रेसलमेनिया
From Wikipedia, the free encyclopedia
रेसलमेनिया अमेरिकाको स्ट्याम्फोर्डस्थित व्यावसायिक कुस्ती आयोजन हो, जुन मध्य मार्च देखि मध्य अप्रिलको बीचमा डब्ल्युडब्ल्युईद्वारा आयोजना गरिन्छ। डब्ल्युडब्ल्युईले यस कार्यक्रमलाई पहिलो पटक सन् १९८५ मा आयोजना गरेको थियो। सन् २०२० सम्म यस कार्यक्रमको ३६ वटा संस्करणको आयोजन भइसकेको छ। यस कार्यक्रमको सबैभन्दा हालसालैको संस्करण फ्लोरिडाको ओर्लान्डोमा सन् २०२० मार्च २५-२६ मा आयोजना गरिएको थियो। रेसलमेनिया कार्यक्रम डब्ल्युडब्ल्युईको इतिहासमै सबैभन्दा लामो र सफल कार्यक्रमको रूपमा परिचित छ। यस कार्यक्रमले डब्ल्युडब्ल्युईलाई विश्वव्यापी रूपमा सफलतापूर्वक कुस्ती खेल, मिडिया र कुस्ती सम्बन्धित सामग्रीहरूद्वारा योगदान गर्दै आएको छ। यस कार्यक्रमलाई पहिलोपटक डब्ल्युडब्ल्युईका संस्थापक भिन्स म्याकमेन र डब्ल्युडब्ल्युईबाट अवकाश लिएका खेलाडी हवोर्ड फिङ्केलले सन् १९८४ मा स्थापना गरेका थिए।
रेसलमेनिया | |
---|---|
उपनाम(हरू) | "द ग्रान्डेस्ट स्टेज अफ देम अल" "द सोकेस अफ द इमोर्टल्स" "द सो अफ सो" "द ग्रेटेस्ट स्पोकल इन स्पोर्ट्स इन्टरटेन्मेन्ट" "द सुपर बोल अफ स्पोर्ट्स इन्टरटेन्मेन्ट" "द ग्रान्ड ड्याडी अफ देम अल" |
द्वरा निर्मित | भिन्स म्याकमेन |
पदोन्नति(हरू) | डब्ल्युडब्ल्युई |
ब्राण्ड(हरू) | र (सन् २००३–२०११, सन् २०१७–हाल) स्म्याकडाउन (सन् २००३–२०११, सन् २०१७–हाल) २०५ लाइभ (सन् २०१८–हाल) इसिडब्ल्यु (सन् २००७–२००९) |
पहिलो कार्यक्रम | रेसलमेनिया १ |
रेसलमेनियाले विश्वव्यापी सफलता पाएका कारण यसले डब्ल्युडब्ल्युईमा कुस्ती खेलाडीहरूलाई पदोन्नति गर्न सहयोग गर्छ। यस कार्यक्रममा चर्चित व्यक्तित्वहरू जस्तै मोहम्मद अली, मिस्टर टी, एलिस कोपर, लरेन्स टेलर, माइक टाइसन, पामेला एन्डरसन, डोनाल्ड ट्रम्प, फ्योल्ड मेवेदर, पिटी रोज, स्नुप डग, किड रक, रोन्डा राउजी, रब ग्रोन्सकी, सिन्डी लुपर, सकिल ओ'निल आदिले यस कार्यक्रममा विषेश सहभागिता जनाउँदै आएका छन्।
पहिलो रेसलमेनिया न्युयोर्क स्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरिएको थियो भने यस कार्यक्रमको १०औँ र २०औँ संस्करण पनि त्यहीँ आयोजना गरिएको थियो। रेसलमेनियाको तेस्रो संकरणलाई खुला आयोजना गरिएकोमा उक्त कार्यक्रम हेर्न ९३,१७३ प्रत्यक्षदर्शी पुगेका थिए। रङ्गशाला बाहिर आयोजना भएको यो कार्यक्रमलाई सबैभन्दा बढी दर्शक हेर्ने नयाँ कीर्तिमान बनाएको थियो। उक्त कीर्तिमानलाई सन् २०१० मा एनबिएले तोडेको थियो, उक्त खेल हेर्न १,०८,७१३ मानिसहरू पुगेका थिए।[1] सन् २०१६ मा एटी एन्ड टी रङ्गशालामा आयोजना गरिएको रेसलमेनियाको ३२औँ संस्करणले रेसलमेनिया तेस्रो संस्करणले राखेको कीर्तिमान तोडेको थियो, उक्त कार्यक्रम १,११,७६३ जना मानिसहरूले हेरेको थियो। यस कार्यक्रमको सबै संस्करणहरू उत्तर अमेरिकी सहरहरूमा अयोजना गरिएको छ जसमा क्यानडामा २ र अमेरिकामा ३४ कार्यक्रमहरू आयोजना गरिएको छ।