बेलायती पप गायक From Wikipedia, the free encyclopedia
लियाम जेम्स पेन (अङ्ग्रेजी: Liam James Payne, जन्म २९ अगस्ट १९९३) एक बेलायती गायक तथा सङ्गीतकार हुन्। उनी एक बेलायती साङ्गीतिक समूह वान डिरेक्सनको सदस्यको रूपमा चर्चित भएका थिए। उनले सन् २००८ मा बेलायती दूरदर्शन कार्यक्रम 'द एक्स फ्याक्टर'को लागि अडिसन दिएर आफूलाई पहिलो पटक एउटा गायकको रूपमा उभ्याएका थिए। एकल गायकको रूपमा उनी सो दूरदर्शन कार्यक्रमबाट बाहिरिए पछि सन् २०१० मा उनी लगायत चार जना सदस्यहरू मिलेर एउटा साङ्गीतिक समूह वान डिरेक्सनको स्थापना गरेर उनले पुन: अडिसन दिएका थिए।[3][4] यस साङ्गीतिक समूहले त्यसपछि पाँच गीती सङ्गालो जारी गर्नुका साथै चार विश्व भ्रमण गरेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू समेत जित्न सफल भएको थियो। पेनले अन्य केही निर्माताहरूसँग सहकार्य गरी गायिका सेरिल तथा आफ्नो साङ्गीतिक समूहका सदस्यहरूको सहायतामा गीतहरूलाई समायोजन गर्ने काम पनि गरेका थिए।
लियाम पेम | |
---|---|
जन्म | लियाम जेम्स पेन २९ अगस्ट १९९३ [1] उल्भरह्याम्पटन, इङ्ल्यान्ड |
पेशा |
|
कार्यकाल | २००८–हाल |
जम्मा सम्पति | £४२ मिलियन[2] |
समकक्षी | सेरिल (२०१६-२०१८) |
सन्तान | १ |
साङ्गीतिक जीवन | |
वाद्ययन्त्र | स्वर |
लेबल |
|
सहयोगी | वान डिरेक्सन |
वेबसाइट | liampayneofficial |
सन् २०१६ मा पेनले उत्तर अमेरिकामा रिपब्लिक रेकर्ड्ससँग एक रेकर्डिङ सम्झौतामा हस्ताक्षर गरेका थिए। मे २०१७ मा, पेनले स्ट्रिप द्याट डाउन नामक गीतलाई आफ्नो आगामी पहिलो गीती सङ्गालोबाट एकल गीतको रूपमा सार्वजनिक गरेका थिए। यो गीत बेलायती एकल तालिकामा तेस्रो स्थान र संयुक्त राज्य अमेरिकाको बिलबोर्ड हट १००मा १०औँ स्थानमा पुग्न सफल भएको थियोे। यससँगै यो गीत दुवै देशहरूमा प्लेटिनम प्रमाणित भएको थियोे।
पेन उल्भरह्याम्प्टन, वेस्ट मिडल्यान्ड्स, इङ्ल्यान्डमा जन्मिएका थिए। उनी केरेन, एक प्रारम्भिक शिक्षिका र जियोफ पेन, एक पानीको पाइप मर्मत गर्ने कामदारका छोरा थिए। उनका दुई दिदीहरू निकोला र रुथ छन्।[5] पेन तीन हप्ता अगावै जन्मिएका कारण प्राय बिरामी हुने गर्दथे। चार वर्षको उमेरसम्म, पेनले अस्पतालमा नियमित परीक्षण गराउनु परेको थियोे र उनको एक मिर्गौलाले काम नगरेकाले उनी डाक्टरहरूको निगरानीमा रहेका थिए। यस दुखाइको सामना गर्नको लागि, उनले बिहान र बेलुका गरी आफ्नो पाखुरामा ३२ खोप लगाउनु परेको थियोे।[6] एक विद्यार्थीको रूपमा उनी खेलमा विशेष रुची राख्थे जसमा क्रस कन्ट्री दौडमा उनको सक्रियता अधिक थियो। पेन मूलत उनको दौडलाई निरन्तरता दिनको लागि उल्भरह्याम्टन र बिल्स्टन एथलेटिक्स क्लबमा सामेल भएका थिए। सन् २०१२ ओलम्पिक खेलको डौडमा इङ्ल्यान्ड राष्ट्रिय टोलीमा अटाउन असफल भएपछि उनलाई अतिरिक्त खेलाडीको सूचीमा राखिएको थियो।[7]
