महामन्दी
From Wikipedia, the free encyclopedia
महामन्दी वा भीषण मन्दी (सन् १९२९-१९३९) को नामले चिनिने यो घटना विश्वव्यापी आर्थिक मन्दी थियो। यो सन् १९२९ मा सुरु हुँदै सन् १९३९-४० सम्म जारी रहेको थियो। यो बीसौँ शताब्दीको सबैभन्दा लामो, गहिरो र विस्तारित मन्दी थियो।[1] यो यो मन्दी विश्वको आधुनिक इतिहासको सबैभन्दा ठूलो र सर्वाधिक बढी फैलिएको मन्दी थियो। पुन: प्राप्त गर्न धेरै वर्ष लागेको यस घटनाले सारा विश्वमा विनाशनै ल्याएको थियो।[2] यसले ठूलो समष्टिगत व्यापक आर्थिक र राजनीतिक प्रभावहरू पारेको थियो। यसले फासीवादलाई वृद्धि गराउँदै अन्ततः दोस्रो विश्वयुद्धसम्म पुर्याएको थियो। यद्यपि यो युद्ध विश्वलाई महामन्दीबाट निकाल्ने साधन पनि बनेको थियो। यही अवधिको घटनाप्रति साहित्यकार र चलचित्र निर्माताहरू निकै आकर्षित हुँदै यस विषयमा धेरै पुस्तकहरू लेखिएका छन्। यस विषयसँग सम्बन्धि धेरै चलचित्रहरू बनेका थिए भने धेरैले लोकप्रियता पनि हासिल गर्न सफल भएका थिए।