From Wikipedia, the free encyclopedia
"वाइल्डेस्ट ड्रिम्स" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम '१९८९'को लागि रेकर्ड गरिएको थियो।[1] एल्बमको पाँचौँ एकल रूपमा यस गीत ३१ अगस्ट २०१५ मा बिग मेसिन रेकर्ड्स र रिपब्लिक रेकर्ड्सद्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यसका निर्माता म्याक्स मार्टिन र सेलब्याकसँग गीत लेखेकी थिइन्। यस गीतका आधारमा स्विफ्टले उनको प्रेमीलाई उनलाई सपनामा भएपनि सम्झन अनुरोध गरेकी छिन्।
"वाइल्डेस्ट ड्रिम्स" | ||||
---|---|---|---|---|
टेलर स्विफ्टको एकल | ||||
सार्वजनिक | ३१ अगस्ट २०१५ | |||
ढाँचा | डिजिटल डाउनलोड | |||
रेकर्ड | २०१४ | |||
स्टुडियो | एमएक्सएम स्टुडियो | |||
किसिम | ड्रिम पप | |||
लम्बाई | ३:४० | |||
लेबल | ||||
गीतकार(हरू) |
| |||
रेकर्ड निर्माता(हरू) |
| |||
टेलर स्विफ्ट एकल कालक्रम | ||||
| ||||
साङ्गीतिक भिडियो | ||||
"वाइल्डेस्ट ड्रिम्स" युट्युबमा हेर्नुहोस् |
१९८९ साङ्गीतिक सङ्गालोको सार्वजनिकसँगै यो संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियाका आधिकारिक एल्बम तालिकाहरूमा शीर्ष स्थानमा पुगेको थियो। वाइल्डेस्ट ड्रिम्स गीतको सार्वजनिक पनि यस गीतले बिलबोर्ड हट १०० सङ्गीत तालिकाको शीर्ष ५ मा पर्न सफल हुँदै तालिका प्रवेश गरेको थियो जुन १९८९ एल्बमको शीर्ष दश र टेलर स्विफ्टको एकल सङ्गीत मध्य शीर्ष १९ मा पर्न सफल भएको थियो।[2] स्विफ्टको छैटौँ रेडियो चार्ट शीर्ष एक मध्य यो गीत पनि पहिलो स्थानमा पर्न सफल भएको थियो। सन् २०२० मार्चमा यस गीतलाई अमेरिकी सङ्गीत निर्माण सङ्घले ४ गुणा प्लेटिनम प्रमाणपत्र प्रदान गरेको थियो। [3]
स्विफ्टले यस गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्।[4] यस गीत एक ड्रिम पप सङ्गीतमा आधारित छ।[5] समीक्षकहरूले गीतको तुलना लेना डेल रेका कार्यहरूसँग गरेका छन्।[6][7][8]
वाइल्डेस्ट ड्रिम्स टेलर स्विफ्ट १९८९ एल्बमको एक गीत हो जुन ३१ अगस्ट २०१५ मा सार्वजनिक भएको थियो। गीतको सार्वजनिकसँगै सबैभन्दा सुरुमा यो गीत संयुक्त राज्य अमेरिकाको आधिकारिक सङ्गीत उद्योग रेकर्ड चार्ट बिलबोर्ड हट १००मा १५ नोभेम्बर २०१४ मा ७६ औँ स्थानमा आउँदै चार्ट प्रवेश गरेको थियो। यस गीतलाई पछि आधिकारिक रूपमा सार्वजनिक गरिएपछि यसको आधिकारिक साङ्गीतिक भिडिओको साथमा गीत पुनः १९ सेप्टेम्बर २०१५ का दिन बिलबोर्डको शीर्ष १५ मा आएको थियो। शीर्ष १५ मा आएको १ हप्ता पछि गीत १२ मा आएको थियो भने गीत शीर्ष ५ सम्म आउन सफल भएको थियो। यो गीत पछि बिलबोर्ड डिजिटल चार्टको शीर्ष १० मा आएका कारण गीतको ८३,००० प्रतिलिपीहरू बिक्री हुन सफल भएका थिए[9] बिलबोर्ड रेडियो चार्टमा गीत शीर्ष २६ मा आएपछि सन् २०१५ नोभेम्बर १४ का दिन गीतले रेडियो चार्टको शीर्ष स्थान ओगट्न सफल भएको थियो। यो गीत बिलबोर्ड डान्स/मिक्स सोमा पनि गीत शीर्ष स्थानमा आउन सफल भएको थियो।[10]