उनी माध्यमिक विद्यालयका केही ठूला विद्यार्थीहरूबाट अनुचित व्यवहारको सिकार पनि भएका थिए। उनले १२ वर्षको उमेरमा मुक्केबाजी खेल सिकेका थिए।[8] उल्भरह्याम्पटन कलेजको पजेट रोड क्याम्पसमा सङ्गीत प्रविधिको अध्ययन गर्नुभन्दा अघि ११ कक्षाको माध्यमिक शिक्षाको सामान्य प्रमाणपत्र सेन्ट पिटर कोलेजियट स्कूलबाट पूरा गरेका थिए।
पेनलाई पहिलो पटक १२ वर्षको उमेरमा वर्ल्ड अफ सो बिजनेस कार्यक्रममा, पिङ्क प्रोडक्सन थिएटर कम्पनीको सदस्यको रूपमा परिचित गराइएको थियो।[9] पेनले पहिला उल्भरह्याम्टनमा आधारित फुटबल क्लब उल्भरह्याम्प्टन वान्डरर्सको खेलमा, २६,००० खेल हेर्न आएका दर्शकहरू माझ आफ्नो प्रस्तुति दिएका थिए।[4][10]
पेनले सन् २००८ मा द एक्स फ्याक्टर नामक ब्रिटिस गायन प्रतियोगिताको ५औँ संस्करणमा पहिलो पटक अडिसन दिएका थिए। त्यस समय उनी मात्र १४ वर्षका थिए। पेनले, गायक फ्राङ्क सिनट्राको "फ्लाई मी टु द मुन" नामक गीतको प्रदर्शन गरेपछि पहिलो चरण पार गरेका थिए। त्यसपछि उनी बुट क्याम्प स्टेज नामक चरणबाट बाहिरिएका थिए। तर साइमोन कावेलले, त्यसपछि आफ्नो निर्णयलाई परिवर्तन गर्दै पेनलाई जजेज हाउस स्टेज नामक चरणमा फर्काएका थिए।[11] पेन फेरिपनि त्यही चरणमा बाहिरिन पुगे, तर कावेलले उनलाई दुई वर्ष पछि फेरि आउन प्रोत्साहित गरेका थिए।[12]
पेन, सन् २०१० मा दुई वर्षपछि द एक्स फ्याक्टरको ७औँ संस्करणमा फर्किए। उनले माइकल बबलको गीत "क्राइ मी अ रिभर" नामक गीतबाट अडिसन दिए। जसले गर्दा उनले ४ वटै निर्णयकहरूबाट स्वीकृति पाए र कावेलको तर्फबाट विजयोत्सवको पनि भागिदार बने। पेन आफ्नो एकल अडिसनपछि प्रतियोगितालाई जित्ने दोस्रो मन पराइएका गायक हुन पुगे। उनी जजेज हाउस नामक चरणको पुरुष वर्गबाट अघि बढ्न सकेनन् र उनकै उमेरका अन्य चार जना पनि यसै चरणबाट बाहिरिन पुगे। तर वेम्ब्ली अरिनामा, बुटक्याम्प स्टेज नामक चरणमा एक अतिथि निर्णायक निकोल शेर्जिङ्गरले सुझाव दिएपछि पाँचै जना सदस्यहरूलाईसँगै राखेर एक पुरुष साङ्गीतिक समूह बनाइयो[13] र उनीहरू यसपछि समूह श्रेणी मार्फत छनौट हुन पुगे। पछि, यो समूह दुई हप्ताको लागि एक अर्काको बारेमा जान्न र अभ्यास गर्नको लागि पुनः एकसाथ राखिए। जजेज हाउस चरणमा उनीहरूको छनौट गीतको लागि र वान डिरेक्सन नामक समूहको रूपमा उनीहरूले पहिले "टर्न" नामक गीतको प्रदर्शन गरे। उनीहरूले प्रदर्शन गरेको गीतले, उनलाई विश्वस्त बनाएको, मजा दिलाएको र एक प्रकारको निडर समूहको रूपमा उभ्याएको कुरा साइमोन कावेलले पछि एक टिप्पणी मार्फत व्यक्त गरेका थिए। त्यस कार्यक्रममा तेस्रो स्थान ओगट्दै समुहले छिट्टै बेलायतमा लोकप्रियता प्राप्त गरेको थियोे।[14]
