भुतपुर्व भारतीय रक्षा प्रमुख (चीफ अफ डिफेन्स स्टाफ) From Wikipedia, the free encyclopedia
जनरल विपिन रावत (पविसेप, उयुसेप, अविसेप, युसेप, सेप, विसेप, एडिसी) (सन् १९५८ मार्च १६- सन् २०२१ डिसेम्बर ८) भारतको प्रथम प्रमुख रक्षा अधिकारी वा चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) थिए।[3] उनले सन् २०२० जनवरी १ को दिन भारतको प्रमुख रक्षा अधिकारीको पदभार ग्रहण गरेका थिए। रक्षा प्रमुख बन्नु पूर्व उनी भारतीय थलसेनाको प्रमुख थिए। रावत सन् २०१६ डिसेम्बर ३१ देखि सन् २०१९ डिसेम्बर ३१ सम्म थल सेनाध्यक्ष पदमा रहेर काम गरेका थिए।[4][5][6][7] सन् २०२१ डिसेम्बर ८ मा हेलिकप्टर दुर्घटनामा ६३ वर्षको उमेरमा उनको मृत्यु भएको थियो।
जनरल विपिन रावत पविसेप उयुसेप अविसेप युसेप सेप विसेप ऐडिसी | |
---|---|
पहिलो प्रमुख रक्षा अधिकारी | |
कार्यकाल १ जनवरी २०२० – ८ डिसेम्बर २०२१ | |
राष्ट्रपति | राम नाथ कोविन्द |
प्रधानमन्त्री | नरेन्द्र मोदी |
रक्षा मन्त्री | राजनाथ सिंह |
पूर्वाधिकारी | 'पद स्थापित' |
उतराधिकारी | 'रिक्त' |
व्यक्तिगत विवरण | |
जन्म | पौडी, पौडी गढवाल जिल्ला, उत्तर प्रदेश, भारत (वर्तमान उत्तराखण्ड, भारत) | १६ मार्च १९५८
मृत्यु | ८ डिसेम्बर २०२१ ६३) बन्दिसोला, नीलगिरी जिल्ला, तमिलनाडु, भारत | (उमेर
मृत्युुको कारण | हेलिकप्टर दुर्घटना |
जीवन साथी | मधुलिका रावत
( वि १९८५; मृत्यु २०२१) |
सन्तान(हरू) | २ |
मातृ शिक्षाप्रतिष्ठान |
|
सैन्य सेवा | |
निष्ठा | भारत |
शाखा/सेवा | भारतीय सेना |
सेवाको वर्षहरू | सन् १९७८ डिसेम्बर १६ – सन् सन् २०२१ डिसेम्बर ८ |
श्रेणी | जनरल |
एकाइ | ५/११ गोर्खा राइफल्स |
सेवा क्रम | IC-35471M[2] |
पुरस्कारहरू | |
रावतको जन्म सन् १९५८ मार्च १६ मा पौडी गढवाल जिल्लाको पाउरी, हालको उत्तराखण्ड राज्यमा भएको थियो।[8][9] उनको परिवार कयौँ पुस्तादेखि भारतीय सेनामा सेवारत छन्। उनको बुवा लक्ष्मण सिंह रावत भारतीय सेनाको लेफ्टिनेन्ट जनरलको दर्जासम्म पुगेका थिए। [10][11][12] उनको आमा उत्तरकाशी जिल्लाकी थिइन् र उनी उत्तराखण्ड विधानसभाका पूर्व सदस्य किसन सिंह परमारकी छोरी थिइन्। [13]
राजपूत परिवारमा जन्मिएका रावतको कयौँ पिढी सेनामा रहेका छन्।
सन् १९७८ डिसेम्बर १६ मा, रावत ५औँ बटालियन, ११ गोर्खा राइफलमा प्रवेश गरेका थिए। उनको पिताले यसै इकाइबट सेनामा प्रवेश गरेका थिए।[14][15] उनले उच्चतम उचाइमा युद्ध गरेका थिए साथै उनले प्रति विद्रोह अपरेसन सञ्चालनमा दस वर्ष विताएका थिए।
