![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/14/Makemake_with_moon.png/640px-Makemake_with_moon.png&w=640&q=50)
माकेमाके
From Wikipedia, the free encyclopedia
माकेमाके (प्रतीक: )[9] सौर्यमण्डलको काइपर घेरामा अवस्थित एक शिशु ग्रह हो। यस शिशु ग्रहको पहिलो काल्पनिक चित्रण हबल अन्तरिक्ष दूरबीनबाट लिइएको थियो। यस शिशु ग्रहको वास्तविक नाम १३६४७२ माकेमाके हो जसलाई अन्तर्राष्ट्रिय खगोलीय सङ्घद्वारा नामकरण गरिएको थियो। यो सौर्यमण्डलमा अवस्थित तेस्रो सबैभन्दा ठूलो शिशु ग्रह हो भने यसको औसत व्यास १,३६० देखि १,४८० किलोमिटर अनुमान गरिएको छ। यसको आयतन शिशु ग्रह यमको दुई तिहाइ भनि अनुमान गरिएको छ। हालसम्म केइपर घेरामा अवस्थित शिशु ग्रहहरू मध्ये माकेमाके सबैभन्दा दोस्रो ठूलो शिशु ग्रह हो भने यस शिशु ग्रहसँग एक उपग्रह रहेको छ जसको खोज सन् २०१५ मा गरिएको थियो। यसको शिशु ग्रहको औसत तापक्रम निकै न्युन रहेको छ भने यसको औसत तापक्रम लगभग ३० केल्भिन (−२४३.२ °से) का बीच अनुमान गरिएको छ। यस ग्रहको सतह मिथेन, इथेन र सम्भवतः नाइट्रोजनको बरफले ढाकिएको मानिन्छ।
![]() हाबल अन्तरीक्ष दूरबीनद्वारा लिइएको माकेमाकेको तस्वीर | |
आविष्कार | |
---|---|
आविष्कारक |
|
आविष्कार भएको मिति | सन् २००५ मार्च ३१ |
विवरण | |
पुड्के ग्रहहरूको नाम | (१३६,४७२) माकेमाके |
उच्चारण | /ˌmækiˈmæki/, /ˌmɑːkiˈmɑːki/ or /ˌmɑːkeɪˈmɑːkeɪ/ (![]() |
नामकरण स्रोत | माकेमाके |
वैकल्पिक नामहरू | २००५ एफवाई९ |
पुड्के ग्रहहरूको श्रेणी | शिशु ग्रह |
विशेषण | माकेमाकीय |
कक्षपथको विशेषताहरू | |
युग जुलियन दिन २४५७०००.५ (९ डिसेम्बर २०१४) | |
अपसूर | ५२.८४० महाकाशीय इकाई |
अनुसूर | ३८.५९० ख.ई |
अर्ध-मुख्य अक्ष | ४५.७१५ ख.ई |
विलक्षणता | ०.१५५८६ |
कक्षीय अवधि | ३०९.०९ जुलियन वर्ष (१,१२,८९७ (दिन) |
औसत कक्षीय गति | ४.४१९ किमी प्रति सेकेन्ड |
औसत गति | १५६.३५३° |
झुकाव | २९.००६८५° |
उदविन्दुरको देशान्तर | ७९.३६५९° |
अनुसूरको सिद्धान्त | २९१.२४०° |
भौतिक विशेषताहरू | |
आयाम | |
औसत व्यास |
|
समरुपताको | ०.०५ |
सतहको क्षेत्रफल | ≈ ६,९००,०००वर्ग कि.मि. |
आयतन | ≈ १.७×१०९घन कि.मि. |
औसत घनत्व | १.४–३.२ g/cm3[5] |
नाक्षचित्र घृर्णनकाल | ७.७७१ ± ०.००३ घण्टा [7] |
प्रतिफलन अनुपात | ०.८१++०.०१ −०.०२[5] |
तापक्रम | ३२–३९ केल्भिन ४०–४४ केल्भिन |
वर्णालीय प्रकार | B−V=0.83, V−R=0.5[8] |
आपात मान | १६.७ विमुखता |
परम मान (H) | −०.३ |
सन् २००५ मार्च ३१ का दिन माइकल इ ब्राउनको नेतृत्वमा रहेको एउटा टोलीले माकेमाकेलाई पत्ता लगाएको थियो भने आधिकारिक रूपमा सन् २००५ जुलाई २९ का दिन यसको खोजलाई घोषणा गरिएको थियो। पत्ता लागेपछि सुरुमा एफवाई९ नामकरण गरिएको यस शिशु ग्रहलाई पछि १३६४७२ सङ्ख्या प्रदान गरिएको थियो। सन् २००८ को जुलाईमा यसलाई अन्तर्राष्ट्रिय खगोलीय सङ्घद्वारा शिशु ग्रहहको मान्यता प्रदान गरिएको थियो। पोलिनेसिया क्षेत्रको इस्टर द्वीपका मानिसहरूद्वारा पालन गरिएको धर्मका अनुसार माकेमाके एक देवताको नाम थियो जसलाई मानवजातिको सृष्टिकर्ताको रूपमा श्रेय दिइन्छ। यस शिशु ग्रहको नाम माकेमाके देवताबाट लिइएको हो।