द एक्स फ्याक्टर पछि वान डिरेक्सनले, सन् २०१० मा साइमन कावेलको साइको इन्टरटेन्मन्ट नामक रेकर्ड लेबलमा हस्ताक्षर गरे।[15] वान डिरेक्सनले आफ्नो पहिलो स्टुडियो एल्बम, "अप अल नाइट", सन् २०११ मा जारी गरे। सन् २०१२ मा उनीहरूको दोस्रो एल्बम, "टेक मि होम", सन् २०१३ मा तेस्रो एल्बम "मिडनाइट मेमोरिज", सन् २०१४ मा "फोर" र सन् २०१५ मा "मेड इन द ए.एम" बजारमा ल्याएको थियो।[16] प्रकाशित सबै एल्बमहरू प्रथम स्थानमा रहेकोमा, वान डिरेक्सनले बिलबोर्ड २०० एल्बम चार्टको यस ५८ वर्षको इतिहासमै एकमात्र समूह बनेको थियोे।[17]
पूर्व सदस्य जेन मलिकको प्रस्थान पछि, लियामले मलिकको स्वर भएको स्थानमा आफ्नो स्वर हालेका थिए। पेन, वान डिरेक्सनको प्रमुख गीतकारहरू मध्ये एकको रूपमा जानिन्छन्, उनले तेस्रो र चौथो एल्बममा समूहका सदस्यहरूको सहायताले आधाभन्दा बढी गीतहरू लेखेका थिए।[18][19]
पेनले अन्य निर्माताहरूसँग "बिग प्यानो" र "प्यानो" उपनामका अन्तर्गत उनको गीत र गायिका शेरिलद्वारा गायिएका गीतहरूलाई रिमिक्स वा समायोजन गर्ने काम पनि गर्दथे।[20][21] उनले अफ्टर हाओर्स नामक निर्माताको सहायताले सन् २०१४ मा गायिका शेरल कोलको "आइ डन्ट केयर" नामक गीतलाई उनले रिमिक्स वा समायोजन गर्ने काम गरेका थिए।
अगस्ट २०१४ मा, पेनले एक प्रकाशित कम्पनी जसको अन्तर्गत उनको एकल परियोजनाहरू प्रकट हुने, ह्यायाम्टन सङ्गीत लिमिटेड नामक कम्पनीको स्थापना गरे र निर्देशक पनि बने।[22][23][24] अस्ट्रेलियाका बहुचर्चित पुरुष साङ्गीतिक समूह ५ सेकेन्ड अफ समरले वान मोड प्रोडक्सन लिमिटेडसँग अनुबन्धन गर्दा पेनले निर्देशकको भूमिका निर्वाह गरेका थिए।[25]
पेनले जुसी जे[26][27], डिजे मस्टर्ड[28] र मिगुएलसँग[29] साझेदारी गरेर ७ वटा भन्दा बढि गीती सङ्गालोमा काम गरेका थिए। उनी निर्माता र गायक फेरल विलियम्ससँग पनिस्टुडियोमा काम गरिसकेका छन्।[30] पेनले युट्युबका गीतकार र निर्माता विल सिङ्गेसँग पनि सम्झौतामा काम गरिसकेका छन्।[31]
पेनलाई वर्षको कामोतेजक पुरुषको रूपमा सम्मानित गरिए पछि, उनलाई एटिट्युड म्यागजिन नामक पत्रिकाले आफ्नो आवरण पृष्ठमा राखेको थियो। वान डिरेक्सनको एक सदस्यको रूपमा उनी एकल आवरणमा राखिएका थिए।
