्राह्मपुत्र नदी किनारमा अवस्थित सबैभन्दा दोस्रो धेरै जनघनत्व भएको सहर हो। यस सहरमा राज काल देखिका ठुला ठुला भवनहरू रहेका छन्।
मयमनसिंह
ময়মনসিংহ | |
---|---|
देश | बङ्गलादेश |
विभाग | मयमनसिंह |
जिल्ला | मयमनसिंह |
स्थापना | सन् १७८७ |
सहर | १७८७[1] |
सरकार | |
• प्रकार | सहर नगरपालिका |
• मेयर | इकरामुल हकी टिटु |
• परिसदका सदस्य | मोटीउर रहमान |
क्षेत्रफल | |
• सहर | ९१.३१५ किमी२ (३५.२५७ वर्ग माइल) |
• महानगर | ९१.३१५ किमी२ (३५.२५७ वर्ग माइल) |
उन्नतांश | १९ मिटर (६२ फिट) |
जनसङ्ख्या (सन् २०११) | |
• सहर | १,३८९,९१८ |
• घनत्व | ४४,४५८/किमी२ (११५१५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी समय) |
हुलाक कोड | २२००, २२०१, २२०२, २२०३, २२०४, २२०५, २२०६ |
टोलीफोन कोड | ०९१ |
वेबसाइट | http://www.mymensingh.gov.bd/ |
मयमनसिंह मयमनसिंह विभागको मुख्य सहर अथवा सदरमुकाम हो र यो सहर बङ्गलादेशको राजधानी ढाकाबाट १२० किलोमिटर (७५ माइल) उत्तर तर्फ रहेको छ। यस सहरको सिमाना क्षेत्र गाजीपर ,जमलपुर ,तङ्गाली र किशोरगन्ज जस्ता जिल्लाहरूले धेरेको छ। जनता प्रशासक मन्त्रालयका अनुसार मयमनसिंह जिल्ला जिल्लाहरूमा चौथो स्थान रहेको छ। यो उत्तर मध्य बङ्गलादेशको एक प्रमुख वित्तिय केन्द्र हो। यो बङ्गलादेशको तेस्रो सबैभन्दा ठुलो सहर हो र मयमनसिंह सहरको जनघनत्व ४४,४५८ वर्ग किलोमिटर रहेको छ जुन बङ्गलादेशमा दोस्रो अधिक जनघनत्व हो। यसको उचाइ समुद्री सतहभन्दा माथि १९ मिटर माथि रहेको छ जुन बङ्गलादेशमा प्रमुख सहरहरूको भन्दा अधिक हो।
सहरमा कुनै आधिकारिक रूपमा परिभाषित भौगोलिक सीमा मापन गरिएको छैन। १९८० को दशकदेखि सहर छिटो सहरीकरणको साथ विस्तार भएको हुँदा मापन गर्न अप्ठ्यारो भएको हो। मयमनसिंह सहर उत्तरतिर फैलिएको पुरानो ब्रह्मपुत्र नदीको किनारमा अवस्थित र शम्भुगन्ज नदी र ब्रह्मपुत्र नदी शम्भुगनञ्ज नदीको पुलमा आएक मिसिन्छ जुन ब्रह्मपुत्र नदीको बायाँ छेउमा पर्छ। यो सहरको मध्य भागमा सुल्तानबाद कलेज ,मेडिकल कलेज ,कृषिविश्वविद्यालय आदी रहेका छन्। एक रेलवे मार्ग उत्तरी जिल्लाहरूसँग ढाकामा जोडिन्छ जसलाई १८८५ र १८९९ को बीच बनाइएको थियो जसले सहरलाई दुई पक्षहरूमा विभाजन गर्छ।
यो सहर हिमालयको नजिक भएको हुँदा यस सहरको राजधानी ढाका भन्दा चिसो छ। सहरमा वर्षा ऋतु मे र जुन महिनामा सुरु भएर अगस्ट सम्म जारी रहन्छ भने यस बेला भारी वर्षा हुन्छ र कहिलेकाहीँ ३ दिन वा एक हप्ता भन्दा बढी समय सम्म पानी परिरहन्छ। यस समयमा सहरको तापक्रम १५ देखि २० डिग्री सम्म हुने गरेको छ भने हिँउदमा यस सहरको तापक्रम १५ वा से भन्दा कम हुन जान्छ यो मौसम मध्य नोभेम्बर देखि मध्य फेब्रुअरी सम्म चालु हुन्छ। यस सहरको उच्च तापक्रम ४० डिग्री सम्म पुग्छ जुन अप्रिल र मे को बिचमा हुन्छ। यो सहरमा घुम्न आउने पर्यटकहरूका लागि नोभेम्बर देखि फेब्रुअरी सम्मको महिना सबैभन्दा उचित हुन्छ।
मयमनसिंह बङ्गलादेशको एक सहर हो जहाँ मुस्लिम र हिन्दुहरू सँगै एक साथ छन्। सबै प्रकारका धार्मिक चाडपर्व सहरले मनाउछ। दुर्गा पूजा को समयमा पुरा सहर झिलिमिलीले, सुन्दर द्वार र फूलहरू सजाइन्छ। केही ईसाई परिवारहरू पनि मयमनसिंहमा बसोबास गर्छन् यस सहरमा सबै धर्मका सबै प्रकार मानिसहरू बसोबास गर्छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.