From Wikipedia, the free encyclopedia
परिचय सम्पादन रूपरंग सन्दर्भ र स्रोत वार्तालाप पृष्ठ ध्यान राख्नुहोस् पंजीकरण जाँदा-जाँदै |
कसरी सम्पादन गर्नेकेही सुरक्षित पृष्ठहरूमा बाहेक प्रत्येक पृष्ठमा एक "सम्पादन" ट्याब हुन्छ जसमा क्लिक गरेर तपाईँ त्यस पृष्ठमा आवश्यकता अनुसार परिवर्तन गर्न सक्नुहुन्छ। यो सम्पादन गर्ने क्षमता नै विकिपिडियाको सबैभन्दा असल गुण हो। तपाईंलाई हरेक पृष्ठमा सुधार गर्ने र त्यसमा तथ्य थप्ने अनुमति दिइन्छ। यदि तपाईं तथ्य हाल्नुहुन्छ भने कृपया त्यसको सन्दर्भ राख्न नभुल्नु होला, किनभने असान्दर्भिक तथ्यहरू हटाइन या चुनौतीमा पनि पर्न सक्छन्। सम्पादन गर्ने अभ्यासको लागि प्रयोगस्थलमा गएर "सम्पादन" ट्याबमा क्लिक गर्नुहोस्। जब तपाईं "सम्पादन" ट्याबमा क्लिक गर्नुहुन्छ, एउटा सम्पादन सञ्झ्याल खुल्नेछ जसमा त्यस पृष्ठको मूलपाठ हुन्छ। त्यसमा केहि रमाईलो र ज्ञानबर्द्धक कुराहरू लेख्नुहोस्, या शब्दहरूलाई हटाएर आफ्नो पाठ लेख्नुहोस् । फेरि "प्रकाशित गर्नुहोस्"मा क्लिक गरेर हेर्नुहोस्! अवलोकन गर्नुहोस् के हुन्छ! सम्पादनको सारांशतपाईंको यो पहिलो सम्पादनका अभ्यासबाट दुई कुराहरूलाई छोडिएको छ वास्तवमा गरिएको लेख-सम्पादनमा गरिनु पर्थ्यो। आउनुहोस् यसको पनि अभ्यास गरिहालौँ "सम्पादन" ट्याबमा थिच्नुहोस्, केहि अरु लेख्नुहोस् र फेरि यी दुइ जरूरी चीजहरूलाई पनि गर्नुहोस्। प्रथम, जब पनि तपाईं कुनै लेखलाई सम्पादन गर्नुहुन्छ भने "सारांश"का कोठामा तपाईंले गरेको परिवर्तनको बारेमा केहि लेख्नुहोस् विकि-शिष्टताका नियमहरूका अनुसार यो राम्रो कुरा मानिएकोछ। यसमा तपाईं यो लेख्न सक्नुहुन्छ तपाईंले के कारणले यो परिवर्तन गर्नु भएको हो तपाईंको परिवर्तन कुन प्रकारको छ, जस्तै "देशको नाम ठीक गरियो" या "फलका बारेमा महत्वपूर्ण जानकारी हालियो" । यदि तपाईंको परिवर्तन सानो छ भनें "यो सानो सम्पादन हो" नामक कोठामा तपाईं चिन्ह लगाउन सक्नुहुन्छ (यो कोठा केवल पंजीकृत प्रयोगकर्तालाई मात्र उपलब्ध छ - तपाईं स्वयंलाई सजिलैसित पंजीकृत गर्न सक्नु हुन्छ र यो स्वशिक्षा लेखले तपाईंलाई पछि गएर पंजीकरणका बारेमा सिकाउँनेछ) । पूर्वावलोकनअर्को कुरा, तपाईंलाई सधैं "पूर्वावलोक हेर्ने" बटनको प्रयोग गर्नु पर्छ। प्रयोगस्थलमा परिवर्तन गरेपछि "संग्रह गर्ने" बटनको भन्दा पहिला "पूर्वावलोकन हेर्ने" बटन थिच्नुहोस्। अब यो तपाईंले त्यो कुरा देख्नु हुनेछ जो तपाईंले लेखसंग्रह गरेपछिको देखा पर्छ, तर तपाईंको परिवर्तन अहिले संग्रह गरिएको छैन्। हामी सबै समय-समयमा गल्ति गर्दछौं, र पूर्वावलोकनका प्रयोगबाट हामी लेख संग्रह हुनु अघि आफ्ना गल्तीहरूलाई सुधार गरेर संग्रह गर्न सक्छौं। अँ, पूर्वावलोकन गरेपछि आफ्नो लेखलाई संग्रह गर्न नभुल्नुहोस्। लेख संग्रह गर्नेपूर्वावलोकनको प्रयोग गरेर त्रुटिहरू सुधार्नुभयो त? सम्पादनको सारांश लेख्नुभयो त? त्यसो भए तपाईं लेख संग्रह गर्नका लागि तयार हुनुहोस्। "संग्रह गर्ने" लेखिएको बटन दबाउनुहोस्। यी शिक्षाहरूलाई प्रयोगस्थलमा प्रयोग गरेर हेर्नुहोस्
|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.