सन् २०१५ मा आइरिस पुरुष साङ्गीतिक समूह होमटाउनको 'द नाइट वि मेट' नामक एकल गीतमा पेनले, गीतकार र सङ्गीतकार जेमी स्कटसँग सहकार्य गरेका थिए।[32] सन् २०१६ को सुरुमा, पेनले विज खलिफा र जुसी जेद्वारा गाइएको यु नामक गीतको प्रदर्शन गरेका थिए।
अक्टोबर २०१६ मा, पेनद्वारा रिपब्लिक रेकर्डसँग एक रेकर्डिङ अनुबन्धनमा हस्ताक्षर गरिएको घोषणा भएको थियोे। उनको पहिलो एकल 'स्ट्रिप द्याट डाउन' क्वेभो र उनको स्वर र लेखनमा एड सिरन र स्टिभ म्याकसँगको सहकार्यमा १९ मे २०१७ मा जारी भएको थियो। पेनले पछि 'बेडरूम फ्लोर' नामक एकल प्रकाशन गरेका थिए र जेडसँगको सहकार्यमा 'गेट लो' नामक गीत सार्वजनिक गरेका थिए।
जनवरी २०१८ मा, पेन र रिटा ओराले चलचित्र फिफ्टी सेड्स फ्रिडबाट 'फर यु' बोलको गीत सार्वजनिक गरेका थिए। अप्रिल २०१८ मा, पेनले जे बाल्भिनको सहायताले 'फेमिलियर' बोलको गीत सार्वजनिक गरेका थिए। उनको पहिलो एल्बम १४ सेप्टेम्बर २०१८ मा सार्वजनिक गरिने उनले घोषणा गरेका थिए।
३० मार्च २०१८ मा, पेन दुबईमा ग्लोबल गाँउ २०१८ मा नि: शुल्क सङ्गीत कार्यक्रमको समयमा १,००,००० भन्दा धेरै प्रशंसकहरूका माझ प्रस्तुति दिएका थिए। २४ अगस्ट २०१८ मा गायक फ्रेञ्च मोन्टेनाको सहायतामा उनले आफ्नो पहिलो विस्तारित गीति सङ्ग्रह, फस्ट टाइममा रहेको 'फस्ट टाइम' बोलको गीत सार्वजनिक गरेका थिए। विस्तारित गीति सङ्ग्रह सार्वजनिक हुनुभन्दा अगावै, पेनेले त्यसमा केहि सुधार गर्न साङ्गीतिक सङ्गालो बन्द गर्ने घोषणा गरेका थिए।
लियाम पेन एक पप गायक हुन र उनले हाल इलेक्ट्रनिक र आर एन्ड बी को सङ्गीत विषेश गरी गाउने गर्दछन् । [33]
उनले आफूले प्रेरणा लिएका गायकहरूको उदाहरण दिनु पर्दा फेरेल विलियम्स,[34] जस्टिन टिम्बरलेक ,[35] र अस्सरको नाम लिने गर्छन् ।[36][37] उनले एक सञ्चार माध्यमलाई भनेका छन्," मलाई सबैभन्दा धेरै उत्प्रेरित गर्ने व्यक्ति फेरेल विलियम्स हुन् जोसँग मैले पहिला काम गरी सकेको छु ।" उनले एक पटक आफ्नो निर्मातासँग कुरा गरिरहेको थिए र निर्मातालाई सोधे," फेरेल सानो छँदा कस्तो थियो, र उनले मलाई भने कि जब फेरेल तिम्रो उमेर थिए उनीलाई किबोर्डमा एक नोट थिच्न पनि आउँदैनथ्यो । र त्यो मेरो लागि अद्भुत थियो किनकी २२ वर्षको उमेरमा गीतार सिक्नु भनेको एकदमै ढिलो हो ।
