From Wikipedia, the free encyclopedia
मुसफिकुर रहिम (बङ्गाली: মুশফিকুর রহিম, जन्म; ९ जुन १०८७) एक बङ्गलादेशी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी र बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका भूतपूर्व कप्तान हुन्।[3] मुसफिकुरले सन् २००९ अगष्ट देखि सन् २०१० सम्म बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको उप-कप्तान पद सम्हालेका थिए।[4][5] घरेलु लिग र प्रतिस्पर्धामा उनले राजशाही विभाग र सिलेट सुपर स्टार्सका लागि कप्तानको भूमिका निर्वाह गर्छन्।[6] सन् २०१० मा बङ्गलादेशका पूर्व प्रशिक्षक जेमी सिडन्सका अनुसार मुसफिकुर रहिम बहुप्रतिभाशाली खेलाडी हुन् भने उनी विषेश गरी आक्रमण रूपमा मैदान उत्रिन्छन्। [7]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | मोहाम्मद मुसफिकुर रहिम [1] | |||||||||||||||||||||||||||||||||||
जन्म | राजशाही, बङ्गलादेश | ९ जुन १९८७|||||||||||||||||||||||||||||||||||
उपनाम | मिटु [2] | |||||||||||||||||||||||||||||||||||
उचाई | ५ फिट ३ इन्च (१.६० मी) | |||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ-हाते | |||||||||||||||||||||||||||||||||||
भूमिका | विकेट-किपर, ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली |
| |||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ४१) | २६ मे २००४ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | ५ सेप्टेम्बर २०१९ विरुद्ध अफगानिस्तान | |||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप ८६) | ६ अगष्ट २००६ v जिम्वाब्बे | |||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ३१ जुलाई २०१९ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १५ | |||||||||||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल (क्याप ६) | २८ नोभेम्बर २००६ v जिम्वाब्बे | |||||||||||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ३ नोभेम्बर २०१९ v भारत | |||||||||||||||||||||||||||||||||||
टि२०आई पोशाक | १५ | |||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||
२००६ | राजशाही विभाग | |||||||||||||||||||||||||||||||||||
२००७ | सिलेट विभाग | |||||||||||||||||||||||||||||||||||
२००८– | राजशाही विभाग | |||||||||||||||||||||||||||||||||||
२०१२ | दुरन्तो राजशाही | |||||||||||||||||||||||||||||||||||
२०१२ | नागेनाहीरा नागास | |||||||||||||||||||||||||||||||||||
२०१३ | सिलेट रोयल्स | |||||||||||||||||||||||||||||||||||
२०१५ | सिलेट सुपर स्टार्स | |||||||||||||||||||||||||||||||||||
२०१६ | कराची किङ्स | |||||||||||||||||||||||||||||||||||
२०१६ | बरिशाल बुल्स | |||||||||||||||||||||||||||||||||||
२०१७ | राजशाही किङ्स | |||||||||||||||||||||||||||||||||||
२०१८ | नागेनाहीरा लियोपार्डस् | |||||||||||||||||||||||||||||||||||
२०१९ | चिटागाङ भाइकिङ्स | |||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||
