विश्वकप क्रिकेट
From Wikipedia, the free encyclopedia
आईसीसी क्रिकेट विश्वकप पुरुषहरूको एकदिवसीय (ओडीआइ)को मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यस खेलको आधिकारिक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) द्वारा यो प्रतियोगिता प्रत्येक चार वर्षमा आयोजित गर्ने गरिन्छ । यो प्रतियोगिता संसारमा सबैभन्दा बढी दर्शकद्वारा हेरिएको खेल प्रतिस्पर्धा मध्ये एक हो । यो फिफा विश्वकप र ओलम्पिक खेल भन्दा पछाडी रहेको छ ।[1][2][3][4][5]
छरितो तथ्यहरू आइसीसी क्रिकेट विश्वकप, प्रशासक ...
आइसीसी क्रिकेट विश्वकप | |
---|---|
प्रशासक | अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) |
ढाँचा | एकदिवसीय |
पहिलो प्रतियोगिता | १९७५ (इङ्ल्यान्ड) |
पछिल्लो प्रतियोगिता | २०२३ (भारत) |
आगामी प्रतियोगिता | २०१५ (दक्षिण अफ्रिका, नामिबिया र जिम्बाब्वे) |
प्रतियोगिताको ढाँचा | ↓विविध |
टिम सङ्ख्या | २० (हाल सम्मको सम्पूर्ण टुर्नामेन्टमा) १० (हालको टुर्नामेन्टमा) १४(२०२७ बाट) |
वर्तमान विजेता | अस्ट्रेलिया (छैठौं उपाधि २०२३) |
सबैभन्दा सफल | अस्ट्रेलिया (६ उपाधि) |
सर्बाधिक रन | सचिन तेन्दुलकर (२,२७८) |
सर्बाधिक विकेट | ग्लेन म्याक्ग्राथ (७२) |
बन्द गर्नुहोस्
पहिलो पटक विश्व कप १९७५ इङ्ल्यान्डमा आयोजित गरिएको थियो । पहिलो तीन विश्व कप इइङ्ल्यान्डले नै आयोजना गरेको थियो । तर १९८७ पछि प्रत्येक चार वर्षमा अन्य देशहरूमा आयोजना गर्ने गरिन्छ । हालै २०११ मा आयोजना भएको यो टुर्नामेन्ट भारत, श्रीलङ्का र बङ्गलादेश मा भएको थियो जसको उपाधी भारत ले जितेको थियो ।[6]