वीरेन्द्र वीरविक्रम शाह
नेपालका दशौँ शाहवंशीय राजा / From Wikipedia, the free encyclopedia
श्री ५ महाराजाधिराज वीरेन्द्रवीरविक्रम शाह देव (वि.सं. २००२-२०५८, राजा महेन्द्रले युवराज वीरेन्द्रलाई बिरु भनेर बोलाउँथे। नेपालमा राजा वीरेन्द्र भनेर चिनिन्छन्) नेपालका दशौँ शाहवंशीय राजा थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। उनका तीनजना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहका रूपमा जन्मिएका थिए। वीरेन्द्रका दुई जना भाइहरू हुन् । माहिला ज्ञानेन्द्र शाह र कान्छा धीरेन्द्र शाह । धीरेन्द्रको पनि राजदरबार हत्याकाण्डमा मृत्यु भएको थियो।[1]
छरितो तथ्यहरू वीरेन्द्र वीर विक्रम शाह, नेपालको राजा ...
वीरेन्द्र वीर विक्रम शाह | |
---|---|
नेपालको राजा | |
शासनकाल | २०२८ माघ १७ - १९ जेठ २०५८ |
पूर्वाधिकारी | महेन्द्र वीर विक्रम शाह |
उत्तराधिकारी | दीपेन्द्र वीर विक्रम शाह |
जन्म | २००२ पुस १४ नारायणहिटी दरवार, नेपाल |
मृत्यु | १९ जेठ २०५८ नारायणहिटी दरवार, नेपाल |
पत्नी | रानी ऐश्वर्य राज्यलक्ष्मी शाह |
सन्तान | दीपेन्द्र वीर विक्रम शाह श्रुती राज्यलक्ष्मी शाह निराजन वीर विक्रम शाह |
घराना | शाह वंश |
बाबु | महेन्द्र वीर विक्रम शाह |
आमा | इन्द्रराज्यलक्ष्मी देवी शाह |
धर्म | हिन्दु |
बन्द गर्नुहोस्
राजा वीरेन्द्र असल त थिए तर ‘स्ट्रङ’ थिएनन्। उनी सल्लाहकारसँग सर-सल्लाह धेरै गर्थे। कन्सल्टेसनबाट निर्णयमा पुग्नेभन्दा पनि कन्सल्टेसनबाट कन्फ्यूज हुने कमजोरी उनमा देखियो।[2]