स्रोत: इएसपिएन क्रिक इन्फो, ३ नोभेम्बर २०१९ |
नोभेम्बर २०१८ मा बङ्गलादेश र जिम्बाब्वेको बीचको दोस्रो टेस्टमा मुसफिकुर टेस्ट क्रिकेटमा दुईपटक दोस्रो शतक रन बनाउने पहिलो विकेट किपस बन्न सफल भएका थिए भने त्यस खेलमा रहिमले अविजित रहँदै २१९ रन जोडेका थिए भने यससँगै टेस्ट क्रिकेटमा व्यक्तिगत सर्वाधिक रन बनाउने उनी पहिलो बङ्गलादेशी खेलाडी समेत बनेका थिए। यस खेलमा उनले ४२१ बलको सामाना र ५८९ मिनेट खर्चिँदै उक्त योगफल निकालेका थिए जुन बङ्गलादेश खेलाडीले राखेको कीर्तिमान बन्न पुगेको थियो।[8] सोही महिना बङ्गलादेशको सामना वेस्ट इण्डिजसँग भएको थियो भने टेस्ट क्रिकेटको इतिहासमा बङ्गलादेशी खेलाडीले ४००० रन बनाउने उनी दोस्रो खेलाडी बनेका थिए। उनले टेस्ट क्रिकेटममा सर्वाधिक उच्च रन बनाउने पहिलो बङ्गलमदेशी क्रिकेट खेलाडी पनि हुन्।[9]
मुसफिकुर रहिमको जन्म सन् १९८७ जुन ९ का दिन बङ्गलादेशको बगुडा जिल्लामा भएको थियो।[10] उनको बुवाको नाम मेहबुब हबिब हो भने आमाको नाम राहिमा खतुन हो। रहिमले बगुडा स्थित बगुडा जेला विद्यालयबाट माध्यमिक शिक्षा हासिल गरेका थिए भने क्रिकेट खेल्नुको साथसाथै उनले इतिहास विषय छनोट गरी जहाँगीरनगर विश्वविद्यालयमा शिक्षणको शुरूवात गरेका थिए।[11] सन् २०१२ मा रहिमले स्नातक पूर्ण गरेका थिए। रहिम बहुचर्चित स्पेनी फुटबल क्लब एफसी बार्सिलोनाका अनुयायी हुन्।[12]
बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीमा पदोन्नति हुन भन्दा अघि रहिमले बङ्गलादेश १९ वर्ष मुनिका राष्ट्रिय क्रिकेट टोलीका लागि खेल्ने गर्थे। रहिमले १९ वर्ष मुनिको राष्ट्रिय टोलीका लागि सन् २००४ देखि सन् २००६ सम्म ३ युवा टेस्ट क्रिकेट र १८ युवा एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू खेलेका थिए जहाँ उनले टेस्ट क्रिकेटकम ३१.७५ र एकदिवसीय अन्तर्राष्ट्रियका लागस ३५.०० अौसत बनाएका थिए।[13] रहिले १९ वर्ष मुनिको राष्ट्रिय टोलमा पर्दापण गर्नु अधि बङ्गलादेश खेलकुद शिक्षण संस्थामा प्रशिक्षण लिएका थिए।
सन् २००६ मा श्रीलङ्कामा आयोजना गरिएको १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा बङ्गलादेशले पनि सहभागीता जनाएको थियो जसको कप्तान पद मुसफिकुर रहिमले सम्हालेका थिए भने तात्कालिक राष्ट्रिय टोलीमा भविष्यका बहुप्रख्यात खेलाडी साकिब आला हासान र तामिम इकबाल सहित अन्य खेलाडीहरू पनि समावेश थिए। टेस्ट क्रिकेटको अनुभव बटेलेका दुई खेलाडी मध्ये रहिम एक थिए।[14] रहिमको राम्रो दिशानिर्देशनमा बङ्गलादेश युवा राष्ट्रिय टोलीले क्वाटरफाइनल सम्मको यात्रा तय गरेको थियो। विश्वकप सकिए लगत्तै रहिमलाई राष्ट्रिय टोलीको खेलाडीको रूपमा मान्यता दिने गरी बोलाइएको थियो।[15] उनी राष्ट्रिय टोलीमा आवद्ध भएपछि उनी ब्याट्सम्यानको रूपमा मैदान उत्रिन शुरू गरेका थिए भने खलिद मुसादलाई भने विकेट किपरको भूमिकामा राखिएको थियो।[16]
डिसेम्बर २०१० को एक खेलमा रहिमले आफ्नो कार्यकालकै सर्वाधिक अङ्क जोड्न सफल भएका थिए। राष्ट्रिय क्रिकेट लिगमा रहिमले राजशाहीको प्रतिनिधित्व गरेका थिए भने उनले एक खेलमा १२० बलको सामनामा ११४ रन बनाउन सफल भएका थिए तर उनको टोली ८ रनले पराजित हुन पुगेको थियो। [17]
बङ्गलादेश राष्ट्रिय क्रिकेट परिषद्ले सन् २०१२ मा एक टि ट्वेण्टी राष्ट्रिय लिग बङ्गलादेश प्रिमियर लिगको स्थापना गरेको थियो भने यो प्रतियोगिताको शुरूवात संस्करणमा ६ राष्ट्रिय टोलीले प्रतिस्पर्धा गरेका थिए भने यो प्रतियोगितातम फेब्रुअरी २०१२ देखि खेलाइएको थियो।[18] बङ्गलादेश प्रिमियर लिगको पहिलो संस्करणमा रहिमले राजशाहीको प्रतिनिधित्व गरेका थिए। [19]
राजशाहीको आधिकारिक क्रिकेट टोली डुरण्टो राजशाहीको प्रतिनिधित्व रहिमले गरेका थिए भने यो टोलीले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो। रहिमले पहिलो संस्करणको बङ्गलादेश प्रिमियर लिगका ११ खेलहरूमा राजशाही टोलीका लागि २३४ रनको योगदान दिएका थिए। [20]
सन् २०१८ मा रहिलाई अफगानिस्तान प्रिमियर लिगको पहिलो संस्करणका लागि नगरहाट टोलीमा खेल्नका लागि बोलाइएको थियो। [21]
अक्टोबर २०१८ मा बङ्गलादेश प्रिमियर लिगको आउँदो संस्करणका लागि बङ्गलादेश राष्ट्रिय क्रिकेट परिषद्ले खेलाडी साट्फेर गर्न सुरु गरेको थियो भने उक्त समयमा उनलाई चट्टग्राम भाइकिङ्समा आवद्ध भएका थिए।[22] सोही वर्षको बङ्गलादेश प्रिमियर लिगको संस्करणको १३ खेलहरूमा रहिमले ४२६ रन बनाउन सफल भएका थिए।
सन् २००५ मा आयोजना हुन लागेको बङ्गलादेश र इङ्ल्याण्ड बीचको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा रहिम छनोट भएका थिए जुन बङ्गलादेश र इङ्ल्याण्डको पहिलो खेल शृङ्खला थियो। मुसफिकुरले आफ्नो खेल्ने शैली र तरिकाहरूका साथ खेल शुरू हुन भन्दा केही दिन अघि खेल खेलेका थिए भने उनले केही मात्रामा प्रशिक्षण पनि लिएका थिए। अघि खेलिएको खेलमा उनले सुसेक्स विरुद्धमा ६३ रन बनाएका थिए भने अर्को टोली नर्थह्याम्प्टनशिर विरुद्ध अविजित रहँदै ११५ रन बनाएका थिए। [23]
राष्ट्रिय टोलीमा अतिरिक्त र क्षणिक समयका विकेट किपरको भूमिकामा रहने रहिमले केही दिन अघि गरेको प्रदर्शनका कारण उनी टोलीमा अटाएका थिए भने टोलीका लागि ब्याट्सम्यानको भूमिका पनि निर्वाह गरेका थिए।[24] पहिलो खेलमा १९ वर्षीया रहिमले १९ राष्ट्रिय टोलीका लागि १९ रनको योगदान दिएका थिए भने त्यस खेलमा दोहोर अङ्क बनाउन सक्ने उनी र दुई खेलाडी मात्र बनेका थिए भने अरुले दोहोर अङ्क बनाउन असमर्थ रहे। यस खेलमा बङ्गलादेश १०८ रनमै सबै विकेट गुमाएको थियो। रहिमको गोली गाँठो फर्किएर चोट आएका कारण उनले त्यस पछिको खेलहरूमा सहभागी हुन असमर्थ रहे। सन् २००६ मा जिम्बाब्वे र बङ्गलादेश विरुद्धको पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा रहिम पनि राष्ट्रिय टोलीमा अटाएका थिए।[25] त्यस शृङ्खलामा उनी सहित अल राउण्डर साकिब आल हासान र फरशमद रेजालाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव भने थिएन। रहिमले हरारेमा जिम्बाब्वे विरुद्ध आयोजना भएको खेलमा व्यक्तिगत पहिलो अर्धसतक रन बनाउन सफल भएका थिए। [26]
रहिमको उत्कृष्ट खेल्ने शैली र थुप्रैपटक एकदिवसीय अन्तर्राष्ट्रिय, टेस्ट र टि ट्वेण्टी खेलहरूमा राम्रो प्रदर्शन गरेका कारण सन् २००६ वेस्ट इण्डिजमा आयोजना हुन लागेको विश्वकप क्रिकेटमा उनी पहिलो विकेट किपरको रूपमा छनोट हुन सफल भएका थिए।[27] जुलाई २००७ मा बङ्गलादेश र श्रीलङ्का बीचको दोस्रो टेस्ट शृङ्खलामा मुसादलाई विस्थापित गर्दै रहिम विकेट किपरको भूमिकामा मैदान उत्रिके निश्चित भएको थियो। बङ्गलादेश र श्रीलङ्का बीचको टेस्ट शृङ्खलामा बङ्गलादेश ९० रनले परिजात भएको थियो।[28] सन् २००७ डिसेम्बरमा बङ्गलादेश क्रिकेट परिषद्ले रहिमालाई १ वर्षमा लागि दोस्रो दर्जामा पदोन्नति गराएको थियो। [29] सन् २००७ को आइसिसि विश्वकपमा भने रहिमले सबैभन्दा खराब प्रदर्शन गरेका थिए जहाँ उनले पाँच खेलहरूमा कुल ४ रन मात्र बनाएका थिए भने उक्त विश्वमप पछि बङ्गलादेश र दक्षिण अफ्रिकाको बीच तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल र पाकिस्तान र बङ्गलादेश बीच ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू निर्णय भएको थियो जहाँ धामिन धोषले रहिमलाई अनुग्रह गरी उनको ठाउँमा रहिमलाई राखेका थिए।[30] सन् २००९ एसिया कप र पाकिस्तान, बङ्गलादेश बीचको तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनलाई पुन राष्ट्रिय टोलीमा खेल्नका लागि बोलाइएको थियो।[31] अप्रिल २००९ मा बङ्गलादेश राष्ट्रिय क्रिकेट परिषद्ले रहिमलाई पहिलो श्रेणीको विकेट किपरको रूपमा मान्यता दिएको थियो।[32]
अगष्ट २००९ मा बङ्गलादेश र जिम्बाब्वे बीचको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनलाई राष्ट्रिय टोलीको उप-कप्तानको रूपमा नियुक्त भएका थिए। यस एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका कप्तान मोसरोफा मोर्टोजा घाइते भएका कारण उनको पदमा साकिब आल हासान आएका थिए भने रहिमलाई उप-कप्तान बनेका थिए।[33] जिम्बाब्वे र बङ्गलादेश बीचको एकदिवसीय अन्तर्राष्ट्रिय खेल बङ्गलादेशले ४-१ ले जित्न सफल भएको थियो। उक्त एकदिवसीय अन्तर्राष्ट्रिय खेलको अन्तिम खेलमा रहिमले ९८ रन बनाउन सफल हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय खेलको आफ्नो व्यक्तिगत कीर्तिमान तोडेका थिए।[34] यस एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृङ्खलामा रहिमले ५६.३३ को अौसतमा १६९ रन बनाएका थिए जसको फलस्वरूप सर्वाधिक रन बनाउने बङ्गलादेश क्रिकेट खेलाडीको सूचीमा चौँथो स्थानमा पर्न सफल भएका थिए। [35]
सन् २०१० ओल्ड ट्राफोर्डमा आयोजित बङ्गलादेश विरुद्ध इङ्ल्याण्डको खेलमा उप कप्तान भएर खेलेका रहिमले सन् २०१० जनवरी र फेब्रुअरीमा भारतको विरुद्ध बङ्गलादेशको टेस्ट शृङ्खलामा पनि उप कप्तानको भूमिका निर्वाह गरेका थिए।[36] २१ जनवरी २०१० मा बङ्गलादेश विरुद्ध भारतको पहिलो टेस्ट शृङ्खलामा रहिम उनको टेस्ट कार्यकालकै पहिलो शतक रन बनाउन सफल भएका थिए र मात्र ११२ बलको सामाना गरेका रहिमले एक शतक रन बनाउँदै सबैभन्दा थोरै बलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बन्न सफल भएका थिए तर उक्त खेल भने भारतले ११३ रनले जितेको थियो।[37][38][39] फेब्रुअरी र मार्चमा बङ्गलादेश र इङ्ल्यमण्ड बीच दुई टेस्ट र तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना भएको थियो जहाँ बङ्गलादेश दुवै प्रकारका खेलहरूमा पराजित भएको थियो। त्यस खेल शृङ्खलामा भने रहिम बङ्गलादेशका दोस्रो अधिक रन बनाउने खेलाडी बनेका थिए।[40][41] उक्त खेलको पहिलो टेस्टमा रहिमले दुई अर्धशतक रन बनाएका थिए।[42]
घरेलु खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन गरेका रहिम मे २०१० मा आयोजना भएको इङ्ल्याण्ड विरुद्धको खेलमा पुन फर्किएका थिए।[43] यस खेल शृङ्खलामा रहिमले दुई टेस्ट खेलमा ४० रन बनाएका थिए र त्यसको बाबजुद पनि बङ्गलादेश २-० ले पराजित भएको थियो। उक्त शृङ्खलाको एक खेलमा फैजलले गरेको प्रहार उनको अनुहारकम लागेको थियो भने एक्स रे गरेर हेर्दा केही चोट पटक लागेको नदेखिएपनि उनलाई आराम गर्न अनुरोध गरिएको थियो जसका कारण उनले बाँकी खेलहरूमा भाग लिन असमर्थ रहे। [44]
नोभेम्बर २०१० का दिन बङ्गलादेश क्रिकेट परिषद्ले १६ केन्द्र आवद्ध पत्रको घोषणा गरेको थियो जहाँ रहिम उत्कृष्ट ६ खेलाडीमा पर्न सफल भएका थिए। सन् २०१० मा तामिम इकबलले रहिमलाई उप कप्तान पदबाट विस्थापन गरेका थिए।[45] सन् २०११ को विश्वकपमा रहिम १५ बङ्गलादेश राष्ट्रिय क्रिकेट खेलाडीको सूचीमा अटाउन सफल भएका थिए।[46][47] सन् २०११ को विश्वकपमा बङ्गलादेश समूह चरणबाटै बाहिरिएको थियो।[48] सन् २०११ अगष्टमा बङ्गलादेश विरुद्ध जिम्बाब्वेको खेलमा रहिमले १०० बलमा १०१ रन जोड्न सफल भएका थिए तर त्यसको बाबजुद पनि बङ्गलादेशले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल गुमाएको थियो।[49][50]
सकिब आल हासानको नेतृत्वमा रहेको बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली जिम्बाब्वेसँगको एकदिवसीय अन्तर्राष्ट्रियमा निराशाजनक खेल खेलेपछि २० सेप्टेम्बर २०११ का दिन रहिम पहिलोपटक बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका कप्तान नियुक्त भएका थिए भने उक्त घोषणा बङ्गलादेश राष्ट्रिय क्रिकेट परिषद् कपमा गरिएको थियो भने उक्त कपमा बङ्गलादेशका केही राष्ट्रिय स्तरका खेलाडी रहेका टोलीले मात्र खेल्न पाउने प्राबधान थियो जुन प्रतियोगिता बङ्गलादेश ए ले जित्न सफल भएको थियो। सन् २०११ को अक्टोबर महिनामा मा बङ्गलादेश र वेस्ट इण्डिज बीच १ टि ट्वेण्टी, ३ एकदिवसीय अन्तर्राष्ट्रिय र दुई टेस्ट खेलहरू भएको थियो जुन रहिम राष्ट्रिय टोलीको कप्तान भएको पछिको पहिलो अन्तर्राष्ट्रिय खेल थियो। रहिमले टि ट्वेण्टी खेलमा २६ बलमा अविजित रहँदै ४१ रन बनाउन सफल भएका थिए जसले टोलीलाई जित दिलाउन सफल रह्यो।[51] टि ट्वेण्टी खेल जितेता पनि बङ्गलादेशले एकदिवसीय अन्तर्राष्ट्रिय खेल २-१ ले गुमाउन पुगेको थियो। उक्त खेल शृङ्खलामा रहिमले १०० रन भन्दा बढी बनाएका थिए। त्यस खेलको अर्को महिना बङ्गलादेश र पाकिस्तान बीच ३ एकदिवसीय अन्तर्राष्ट्रिय र २ टेस्ट खेल आयोजना भएको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय खेल बङ्गलादेशले ३-० ले गुमाएको थियो। [52]
सन् २०१२ को क्रिकेट एसिया कपमा बङ्गलादेश मुसफिकुर रहिमको नेतृत्वमा मैदान उत्रिएको थियो। बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीले तीन खेल खेल्दै सबैमा जित निकाल्दै प्रतियोगिताको अन्तिममा पुग्न सफल भएको थियो भने अन्तिम खेलमा भने राष्ट्रिय टोली पाकिस्तानसँग पराजित हुन पुगेको थियो। अप्रिल २०१२ मा बङ्गलादेश राष्ट्रिय क्रिकेट परिषद्ले रहिमलाई प्रथम दर्जाको क्रिकेट खेलाडीको रूपमा मान्यता दिएको थियो।[53] ११ मार्च २०१३ का दिन बङ्गलादेश र श्रीलङ्का बीच टेस्ट क्रिकेट शृङ्खला आयोजना गरिएको थिय१ जहाँ रहिमले २०० रन बनाउँदै महम्मद असरफुलको १९० रनको कीर्तिमानलाई उछिन्न सफल भएका थिए।[54] ८ मे २०१३ का दिन रहिम बङ्गलादेश क्रिकेट टोलीको आधिकारिक कप्तान रूपमा छनोट गरिएका थिए तर त्यस घोषणाको केही दिन पश्चात् रहिमले कप्तानको रूपमा नियुक्त हुँदा गल्ती गरेको बयान दिएका थिए भने ३ जुलाई २०१३ का दिन बङ्गलादेश राष्ट्रिय क्रिकेट परिषद्ले त्यस वर्ष सम्म रहिम टोली कप्तान रहने घोषणा गरेको थियो। [55]
रहिमले सन् २०१४ सम्म बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको कप्तान पद सम्हालेका थिए भने गृह मैदानमा आयोजना गरिएको बङ्गलादेश र श्रीलङ्का बीचको खेल शृङ्खलामा भने बङ्गलादेश पराजित भएको थियो।[56][57] त्यस खेल शृङ्खलाबा क्रममा रहिमको पाखुराका चोट आएका कारण अनमुल हकले उनलाई विकेट किपरको रूपमा विस्थापित गरेका थिए। टि ट्वेण्टी अन्तर्राष्ट्रिय खेल खेल्न नसेकेका रहिमले स्थान भने पछि मोसराफ मोर्टोजा सम्हालेका थिए।[58][59] सन् २०१४ को एसिया कपमा रहिमले भारतको विरुद्धमा उनको कार्यकालको दोस्रो शतक प्रहार गर्न सफल भएका थिए। [60]
भारत पछि बङ्गलादेशको अफगानिस्तानसँग खेर आयोजना गरिएको थियो जहाँ उनले राम्रोसँग खेल्न नसकेका कारण बङ्गलादेश ३२ रनले पराजित हुन पुगेको थियो जुन बङ्गलादेशले टेस्ट मान्यता प्राप्त गरेपछि सहयोगी टोलीसँगको पहिलो हार थियो। [61]
३२६ को विशाल लक्ष दिएको बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली अन्ततः त्यहि प्रतियोगितमा पाकिस्तानसँग पराजित हुन पुगेको थियो जुन एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको सर्वाधिक अङ्क थियो। पाकिस्तानसँगको खेलमा पराजित भएको टोली पछि पुन श्रीलङ्कासँग पनि पराजित हुन पुगेको थियो।सन् २०१४ को आइसिसि विश्पकपको छनोट खेलमा बङ्गलादेशले तीन खेल जित्दै प्रतियोगितामा छनोट हुन सफल भएको थियो। [62]
अगस्ट २०१४ मा बङ्गलादेश र वेस्ट इण्डिज बीच पुन टेस्ट खेल र एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरिएको थियो जहाँ मुसफिकुर रहिमले ११६ रन जोड्न सफल भएका थिए तर बङ्गलादेशले तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल र दुई टेस्ट खेलमा पराजित हुन पुगेको थियो। [63]