वान डिरेक्सनको सदस्यको रूपमा पेनले कस्मिक रिलिफ नामक संस्थाको साहायता गरेका थिए र आफ्नो संस्थाको नाम एक्शन १ डी शीर्षकमा नयाँ पहल गर्दै अझैँ भविष्यलाई राम्रो बनाउन मद्दत गरेका थिए । [38] पेनी युनिसेफलाई अथक समर्थन गर्छन् र उनले टेनिस खेलाडी एन्डि मुर्रे र ज्याक ह्वाइटहल र क्लेर बल्डिङसँग साझेदारी गरेर युनिसेफ यूकेका रोगबाट ग्रसित बालबालिकाको लागि रकम सङ्कलन गर्न सहयोग गरेका थिए । [39] पेनले मोटरस्पोर्टस खेलाडी एडी जोर्डनसँग मिलेर यूके आधारित सिएलआइसि संस्थालाई पनि सहयोग गरेका छन् । पेन एक कल्याणकारी सङ्गठन ट्रेकस्टक को लागि राजदूत हुन । सन् २०१३ मा सङ्गठनको साथ पेनको मूल अभियान $७८४,१९८ रकम सङ्कलन गर्न सफल भएका थए ।[40] उनले पछि फेरि अन्य ठाउँमा गएर थप $२११,२३७ रकम सङ्कलन गरेका थिए । पेन एक पुर्वाधारको विकास गर्ने ग्लोबल गोल अभियान संस्थाको पनि राजदूको रूपमा काम गरेका छन् । पेनले आफ्नो गृहसहर उल्भरह्याम्टनमा रहेको एक युवा सङ्गठनलाई पनि £ ६ मिलियन रकम दान गरेका छन् । [41][42]
अगस्ट २०१३ मा अचानक लागेको आगोमा उनको सबैभन्दा आत्मीय साथी एन्डि सामुएल फसेपछि पेनल उनलाई बचाएका थिए । [43] पेनले लन्डनमा रहेको होटलमा काम गर्ने एक महिलालाई टोटनह्या हट्स्परका खेलाडीहरूले दुर्ववहार गर्न लाग्दा उनको रक्षा गरेका थिए । उनले सन् २०१३ मा माइली साइरसको जन्मदिनको भोज कार्यक्रममा एक घटनामा क्याल्भिन ह्यार्रिसलाई बचाएका थिए ।
पेन एटिट्य्ड पत्रिकाका अनुसार २०१५ को सबैभन्दा कामुक व्यक्तिको प्रथम स्थानमा पर्न सफल भएका थिए । [44] पेन ह्यारी पोटर शृङ्खलाका पनि उत्सुक अनुयायी हुन् ।
पेनले सन् २०१६ देखि अङ्ग्रेजी गायिका शेरिससँग सम्बन्धमा जोडिए र जोडिले २२ मार्च २०१७ का दिन पहिलो सन्तानको रूपमा छारालाई स्वागत गरेका थिए । शेरिल र पेनले जुलाई २०१८ मा उनिहरूको बिच रहेको सम्बन्ध विक्षेदन भएको घोषण गरेका थिए । [45][46][47]
लियाम पेन वान डिरेक्सनको सदस्य हुँदा थुप्रै गीत गाएका छन् । वान डिरेक्सनको विघटन पछि पेनले आफ्नो पहिलो गीतको रूपमा अमेरिक र्यापर क्वेभोसँग साझेदारी गर्दै स्ट्रिप द्याट डाउन नामक गीत १९ मे २०१७ मा निकालेका थिए जुन गीतले युके सिङ्गल च्याटमा तेस्रो स्थान, अस्ट्रेलिया र आयरल्यान्डमा दोस्रो, न्युजिल्यान्डमा चौँथो र संयुक्त राज्यमा दसौँ स्थानमा पर्न सफल भएको थियो । उनले आफ्नो दोस्रो गीतको रूपमा रुसी-जर्मनेली सङ्गीतकार जेडसँग साझेदारी गरेर गेट लो नामक गीत प्रकाशन गरेका थिए जुन विश्वको ५० भन्दा बढि देशका सङ्गीत च्याटमा पर्न सफल भएको थियो जसमा अस्ट्रेलिया, आयरल्यान्ड, स्विडेन आदि पर्छन् । उनको तेस्रो गीत बेडरुम फ्लोरले युकेको आधिकारिक सङ्गीत च्याटमा २१ औँ स्था सम्म उक्लियको थियो र युकेमा रजत प्रमाणपत्र र अस्ट्रेलिया स्वण प्रमाणपत्र हाँसिल गरेको थियो । पेन र रिटा ओराले फिफ्टि सेड्स फ्रिड चलचित्रमा फर यु नामक गीत दिएका छन् जसले ५ बटा देशमा स्वण प्रमाणपत्र पाएको थियो । उनले पछि जे बालभीनसँग काम गरेका थिए र उनिहरूले फेमिलियर, फस्ट टाइम र पोलोराइड नामक गीत प्रकाशन गरेका छन् । उनको एकल परियोजनाका सङ्गीतहरू हाल देशैभरी १.५ मिलियन बिक्री भैसकेका छन् ।