आधिकारिक सङ्गीत श्रव्य दृश्य जोसेफ केन द्वारा निर्देशन गरिएको थियो जसले पहिले १९८९ एल्बमको ("ब्ल्याङ स्पेस" र "ब्याड ब्लड") दोस्रो र चौथो एकल सङ्गीत श्रव्य दृश्यहरूमा निर्देशन गरेका थिए। यस गीतको साङगीतिक श्रव्य दृश्य अफ्रिका र क्यालिफोर्नियामा खिचिएको थियो।[12] भिडियो पहिलो पल्ट ३० अगस्ट २०१५ मा एमटिभी भिडियो म्युजिक अवार्डको पूर्व-कार्यक्रममा टेलिभिजनमा प्रसारण गरिएको थियो। स्कट इस्टउड भिडियोमा नायकको रूपमा देखा परेका छन्।[13] यस गीतको आधिकारिक श्रव्य दृश्यमा स्विफ्टले मार्गी फिन नामक एक काल्पनिक अभिनेत्री भूमिकामा रहेकी छिन् जो उनको हजुरआमाको नाम मार्गी फिन्लेको नामको सन्दर्भमा राखिएको थियो भने स्कट इस्टउड रबर्ट किङ्गस्ली नामक एक काल्पनिक अभिनेता रूपमा रहेका छन्। स्विफ्टको हजुरबुवाको नाम रबर्ट थियो र उनको बुबाको बीचको नाम किङ्गस्ली हो। स्विफ्टले एभा गार्डनर र पिटर इभेन्सको द सिक्रेट कन्भर्सेसन नामक पुस्तक पढेर उक्त नामको खोजी गर्दै त्यस कथा अनुसार भिडियो बनाउँने अवधारणा ल्याएकी थिइन्।[14] सन् १९५० को दशकमा सामाजिक सञ्जाल नहुने भएकाले अफ्रिकामा यदि प्रेमी प्रेमिकालाई एक आपसबाट टाढा राखियो भने उनीहरूको मिलन नहुने धारण स्विफ्टले व्यक्त गरिकी छन्। केनका अनुसार श्रव्य दृश्य एलिजाबेथ टेलर र रिचर्ड बर्टन जस्तै अभिनेत्री र अभिनेताको प्रेम कथा चित्रण गरिएको छ भने यस गीतको आधिकारिक श्रव्य दृश्य एक प्रमपूर्ण सुखान्तमा आधारित छ।[15] डिसेम्बर २०१८ का अनुसार यस भिडियोले युट्युबमा ६३० मिलियन भन्दा बढी अवलोकन प्राप्त गरेको छ।[16]
यस सङ्गीतकोआधिकारिक श्रव्य दृश्य सन् १९५० को दशकमा अफ्रिकाको साभानामा चलचित्रको सुनौली युगको समयमा कैद गरिएको छ जसमा स्विफ्ट एक काल्पनिक मार्गोरी फिनको भूमिकामा छिन् भने स्कट इस्टउड रेबर्ट किङ्गसीको भूमिकामा छन्। यस साङ्गीतिक श्रव्य दृश्य सन् १९८५ मा सार्वजनिक गरिएको एक अमेरिकी चलचित्रको सन्दर्भमा पनि निर्माण गरिएको थियो जुन अफ्रिकाको विभिन्न स्थान र देशहरूमा खिचिएको थियो।