From Wikipedia, the free encyclopedia
युवराज सिंह (ⓘ) (जन्म १२ डिसेम्बर १९८१) एउटा भारतीय अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् । उनी क्रिकेट खेलमा अलराउन्डरको भूमिका निर्वाह गर्न गर्छन । उनी बायाँहाते ब्याट्सम्यान हुन् तथा बायाँहाते अर्थोडक्स बलिङ गर्छन । उनी भारतका भूतपूर्व क्रिकेट खेलाडी तथा अभिनेता योगराज सिंहका छोरा हुन् । युवराज भारतको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रिय म्याचको सुरुवात सन् २००० मा गरेका थिए भने सन् २००३ मा टेस्ट क्रिकेटमा पदार्पण गरेका थिए । उनी सन् २००७ देखि सन् २००८ सम्म भारत राष्ट्रिय क्रिकेट टिमका उपकप्तान भएर खेलेका छन् । उनी सन् २०११ क्रिकेट विश्वकपमा म्यान अफ द टुर्नामेन्ट भएका थिए भने सन् २००७ आइसिसी पुरुष टि२० विश्वकपमा समेत शिर्षकोटीको प्रदर्शन गरेका थिए, यसै ट्वान्टी२० विश्वकपमा उनले इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिमका बलर स्टुअर्ट ब्रोडको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । दुवै टेस्ट खेल्ने क्रिकेट राष्ट्र बीच यस्तो प्रदर्शन गर्ने उनी पहिलो खेलाडी भएका थिए, यसभन्दा पूर्व तीन पटक अन्य क्रिकेट टुर्नामेन्टमा यस्तो किर्तिमान बनेको थियो ।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म | चण्डीगढ, भारत | १२ डिसेम्बर १९८१|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | युवी,यूभी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ६ फिट २ इन्च (१.८८ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | बायाँ हाते अर्थोडक्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | अल-राउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सम्बन्ध | योगराज सिंह (पिता) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप २४७) | १६ अक्टोबर २००३ विरुद्ध न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | ५ डिसेम्बर २०१२ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १३४) | ३ अक्टोबर २००० v केन्या | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ११ डिसेम्बर २०१३ v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल (क्याप १५) | १३ सेप्टेम्बर २००७ v स्कटल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ६ अप्रिल २०१४ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९९६-हाल सम्म | पञ्जाब क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००३ | योर्कसायर काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८-२०१० | किङ्गस इलेभेन पञ्जाब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११-२०१३ | पुने वारियर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४ | रोयल च्यालेन्जर्स बेंगलोर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, ६ नोभेम्बर २०१४ |
युवराज सिंहलाई उनको खेलमा प्रदर्शनको आधारमा भारत सरकारले सन् २०१२ मा भारतको खेलकुद जगतमा दोश्रो सर्वश्रेष्ठ पुरस्कार अर्जुन पुरस्कारले सम्मानित गरिएको थियो ।[1] १० जुन २०१९ मा युवराजले सबै प्रकारका क्रिकेटबाट सेवानिवृत्तिको घोषणा गरे ।[2][3][4][5]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.