शीर्षक | विवरण |
---|---|
फस्ट टाइम |
|
वर्ष | शीर्षक | भूमिका | कैफियत |
---|---|---|---|
सन् २०१२ | आइकार्ली | उनी आफैँ | अतिथि भूमिका;संसकरण २ शृङ्खला ६ |
सन् २०१३ | वान डिरेक्सन: दिस इज अस | उनी आफैँ | |
२०१४ | वान डिरेक्सज: ह्वेर वि आर - द कन्सर्ट फिल्म | उनी आफैँ | |
डाइनामो: म्याजिसियन इम्पोसिबल | उनी आफैँ | अतिथि भूमिका; संसकरण ४, शृङ्खला १ | |
डान्सिङ विथ स्टार[48] | उनी आफैँ | अतिथ भूमिका; संसकरण १९, शृङ्खला १३ | |
सन् २०१६ | फेमिली गाइ | उनी आफैँँ | स्वर भूमिका; शृङ्खला: "रन, क्रिस, रन" |
सन् २०१७ | ड्रप द माइक | उनी आफैँँ | शृङ्खला: "निसे न्यास भर्सेर सेड्रिक द इन्टरटेनर/ लियाम पेन विरुद्ध जेसन डेरुलो" |
वर्ष | संस्था | श्रेणी | मनोनयन/कार्य | नतिजा | सन्दर्भ |
---|---|---|---|---|---|
२०१५ | एटिट्युड | वर्षको कामुक पुरुष | लियाम पेन | विजयी | [49] |
२०१६ | बिएमआइ अवार्ड लन्डन अवार्ड | पप अवार्ड सङ्गीतहरू | "नाइट चेन्जेज" | विजयी | [50] |
"स्टिल माई गर्ल" | विजयी | ||||
२०१७ | टिन च्वाइस अवार्ड | च्वाइस पुरुष कलाकार | लियाम पेन | मनोनित | [51] |
च्वाइस पुरुष हटि | मनोनित | ||||
२०१८ | ग्लोबल अवार्ड | उत्कृष्ट सङ्गीत | "स्ट्रिप द्याट डाउन" (क्वेभोसँग) | मनोनित | [52] |
उत्कृष्ट पुरुष | लियाम पेन | मनोनित | |||
उत्कृष्ट बेलायती कलाकार र समूह | मनोनित | ||||
उत्कृष्ट पप | मनोनित | ||||
द ग्लोबल सिरियल अवार्ड | विजयी | ||||
आईहर्ट अवार्ड | उत्कृष्ट नविन पप कलाकार | मनोनित | [53] | ||
उत्कृष्ट एकल सङ्गीत | मनोनित | ||||
ब्रिट अवार्ड | ब्रिटिस्ट एकल | "स्ट्रिप द्याट डाउन" (क्वेभोसँग) | मनोनित | [54] | |
ब्रिटिस्ट कलाकार वर्षको उत्कृष्ट भिडियो | मनोनित | ||||
बिएफआइ पप अवार्ड | अवार्ड जित्न सफल गीत | "स्ट्रिप द्याट डाउन" | विजयी | [55] | |
२०१८ टिन च्वाइस अवार्ड | च्वाइस ल्याटिन सङ्गीत | "फेमिलियर" (जे बालभिनसँग) | विजयी | [56] | |
च्वाइस समर सङ्गीत | मनोनित | ||||
च्वाइस समर पुरुष कलाकार | लियाम पेन | मनोनित | |||
एमटिभी भिडियो म्युजिक अवार्ड | उत्कृष्ट नृत्य भिडियो | "गेट लो" (जेडसँग) | मनोनित | [57] |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.