From Wikipedia, the free encyclopedia
राजु विष्ट (जन्म ३ जनवरी १९८६) एक भारतीय राजनीतिज्ञ र सूर्य रोशनी लिमिटेडका प्रबन्ध निर्देशक हुन्। उनी भारतीय जनता पार्टीको सदस्यको रूपमा २०१९ को भारतीय आम चुनावमा पश्चिम बंगालको दार्जिलिङबाट भारतीय संसदको तल्लो सदन लोकसभामा निर्वाचित भएका थिए।[1][2][3] उनी भाजपाका राष्ट्रिय प्रवक्ता हुन्।[4] १४ जुलाई, २०२१ मा, उहाँ भारतीय जनता युवा मोर्चाको राष्ट्रिय महासचिवको रूपमा नियुक्त हुनुभयो।[5]
राजु बिष्ट | |
---|---|
संसद सदस्य, लोकसभा | |
पद बहाली २३ मे २०१९ | |
पूर्वाधिकारी | एस.एस अहलुवालिया |
निर्वाचन क्षेत्र | दार्जिलिङ |
व्यक्तिगत विवरण | |
जन्म | चरहजारे, मणिपुर, भारत | ३ जनवरी १९८६
राष्ट्रियता | भारतीय |
राजनीतिक दल | भारतीय जनता पार्टी |
जीवन साथी | अनिता बिष्ट ( वि २००६) |
सन्तान(हरू) | 2 |
निवास(हरू) | दार्जिलिङ, पश्चिम बंगाल पन्जाबी बाग, पश्चिम दिल्ली |
मातृ शिक्षाप्रतिष्ठान | प्रेसिडेन्सी कलेज, मोटबुङ (B.A.) |
जीवनवृति | व्यापार, सामाजिक कार्य |
हस्ताक्षर | |
Source: |
विष्टको जन्म ३ जनवरी १९८६ मा मणिपुरको सेनापति जिल्लाको चरहजारेमा विष्णु र प्रभा विष्टको गोरखा परिवारमा भएको थियो । उहाँ कलामा स्नातक हुनुहुन्छ र मणिपुर विश्वविद्यालयसँग सम्बद्ध प्रेसिडेन्सी कलेज, मोटबुङमा पढेका थिए। विष्टले ६ अक्टोबर २००६ मा अनिता विष्टसँग विवाह गरे र उनका दुई छोरी छन् । उनी पेशाले व्यवसायी हुनुका साथै सामाजिक कार्यमा पनि संलग्न छन् ।[6][1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.