[17] यो साङ्गीतिक भिडियोमा अफ्रिकी वन्यजीवन र प्राकृतिक दृश्यहरूसँगको मानिसको सम्बन्ध झल्काइएको छ जसमा एक ठूलो झरना र स्विफ्टसँग एक सिंह रहेको देखाइएको छ। यस श्रव्य दृश्यमा फिन र किङ्गस्लीको प्रेम सम्बन्ध देखाइएको छ तर एक चलचित्रको छायाङ्कन गर्ने क्रममा फिनले उनको लागि काम गर्ने एक युवती जो किङ्गस्लीकी पत्नी थिइन् तर त्यस कुरा फुनलाई थाह थिएन तर जब फिनले उक्त कुरा थाहा पाइन र उनीहरूलाईसँगै देखेपछि फिन र किङ्गस्लीको सम्बन्ध टाढिएको थियो। फिन त्यस घटनाबाट स्पष्ट रूपमा निरास छिन् तर उनी स्थिर रहने काम गर्ने प्रयास गरेकी छन्। फिन र किङ्गस्लीलेसँगै बसेर चलचित्र हेर्छन् तर फिन भनेआवेगमाआएर उक्त स्थानबाट उठ्दै एक पर्खिरहेका गाडिमा बस्छिन भने किङ्गस्ली चाहिँ उनलाई बोलाउने कोसिस गर्दै बाहिरआउने क्रममा फिन सवार गाडि टाढा गइसकेको हुन्छ भने फिन चढेको गाडिको ऐनामा किङ्गस्ली देखिन्छन् त्यसैको साथसाथै श्रव्य दृश्य समाप्त हुन्छ।
यस साङ्गीतिक श्रव्य दृश्यमा दुई फरक जहाजको प्रयोग गरिएको छ। डे हिलिल्यान्ड टाइगर मोथ नामक जहाज माथिबाट तलको दृश्यहरूका लागि प्रयोग गरिएको छ भने हरियो पर्दा र जमिनको दृश्य ८०% स्केल प्रतिकृतिका लागि फिसर आर-८० टाइगर मोथको प्रयोग गरिएको छ।[18] १९५० मा गरिने भएको भए तापनि दर्ता पत्र एच १९६९-१९७० मा यो मिति ल्यान्ड रोवरमा देख्न सकिन्छ।[19] स्विफ्टले भिडियोबाट उनको सम्पूर्ण आयलाई दान गरेकी छन् जुन अमेरिकाको अफ्रिकी पार्क फाउण्डेसन माध्यमबाट जङ्गली पशु-पंक्षिको संरक्षण प्रयासहरूमा लगानी गरिएको थियो।[20]
वाइल्डेस्ट ड्रम्सको आधिकारिक श्रव्य दृश्यले श्रोता तथा दशकको मार्फत मिश्रित समिक्षा प्राप्त गरेको थियो। स्लेट फरेस्ट पत्रिकाका विकमेनले यस गीतको श्रव्य दृश्य एकदमै आकर्षक रहेको र यसको गीत तथा दृश्यको तालमेल राम्रो मिलेक जानकारी दिएका थिए। हफिङ्टन पोष्टका लरेन डुकाले अरू सञ्चार माध्यमहरूको भन्दा फरक खालको प्रतिक्रिया दिएका थिए। उनले यस गीतक आधिकारिक श्रव्य दृश्यले "श्वेत उपनिवेशवाद" फिर्ता ल्याउने खोजिएको भनि आलोचना गरेका थिए तर एक एक गीतको आधिकारिक श्रव्य दृश्य निर्माता र यसका सम्पादक दुवै अफ्रिकी तथा अमेरिकी थिए। डुकाले भनेका थिए "सांस्कृतिक विनियोजनको सट्टा जुन आजको पप सङ्गीतमा लगभग यथास्थिति बनेको छ, स्विफ्टले वास्तवमै एउटा क्षेत्र र यसको जनताको राजनीतिक शोषणको मूर्त रूप दिने विकल्प बोकेकी छन्। यो श्रव्य दृश्यका निर्देशिक जोसेफ केनले उक्त श्रव्य दृश्यले औपनिवेशवादको महिमा भएको आरोप लगाउँदै जवाफ दिए: “यो उपनिवेशवादको बारेमा होइन तर अफ्रिकामा सन् १९५० को अवधिमा चलचित्र छायाङ्कनका बेला भएको प्रेम कहानी हो"।
सन् २०१५ अक्टोबर ११ का दिन मा नेदरल्यान्डेली डीजे रिहब द्वारा वाइल्डेस्ट ड्रिम्सलाई डिजिटल रूपमा सार्वजनिक गरेका थिए भने उनको समायोजन सङ्गीतले आलोचकहरूबाट सकरात्मक टिप्पणी प्राप्त गरेको थियो।[24]
