From Wikipedia, the free encyclopedia
रूक्माङ्गद कटवाल नेपाली सेनाका प्रधानपति थिए। कटवाललाई राजा महेन्द्रले हुर्काएका, पढाएका र बढाएका हुन् ।
महारथी रुकमाङ्गद कटवाल | |
---|---|
महारथी श्री रुकमाङ्गद कटवाल | |
नेपालका प्रधान सेनापतिहरू | |
कार्यकाल २०६३ भदौ २०[1] September 10, 2006 – August, 2009 | |
पूर्वाधिकारी | प्यार जङ्ग थापा |
उतराधिकारी | छत्रमानसिंह गुरुङ |
व्यक्तिगत विवरण | |
जन्म | ओखलढुंगा | १२ डिसेम्बर १९४८
नाता | उमा कटवाल (wife) |
पुरस्कार | Birendra Prajatantra Bhaskar Class II गोरखा दक्षिण बाहु |
सैन्य सेवा | |
निष्ठा | नेपाल |
शाखा/सेवा | नेपाली सेना |
सेवाको वर्षहरू | 1969-2009 |
श्रेणी | महारथी |
आदेशहरू | Shree Kalidhoj Battalion (1976-1977) United Nation Interim Force in Lebanon (UNIFIL) (1988) Shree Pashupati Prashad Battalion (1990-1993) Commandant of the Royal Nepalese Military Academy (1993) Adjutant General (AG) of the Directorate of Military Intelligence (DMI) (1999) |
२०६६ वैशाख २१ गते 'कटवाल प्रकरण'का कारण दाहाल ९ महीनामै सरकारबाट बाहिरिनुपरेको थियो । नागरिक सरकारले दिएको आदेश पालना नगरेको भन्दै प्रचण्ड सरकारले कटवालसँग स्पष्टीकरण मागेपछि तीन हप्तासम्म विवाद चलेको थियो । २०६६ साल वैशाख २० मा उनले प्रधान सेनापति रूक्माङ्गद कटवाललाई बर्खास्त गरेर कुलबहादुर खड्कालाई निमित्त प्रधान सेनापति बनाएका थिए ।
आफ्नो पद बचाउनका लागि प्रधान सेनापति राजनीतिक शक्तिहरूको समर्थन जुटाउन लागि परे । माओवादीको यो कदमलाई कू र सत्ता कब्जा भएको दाबी गर्दै आफ्नो पक्षमा समर्थन जुटाएका थिए । निर्वाचनमा राजनीतिक चुनौती पेस गर्न नसकेका काङ्ग्रेस र एमालेलाई के लाग्यो भने माओवादीलाई ठेगान लगाउने एक मात्र संस्था सेना नै हो । उनीहरूले माओवादीले गरेको निर्णयको विरोध गरे । धेरैखाले आइरोनी सतहमा देखिए । जब प्रधानमन्त्री प्रचण्डले सेनापति कटवाललाई हटाएको घोषणा गरे, गठबन्धन सरकारमा सहभागी अन्य दलले आफ्नो समर्थन फिर्ता लिइसकेका थिए । त्यही रात राष्ट्रपति रामवरण यादवलेअनपेक्षित कदम चाल्दै सोझै सेनापतिलाई पत्र लेखेर आफ्नो पदमा अडिग रहन र प्रधानमन्त्रीको आदेश उल्लङ्घन गर्न आदेश दिए । संवैधानिक सीमा नाघ्दै निर्वाचित कार्यकारीलाई बाइपास गरेर नै राष्ट्रपतिले सो कदम उठाएका थिए ।
तर प्रधानमन्त्रीले पनि उस्तै गल्ती गरेका थिए । राष्ट्रपतिमार्फत सेनापतिलाई बर्खास्त गराउनु साटो उनले सोझै बर्खास्त गर्ने निर्णय गरेका थिए । अरु सबै पार्टीलाई गठबन्धन सरकारबाट आफ्नो समर्थन फिर्ता गर्न लगाएर माओवादीलाई अल्पमतमा पार्न नेपथ्यबाट भारतले नै मुख्य भूमिका खेलेको थियो । यी घटना घटेकै हप्ताको सुरूआतमै भारतीय राजदूत सुदले राष्ट्रपति रामवरण यादवसँग बिहान ६ः३० बजे नै भेटघाट गरेका थिए । नेपाली सेनाको सुप्रिम कमान्डरसमेत रहेका यादवलाई उनले माओवादीको सेनापति हटाउने निर्णयविरूद्ध बलियो भएर उभिन आग्रह गरेका थिए । यो घटनाकै सेरोफेरोमा भारतीय राजदूतावासका कनिष्ठ कर्मचारीले राष्ट्रपतिका सल्लाहकारहरूसँग नजिकको सम्बन्ध बनाएका थिए ।
राष्ट्रपतिले सो कदम चालेको भोलिपल्ट दिउँसो माओवादी सचिवालयको बैठक बस्यो । बैठकलगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्दै पदबाट राजीनामा दिए ।[2][3] रामवरण यादवले 'कटवाल प्रकरण' मा आफूले तत्कालीन सरकारलाई साथ नदिएर नेपाली सेनाको सङ्गठन ध्वस्त हुनबाट बचाएको बताएका थिए ।[4]
प्रधान सेनापतिबाट अवकाश पाएपछि उनले आत्मकथा लेखे। पूरै गणतन्त्र आफैले ल्याएको पाराको व्याख्या भएको किताब पनि चर्चामा रह्यो। सार्वजनिक भएको दुई हप्तामा पहिलो पटक छपाइएका सबै पच्चिस हजार प्रति बिकेको पूर्व सेनापती रूपमाङ्गत कटवालको आत्मकथा अहिले गाली गलौज, बहस देखी चिया गफ सबैको तात्तातो विषय बनेको छ । भलै अखबरी कफी गफ्फी नारायण वाग्ले उनको अमृकाने गफ मै मग्न छन ।
कटवाललाई राजा महेन्द्रले हुर्काएका, पढाएका र बढाएका हुन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.