मातृ मृत्युदर
From Wikipedia, the free encyclopedia
मातृ मृत्युदर महिला गर्भवती हुँदा वा बच्चा जन्माउने क्रममा वा कारणले हुने मृत्युको दर भन्ने बुझिन्छ। विश्व स्वास्थ्य सङ्गठनको अनुसार गर्भावस्था र सुत्केरी भएको ४२ दिन (६ हप्ता) सम्मको अवधिमा गर्भवती वा सुत्केरीका कारणबाट हुने मृत्यु नै मातृ मृत्यु हो। प्रतिवर्ष प्रति १००००० जीवित जन्ममा गर्भधान,बच्चा जन्माउदाको जटिलता अथवा सुत्केरी भएको ४२ दिन भित्र प्रसवजन्य व्यथाबाट हुने आमाहरूको मृत्युसंख्या भने मातृमृत्युदर हो।"[1]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |