रूसी इन्टरनेट निगम From Wikipedia, the free encyclopedia
यन्देक्स एक रूसी बहुराष्ट्रिय निगम हो जसले इन्टरनेट सम्बन्धित उत्पादन र सेवाहरूमा विशेषज्ञता, खोज र जानकारी सेवाहरू, विद्युतीय-वाणिज्य, यातायात, पथ प्रदर्शन, मोबाइल अनुप्रयोग, र अनलाइन विज्ञापन प्रदान गर्दछ। यान्देक्स कुलमा ७० भन्दा बढी सेवाहरू प्रदान गर्दछ। यसको सेवा नेदरल्याण्ड्सबाट सुरु गरिएको थियो। [5][6] यान्देक्सले मुख्यतया रुस र स्वतन्त्र राज्य राष्ट्रसङ्घमा पूर्णरूपमा सेवा प्रदान गर्दछ। कम्पनी संस्थापक र टोलीका धेरै सदस्यहरू रूसमा अवस्थित छन्।[7][8][9] कम्पनीका विश्वव्यापी रूपमा १८ व्यावसायिक कार्यालयहरू रहेका छन्।
मौलिक नाम | Яндекс |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक कम्पनी |
व्यावसायिक रूप | ढाँचा:नसडक, ढाँचा:मस्को सेयर बजार |
आइएसआइएन | NL0009805522 |
उद्योग | इन्टरनेट खोज इञ्जिन |
स्थापित | १९९७ सन् २००० (यान्देक्सको स्थापना) | (कम्प्टेकद्वारा यान्देक्स खोजीको सुरुवात)
स्थापनाकर्ता | आर्कादी भोलोझ आर्कादी बोर्कोभ्स्की इल्या सेगालोभिच |
केन्द्रीय कार्यालय | मस्को, रूस |
सेवा क्षेत्र | रुस, टर्की, कजाख्स्तान, बेलारुस, उज्बेकिस्तान, अजरबैजान, जर्जिया, आर्मेनिया, इजरायल र एस्टोनिया |
मुख्य व्यक्ति | आर्काडि भोलोझ (प्रमुख कार्यकारी अधिकृत) |
उत्पादनहरू | एलिसा (आभाषी सहयोगी) यान्देक्स खोजी यान्देक्स प्रत्यक्ष यान्देक्स डिक्स यान्देक्स मेल यान्देक्स ब्राउजर यान्देक्स नक्सा यान्देक्स बजार यान्देक्स इडा यान्देक्स मेट्रो यान्देक्स समाचार यान्देक्स भिडियो यान्देक्स नक्सा सम्पादक यान्देक्स मुद्रा यान्देक्स सङ्गीत यान्देक्स अफिसा यान्देक्स परिदृश्य यान्देक्स समयतालिका यान्देक्स ट्राफिक यान्देक्स अनुवाद यान्देक्स ट्याक्सी यारू |
आम्दानी | $Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " <strong class="error">Unknown country code for year 2021: रुस </strong> ".[1] (2021) |
परिचालन आय | $Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " ढाँचा:To USD/data/2023 ".[2] (2023) |
$Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " ढाँचा:To USD/data/2023 ".[2] (2023) | |
कुल सम्पत्ति | $Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " ढाँचा:To USD/data/2023 ".[3] (31 डिसेम्बर 2023) |
कुल इक्विटी | $Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " ढाँचा:To USD/data/2023 ".[2] (31 डिसेम्बर 2023) |
कर्मचारी सङ्ख्या | ८,८५४ (सन् २०१८) |
वेबसाइट | yandex |
पद टिप्पणी / स्रोतहरू [4] |
यो रूसको सबैभन्दा ठूलो प्रविधि कम्पनी हो[10] र रूसी इण्टरनेट बजारमा सबैभन्दा ठूलो खोज इञ्जिन हो जसले रूसी बजारमा ५२% भन्दा बढी बजार साझेदारी गरेको छ।[11] याण्डेक्स डटरूको गृह पृष्ठ रूसमा ४अौँ सबैभन्दा लोकप्रिय वेबसाइट हो। यो विश्वव्यापी रूपमा गुगल, बैडु, बिङ र याहु! पछिको ५अौँ सबैभन्दा ठूलो खोज इञ्जिन हो।[12] यसले स्वतन्त्र राज्य राष्ट्रसङ्घमा अन्य कुनै खोज इञ्जिन भन्दा सबैभन्दा धेरै बजार साझेदारी पनि गरेको छ।
रूसी इन्टरनेट बजारमा यान्देक्स मुख्य प्रतिस्पर्धी भनेको गुगल, मेल डटरू र र्याम्बलर हुन्।
कम्पनीका अनुसार, रूसी भाषी प्रयोगकर्ताहरूको लागि यसको सबैभन्दा ठूलो फाइदा भनेको रूसी भाषामा शब्द निर्माणको पहिचान गर्ने क्षमता हो।[13]
याण्डेक्सले भिजि ल्याब्स, फेस डटकम, ब्लेको, सिस्मोटेक, मल्टिसिप, स्केल्स प्रेडिक्ट र डट प्लस लगायतका कम्पनीहरूमा लगानी गरेको थियो।[14]
यान्देक्स १७ वटा देशहरूमा कार्यालयहरू छन्।[15] याण्डेक्स प्रयोगशाला सिलिकन उपत्यकामा [16] सन् २००८ मा खोलिएको थियो भने इस्तानबुलमा पनि सन् २०११ मा खोलिएको थियो।[17]
यो कम्पनीले लुत्सर्नमा सन् २०१२ मा यसका युरोपेली ग्राहकहरूलाई सेवा गर्नका लागि बिक्री कार्यालय खोलेको थियो।[18] यसले खोज तथा विकास कार्यालय सन् २०१४ मा बर्लिनमा खोलेको थियो।[19]
यान्देक्सले रूसी भाषा बजारमा काम गर्ने चिनियाँ कम्पनीहरूसँग सहकार्य गर्ने उदेश्यका साथ पहिलो कार्यालय सन् २०१५ मा शाङ्घाईमा खोलेको थियो।.[20]
सन् १९८९ मा, उद्यमी आर्कडि भोलोझले कमप्टेक नामक कम्पनीको स्थापना गरेका थिए जजसले व्यक्तिगच सुशाङ्ख्य यन्हरूको बिक्री वितरण गरेको थियो।[21] याण्डेक्स डटरू खोज इञ्जिन २३ सेप्टेम्बर १९९७ मा सुरु गरिएको थियो र यसलाई सार्वजनिक रूपमा मस्कोमा प्रस्तुत गरिएको थियो। सुरुवातमा, यो खोज इञ्जिनलाई कम्टेकले विकास गरेको थियो।[22] सन् २००० मा, यान्देक्सलाई एकल कम्पनीको रूपमा अर्काडि भोलोझले सुरुवात गरेका थिए। [23] सन् १९९८ मा, यान्देक्सले यसको खोज इञ्जिनमा प्रासङ्गिक विज्ञापनको प्रक्षेपण गरेको थियो।
सन् २००१ मा, यान्देक्सले यान्देक्स प्रत्यक्ष नामक एक अनलाइन विज्ञापन सञ्जालको सुरुवात गरेको।
यो कम्पनी नोभेम्बर २००२ मा मुनाफा चलेको थियो। सन् २००४ मा, यान्देक्सको विक्रि १ करोड ७० लाख अमेरिकी डलर पुगेको थियो र यो क्रम दुई वर्षमै १००% ले बढेको थियो। यस कम्पनीको कुल नाफा सन् २००४ मा ७० लाख अमेरिकी डलर रहेको थियो। जून २००६ मा, यान्देक्स प्रत्यक्ष एक प्रासङ्गिक विज्ञापन प्रणालीको साप्ताहिक राजस्वले १० लाख नाघेको थियो। कम्पनीको लेखा परीक्षण सन् १९९९ देखि डेलोइटद्वारा गरिँदै आएको छ।
नोभेम्बर २००५ मा, यान्देक्सले युक्रेनमा पनि कार्यालयको स्थापना गरेको थियो[24] र यसले डब्ल्यूडब्ल्यूडब्ल्यू डट यान्देक्स डट युएको पनि सुरुवात गरेको थियो। सन् २००७ मा, यान्देक्सले युक्रेनी प्रयोगकर्ताहरूको लागि अनुकूलित खोज इञ्जिनको परिचय गराएको थियो।[25] याण्डेक्सले मे २००७ मा, युक्रेनको राजधानी किभमा विकास केन्द्र पनि खोलेको थियो।
सन् २००९ मा, यसले डब्ल्यूडब्ल्यूडब्ल्यू डट याण्डेक्स डट युएको सबै सेवाहरू यूक्रेनी बजारको लागि स्थानीयकरण गरेको थियो।[26] सन् २०१० मा, यान्देक्सले यसको म्याट्रिक्स डटनेट प्रविधिमा आधारित यूक्रेनी प्रयोगकर्ताहरूको लागि यसले "पोल्टाभा" खोज इञ्जिन एल्गोरिदमको सुरुवात गरेको थियो। [27] मार्च २००७ मा, यान्देक्सले रूसी सामाजिक सञ्जाल सेवा मोइकरूग डटरूको अधिग्रहण गरेको थियो।[28]
१६ जून २००८ मा, यान्देक्सले यान्देक्स नक्सामा समायोजन गर्ने उदेश्यका साथ एसएमआई लिङ्क एक रूसी सडक यातायात निगरानी आयोगको अधिग्रहण गरेको थियो।[29]
२० जून २००८ मा, यान्देक्सले सिलिकन उपत्यकामा यान्देक्स प्रयोगशालाको गठनको घोषणा गरेको थियो जससणसको मुख्य उदेश्य भनेको "खोज र विज्ञापन प्रविधि" लाई प्रोत्साहन गर्नु थियो। [16]
जनवरी २००९ मा, मोजिला फायरफक्स ३.५ ले पूनर्निर्धारित खोज इञ्जिनको रूपमा गूगललाई हटाई रूसी भाषाका लागि यान्देक्सलाई राखेको थियो।[30]
अगष्ट २००९ मा, यान्देक्सले आफ्नो खोज नतिजामा स्वतन्त्र कानुनी सङ्गीतको लागि प्लेयरको सुरुवात गरेको थियो।
सेप्टेम्बर २०१० मा, यान्देक्सले यान्देक्स सङ्गीतको प्रक्षेपण गरेको थियो।[31]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.