![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/cf/Portrait_of_Bimal_Gharti_Magar_by_%2540SubasTheOne.jpg/640px-Portrait_of_Bimal_Gharti_Magar_by_%2540SubasTheOne.jpg&w=640&q=50)
विमल घर्ती मगर
नेपाली राष्ट्रिय टोलीका सदस्य / From Wikipedia, the free encyclopedia
विमल घर्ती मगर (जन्म:२६ जनवरी १९९८) नेपाली फुटबल खेलाडी हुन्, । जो नेपाल राष्ट्रिय फुटबल टिम का एक महत्त्वपूर्ण सदस्य हुन् । विमल एन्फा एकेडेमीका उत्पादन हुन् जुन्, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल राष्ट्रिय फुटबल टिमको नियन्त्रणमा छ ।
![]() नेपाल राष्ट्रिय टिमकी प्रशिक्षणमा विमल घर्ती मगर | ||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | विमल घर्ती मगर | |||||||||||||||
जन्म मिति | (1998-01-26) २६ जनवरी १९९८ (उमेर २६) | |||||||||||||||
जन्म स्थान | नवलपरासी, नेपाल | |||||||||||||||
उचाइ | ५ फिट १० इन्च (१.७८ मी) | |||||||||||||||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति | |||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
२०१५–२०१६ | फार वेस्टर्न एफसी | ७ | (४) | |||||||||||||
२०१६ | नेपाल पुलिस क्लब | १ | (१) | |||||||||||||
२०१६–२०१८ | थ्रिस्टार क्लब | |||||||||||||||
२०१८ | मोहन बागान एसी | ३ | (०) | |||||||||||||
२०१८ | च्यासल युथ क्लब | ५ | (४) | |||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
२०१२ | नेपाल यू-१४ | |||||||||||||||
२०१३-२०१४ | नेपाल यू-१७ | ९ | (१३) | |||||||||||||
२०१५–२०१६ | नेपाल यू-२० | ५ | (४) | |||||||||||||
२०१६– | नेपाल यू-२३ | ६ | (३) | |||||||||||||
२०१२– | नेपाल | २६ | (९) | |||||||||||||
सम्मान
| ||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९ सेप्टेम्बर २०१५ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १३ जुलाई २०१७ |
विमल २०१३ साफ च्याम्पियनसिपमा पाकिस्तान विरूद्ध नेपाल राष्ट्रिय फुटबल टिमका लागि गोल गरेसँगै एकाएक चर्चामा आएका थिए । विमल अन्तराष्ट्रिय फुटबलमा गोल गर्ने विश्वकै छैटौँ कान्छा फुटबल खेलाडी हुन्, जसले उनलाई नेपालको लागि डेब्यु गर्ने (१४ वर्षको उमेरमा) र गोल गर्ने (१५ वर्षको उमेरमा) सबभन्दा युवा खेलाडी बनायो । यो किर्तिमान यसअघि भरत खवासले १६ वर्षको उमेरमा गोल गर्दै बनाएका थिए ।[1] साथै विमल साफ च्याम्पियनसिप मा सबै भन्दा छिटो गोल गर्ने खेलाडी समेत हुन् । उनले २०१५ साफ च्याम्पियनसिपको भारत विरूद्धधको खेलमा २ मिनेटमा नै गोल गर्न सफल भएका थिए ।