From Wikipedia, the free encyclopedia
यो लेख अङ्ग्रेजी विकिपिडिया बाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।
माकुरे बाँदर | |
---|---|
कोल्म्बियाको जंगलमा भएको काला टाउको भएको माकुरे बाँदर (Ateles fusciceps) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | Chordata |
वर्ग: | |
उपवर्ग: | Eutheria |
गण: | Primates |
कुल: | Atelidae |
उपकुल: | Atelinae |
वंश: | Ateles E. Geoffroy, 1806 |
माकुरे बाँदर पाइने ठाँउ |
माकुरे बाँदर ateles वंशमा पर्ने नयाँ प्रजातिका बाँदर हुन् । मध्य तथा दक्षिण अमेरिकाको दक्षिणी मेक्सीको देखी ब्राजिल सम्म रहेको उष्ण जङ्गलमा पाइने यी बाँदर उपकुल atelinae र कुल alediade का सदस्य हुन् ।यो बंशमा सात प्रजाति रहेका छन् ।प्राय यस बंशका सबै प्रजाति खतरामा रहेका छन् , जुन मध्य कालो टाउको भएका माकुरे बाँदर र खैरो माकुरे बाँदर गम्भीर रूपमा लोप हुने अवस्थामा छन् ।
लामा हातखुट्टा र समात्न सक्ने मोटो लामा पुच्छारले गर्दा यिनीहरू अहिलेको विश्वमा नयाँ ठुला बाँदरको रूपमा चिनिएका छन् । माकुरे बाँदर वर्षावनको माथिल्लो तहमा बस्ने गर्दछन् र खानाको लागि भने जङ्गलको अझ माथिल्लो भागमा जाने गर्दछन् ।जस्को उचाई २५ देखि ३० मिटर(८२ देखि ९८ फीट) हुन्छ ।यिनिहरु प्राथमिक रूपमा फल खाने गर्दछन तर कहिलेकाहीँ फल नभएको बेलामा फुल , पात तथा किरा खाएर गुजारा गर्ने गर्दछन ।माकुरे बाँदरलाई अनुकुल हुन ओसिलो सदाबाहार जंगलको आवस्यकता पर्दछ तर यिनिहरूले मुख्यतया खुल्लमखुल्ला वर्षावन मनपराउँछन् ।यिनिहरु एक सामाजिक जनावर हुन् र एक समाज वा समुहमा ३५ भन्दा बढी संख्यामा मिलेर बस्ने गर्दछन् तर खानाको लागि भने सामुहिक रूपमा नभई एकल रूपमा नै खाना खोज्ने गर्दछन् । दिनमा खाना खोज्ने क्रममा यिनिहरु छुट्टीएपनि अरु बेला सामुहिक रूपमा बस्ने गर्द्छन् ।
भखर भएको अध्ययनले मकुरे बाँदर अहिलेको विश्वमा रहेका नयाँ बाँदरमा सबैभन्दा बुद्धिमान बाँदर हुन् । यिनिहरूले डराउनको लागि वा आपतकालीन समयमा ज्यादै नै ठुलो ध्वनी वा स्वर निकाल्ने गर्दछन् । अरु बेला निकाल्ने स्वर भने घोडासँग मिल्दोजुल्दो हुन्छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.