From Wikipedia, the free encyclopedia
याहु! आन्सर (अनुवाद: याहु! उत्तर) याहू!द्वारा सञ्चालित सामुदायिक प्रश्न-उत्तर वेबसाइट हो वा याहुद्वारा बनाइएको एक ज्ञानको भण्डार हो जसले प्रयोगकर्ताहरूलाई प्रश्नहरूको जवाफ दिन र अन्य प्रयोगकर्ताद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छ।
साइटको प्रकार | सहयोगी |
---|---|
उपलब्ध भाषा | चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, जर्मनेली, इन्डोनेसियन, इतालियाली, जापानी, कोरियाली, पुर्तुगाली, स्पेनी, थाई, भियतनामी |
युआरएल | answers |
व्यवसायिक | हैन |
चालु भएको मिति | जुन २८, २००५ |
याहु! को वेबसाइटलाई २ मार्च १९९५ मा याहु! का संस्थापक जेरी याङ र डेभिड फिलोद्वारा आधिकारिक रूपमा सुरुवात गरिएको थियो।[1] यो विभिन्न वेबसाइटहरूको लागि खोजी निर्देशिकाको रूपमा सुरु भएको थियो र स्थापित इन्टरनेट संसाधनमा वृद्धि भएको थियो जसलाई "याहू उत्तर"को मञ्चमा प्रस्तुत गरिएको थियो।[2][3] याहु! उत्तरलाई १८ जून २००५ मा आन्तरिक अल्फा परीक्षणको लागि सुरू गरिएको थियो। परीक्षण संस्करणको याहु! उत्तरलाई ८ डिसेम्बर २००५ मा सर्वसाधारणका लागि लागि सुरू गरिएको थियो र यो १४ मे २००६ सम्म उपलब्ध भएको थियो।[4][5] अन्तत: याहु! उत्तरको आधिकारिक संस्करण १५ मे २००६ मा, सर्वसाधारणका लागि उपलब्ध गराइएको थियो।[6]
याहु! उत्तरलाई याहु!को पहिलाको प्रश्नोत्तर मञ्च, याहु! सोधसँग बदल्नको लागि सृजना गरिएको थियो जसलाई मार्च २००६ मा बन्द गरीएको थियो।[7] वेबसाइटले सदस्यहरूलाई सहभागिता प्रोत्साहित गर्ने तरिकाको रूपमा अङ्क कमाउने अवसर दिन्छ जुन नाभरको नलेज इन नामक सेवामा आधारित छ। [8][9] याहु! उत्तर, १२ भाषाहरूमा उपलब्ध छ, तथापि धेरै एसियाली वेबसाइटहरूले भिन्न मञ्च सञ्चालन गरेका छन् जसले गैर तालिन वर्णहरूलाई अनुमति दिन्छन्। [10] जापानमा यो मञ्च याहु! चिबुकुरोको (知 恵 袋 ) रूपमा चिनिन्छ भने यो कोरिया, ताइवान, चीन, र हङकङमा याहु! ज्ञानको रूपमा चिनिन्छ। [11] सिन जिम नामक अरबी भाषाको प्रश्नोत्तर मञ्च याहु! को सहायक मक्तुब मार्फमा उपलब्ध छ। ८ डिसेम्बर २०१६ मा, याहु! यसको आधिकारिक अनुप्रयोग आइओएस र एन्ड्रोइडको लागि जारी गरिएको थियो।[12][13][14][15][16]
खराब तवरले बनाइएको प्रश्न र गलत उत्तरहरूको सङ्ख्याले गर्दा वेबसाइटलाई उपहासको लक्ष्य बनाएको छ। [11][17]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.