सुमदोरोङ चू नामक स्थानमा भएको सन् १९८७ को चीन-भारत सङ्घर्षको समयमा, तत्कालीन क्याप्टेन रावतको बटालियनलाई चिनियाँ जनमुक्ति सेना विरुद्ध परिचालन गरिएको थियो। [16] यो गतिरोध सन् १९६२ को भारत-चीन युद्ध पछि विवादित म्याकमोहन लाइनमा भएको पहिलो सामना थियो।[17]
सन् २०२१ डिसेम्बर ८ को दिन तमिलनाडुको कुन्नुरमा भारतीय वायुसेनाको रक्षा प्रमुख जनरल विपिन रावत चढेको मिल एमआई-१७ भिएच हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा सवार १४ मध्ये १३ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो। यस परिस्थितिमा वायुसेनाद्वारा जाँचको आदेश दिइएको थियो। उक्त हेलिकप्टरले कोयम्बटोरको सुलुर आइएएफ स्टेसनबाट उडान सुरु गरेको थियो र रक्षा प्रमुखलाई लिएर वेलिङ्टन सैन्य अधिकारी एकेडमी जाँदै थियो।[18]
लगभग ४३ वर्षे आफ्नो सैन्य करियरमा उनले परम विशिष्ट सेवा पदक, उत्तम युद्ध सेवा पदक, अति विशिष्ट सेवा पदक, युद्ध सेवा पदक, सेना पदक, विशिष्ट सेवा पदकका साथै उनको वीरता र विशिष्ट सेवाको लागि दुई पटक सैन्य प्रशस्तिसँगै एक पटक सेना कमान्डर प्रशस्तिले सम्मानित गरिएको थियो।[19][20][21][22][23][24]
परम विशिष्ट सेवा पदक | उत्तम युद्ध सेवा पदक | ||
अति विशिष्ट सेवा पदक | युद्ध सेवा पदक | सेना पदक | विशिष्ट सेवा पदक |
घाइते पदक | सामान्य सेवा पदक | विशेष सेवा पदक | अपरेसन पराक्रम पदक |
सैन्य सेवा पदक | उच्च उचाइ सेवा पदक | विदेश सेवा पदक | ५०औँ स्वतन्त्रता वार्षिकोत्सव पदक |
३० वर्षे लामो सेवा पदक | २० वर्षे लामो सेवा पदक | ९ वर्षे लामो सेवा पदक | मोनुस्को |
अधिचिह्न | पद | भाग | पदभार ग्रहण मिति |
---|---|---|---|
दोस्रो उपसेनानी | भारतीय सेना | सन् १९७८ डिसेम्बर १६[25] | |
उपसेनानी | भारतीय सेना | सन् १९८० डिसेम्बर १६[26] | |
सह-सेनानी | भारतीय सेना | सन् १९८४ जुलाई ३१[27] | |
सेनानी | भारतीय सेना | सन् १९८९ डिसेम्बर १६[28] | |
प्रमुख सेनानी | भारतीय सेना | सन् १९९८ जुन १[29] | |
महासेनानी | भारतीय सेना | सन् २००३ अगस्ट १[30] | |
सहायक रथी | भारतीय सेना | सन् २००७ अक्टोबर १ (सन् २००७ मे १७ देखि वरिष्ठता)[31] | |
उप रथी | भारतीय सेना | सन् २०११ अक्टोबर २० (सान्दर्भिक, सन् २०१० मे ११ देखि वरिष्ठता)[32] | |
रथी | भारतीय सेना | सन् २०१४ जुन १ (सान्दर्भिक)[33] | |
जनरल(सिओएएस) | भारतीय सेना | सन् २०१७ जनवरी १[34] | |
जनरल(सिडिएस) | भारतीय सशस्त्र बल
(त्रि-सेवा) |
सन् २०१९ डिसेम्बर ३१[35] | |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.