संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू
From Wikipedia, the free encyclopedia
संयुक्त राष्ट्र सङ्घमा हाल सम्म १९३ राष्ट्रले आफ्नो सदस्यता ग्रहण गरिसकेका छन् । सदस्यता प्राप्त गरेका प्रत्येक राष्ट्रले संयुक्त राष्ट्रको महासभामा आफ्नो प्रतिनिधित्व जनाउन सक्नेछ ।[1]
संयुक्त राष्ट्र सङ्घमा कुनै पनि नयाँ राष्ट्रले सदस्यता पाउनका लागि संयुक्त राष्ट्र वडापत्रको अध्याय २ को अनुच्छेद ४ मा भए बमोजिम पाउन सकिन्छ :[2]
- संयुक्त राष्ट्र सङ्घले आफ्नो सदस्यता ग्रहण गर्न त्यस्ता सम्पूर्ण राष्ट्रहरूको लागि खुल्ला गरेको छ जुन राष्ट्र पूर्णरूपले शान्तिप्रेमी रहेको छ र संयुक्त राष्ट्र वडापत्रलाई मान्नुका साथै त्यसलाई पूर्णरूपले ब्यबहारमा अपनाउन सक्दछ । साथै संयुक्त राष्ट्रद्वारा गरिएको निर्णयलाई मान्न कटिबद्ध हुन्छ ।
- संयुक्त राष्ट्रमा सदस्यताको लागि कुनै पनि राष्ट्रको प्रवेशको लागि संयुक्त राष्ट्र सुरक्षा परिषदको सिफारिशमा महासभाले निर्णय गर्न सक्दछ ।
मूलतः मात्र स्वतन्त्र राष्ट्रहरू मात्रै सयुक्त राष्ट्र सङ्घको सदस्य बन्न सक्दछन र बास्तविकरूपमा सबै सदस्य स्वतन्त्र राष्ट्र छन् । तर संयुक्त राष्ट्रको ४ वटा संस्थापक राष्ट्र - बेलारुस, भारत, फिलिपिन्स र युक्रेन संयुक्त राष्ट्र प्रवेश गर्दा पूर्णरूपले स्वतन्त्र थिएन ।