सेप्टेम्बर २०१४ मा बङ्गलादेश राष्ट्रिय क्रिकेट परिषद्ले मोर्टोजालाई एकदिवसीय अन्तर्राष्ट्रियको कप्तानको रूपमा नियुक्त गरेको थियो भने रहिमले टेस्ट क्रिकेटमा कप्तान पख सम्हालेका निस्चय भएको थियो। नोभेम्बर २०१४ मा बङ्गलादेश र जिम्बाब्वे बीच एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट खेल आयोजना भएको थियो जहाँ बङ्गलादेशले ३ टेस्ट र ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्न सफल भएको थियो भने उक्त खेलमा रहिम प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए।[64] न्युजिल्याण्ड र बङ्गलादेश बीचको टेस्ट खेल बेसिन रिजर्भमा आयोजना भएको थियो भने उक्त खेलमा रहिमको घाँटी पछाडि बल लाग्दा उनी घाइते भएका थिए भने उनलाई तत्काल अस्पताल पुर्याइएको थियो।[65] यो घटना दोस्रो इनिङको ४३ अौँ ओभरमा न्युजिल्याण्डका बलर टिम साउथीले बल गर्दा बल माथी सम्म उफ्रिएको थियो र उनले उक्त बल छल्न खोज्दा उनलाई चोट लागेको थियो। अस्पतालमा पुर्याइएका रहिमको घाँटीको एक्सरे गरेर हेर्दा उनी खतरा मुक्ति रहेको देखिएको थियो।
मार्च २०१७ मा बङ्गलादेश र श्रीलङ्का बीचको टेस्टमा रहिमले विकेट किपरको रूपमा १०० विकेट लिन सफल भएका थिए भने बङ्गलादेशको विकेट किपरको रूपमा १०० विकेट लिने उनी पहिलो बङ्गलादेशी खेलाडी बन्न सफल भएका थिए।[66] १५ अक्टोबर २०१८ का दिन बङ्गलादेश र दक्षिण अफ्रिका बीच एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरिएको थियो जहाँ उनले एक शतक रन बनाउँदै दक्षिण अफ्रिकासँगको खेलमा एक शतक प्रहार गर्ने उनी पहिलो बङ्गलादेशी क्रिकेट खेलाडी बन्न सफल भएका थिए। [67]
नोभेम्बर २०१८ का दिन बङ्गलादेश र जिम्बाब्वे बीच टेस्ट क्रिकेटको आयोजना गरिएको थियो जहाँ उनले अविजित रहँदै २१९ रन जोड्न सफल भएका थिए जसको फलस्वरूप उनी बङ्गलादेशका पहिलो विकेट किपर र ब्याट्सम्यानको रूपमा दुई शतक रन बनाउने पहिलो बङ्गलादेशी खेलाडी बन्न सफल भएका थिए। [68] उनले अविजित रहँदै बनाएको २१९ रन हालसम्म टेस्ट क्रिकेटमा सर्वाधिक अङ्क हो।[69][70] त्यस खेलको अर्को महिना आयोजना गरिएको बङ्गलादेश र वेस्ट इण्डिज बीचको खेलमा रहिमले टेस्ट क्रिकेटमा कुल ४००० रन बनाउन सफल भएका थिए।[71][72]
अप्रिल २०१९ मा सन् २०१९ विश्वकप क्रिकेटका लागि बङ्गलादेश राष्ट्रिय क्रिकेट परिषद्ले मुसफिकुर रहिमलाई पनि राष्ट्रिय टोलीमा समावेश गरेको थियो।[73][74] बङ्गलादेशले सन् २०१९ को विश्वकप क्रिकेटमा पहिलो खेल दक्षिण अफ्रिका विरुद्धमा खेलेको थियो जहाँ रहिम र साकिब आल शासानले साझेदारी गर्दै १४२ रन बनाउन सफल भएका थिए विश्वकप क्रिकेटमा बङ्गलादेश राष्ट्रिय टोलीका खेलाडीहरूले सर्वाधिक साझेदारी गर्दै उच्च अङ्क बनाएका थिए भने त्यस खेलमा बङ्गलादेशले ५० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै ३३० रन बनाएको थियो।[75] त्यस विश्वकपमा दक्षिण अफ्रिका पछि बङ्गलादेशको सामना न्युजिल्याण्ड सँग भएको थियो जहाँ रहिमले बङ्गलादेशको प्रतिनिधित्व गर्दै ३५० उपस्थिति जनाएका थिए। अस्ट्रेलियासँगको खेलमा रहिमले क्रिकेट विश्वकपमा पहिलो एक शतक रन बनाउन सफल हुँदै विश्वकप क्रिकेटमा एक शतक रन बनाउने उनी तेस्रो बङ्गलादेशी क्रिकेट खेलाडी बन्न सफल भएका थिए।[76] अस्ट्रेलिया विरुद्धको खेलमा रहिमले ९७ बलको सामना गर्दै अविजित रहँदै १०२ रन बनाउन सफल भएका थिए।[77]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.