१९८९ को विश्व भ्रमण एक भागको रूपमा स्विफ्टले उनको तेस्रो स्टुडियो एल्बम स्पिक नाउको एक गीतसँग वाइल्डेस्ट ड्रिम्स गीतको पनि प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। स्विफ्टले उनको रेपुटेसन विश्व भ्रमणको बेलामा पनि क्यालिफोर्नियाको सान्टा क्लरा र जापानको टोकियोमा दुईपटक यस गीत प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। [25]
म्युजिक चार्ट (२०१४-१५) | शीर्ष स्थान |
---|---|
दक्षिण अफ्रिका (इन्टरटेन्मेनट मेनिटेरिङ अफ्रिका)[26] | ५ |
अस्ट्रेलिया (एरिया चार्ट)[27] | 3 |
अस्ट्रिया (Ö३ अस्ट्रिया टप ४०)[28] | २१ |
बेल्जियम (अल्ट्रा टप ५०)[29] | ३३ |
बेल्जियम (अल्ट्राटिप)[30] | २४ |
क्यानडा (क्यानडेली हट १००)[31] | ४ |
स्कटल्यान्ड (आधिकारिक चार्ट कम्पनी)[32] | ९ |
संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[33] | ५ |
संयुक्त राज्य अमेरिका (पप)[34] | १ |
संयुक्त राज्य अमेरिका (एडल्ट पप सङ)[35] | १ |
संयुक्त राज्य अमेरिका (एडल्ट कन्टेम्पोररी)[36] | २ |
फ्रान्स (फोनोग्राफिक राष्ट्रिय सङ्घ)[37] | १२२ |
ग्रीस (ग्रिक डिजिटल सङ)[38] | ३ |
हङ्गेरी (हङ्गेरी रेकर्ड लेबल सङ्घ)[39] | ३५ |
आयरल्यान्ड (आइसीस म्युजिक रेकर्ड एसोसिएसन)[40] | ३९ |
न्युजिल्यान्ड (एनजोट टप ४० सिङ्गल)[41] | ८ |
संयुक्त अधिराज्य (युके एकल चार्ट)[42] | ४० |
चेक गणतन्त्र (आइएफपिआइ चेक गणतन्त्र)[43] | २५ |
म्युजिक चार्ट (२०१५) | स्थान |
---|---|
क्यानडा (क्यानडेली हट १००)[44] | ३७ |
संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[45] | ५७ |
संयुक्त राज्य अमेरिका (पप सङ्गीत)[46] | ३० |
संयुक्त राज्य अमेरिका (एडल्ट पप सङ)[47] | २८ |
संयुक्त राज्य अमेरिका (एडल्ट कन्टेमपोररी)[48] | २७ |
देशहरू (कम्पनी) | प्रमाणपत्र |
---|---|
अस्ट्रेलिया (एरिया) | २× प्लेटिनम[49] |
क्यानडा (म्युजिक क्यानडा) | प्लेटिनम[50] |
संयुक्त राज्य अमेरिका (अमेरिकी रेकर्डिङ उद्योग सङ्घ) | ३× प्लेटिनम[51] |
न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट) | गोल्ड[52] |
संयुक्त अधिराज्य (ब्रिटिस फोनोग्राफिक उद्योग) | सिल्भर[53] |
देश | मिती | ढाँचा | लेबल | सन्दर्भ |
---|---|---|---|---|
संयुक्त राज्य अमेरिका | ३१ अगस्ट २०१५ | हट १००, एडल्ट कन्टेम्पोररी | ||
१ सेप्टेम्बर २०१५ | कन्टेम्पोररी हिट रेडियो | [54] | ||
संयुक्त राज्य अमेरिका र क्यानडा |
१५ अक्टोबर २०१५ | डिजिटल डाउनलोड ( रिहब समायोजन) | बिग मेसिन | [55][56] |
इटाली | ३० अक्टोबर २१५ | कन्टेम्पेररी हिट रेडियो | युनिभर्सल सङ्गीतिक समूह | [57] |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.