From Wikipedia, the free encyclopedia
जीवहरूको समूहको संरक्षण स्थिति (उदाहरणका लागि प्रजाति) ले समूह अझै अवस्थित छ वा छैन र यो समूह निकट भविष्यमा लोप हुने सम्भावना पनि रहे नरहेको भनेर सङ्केत गर्दछ। एकदमै न्यून सङ्ख्या बाँकी रहेको, तर समयावधिमा जनसङ्ख्यामा समग्र वृद्धि वा कमी, सफलताको दर, प्रजनन सफलता दर, र ज्ञात खतराहरू जस्ता कारकहरूलाई संरक्षणको स्थितिको मूल्याङ्कन गर्दा खेरी धेरै ध्यानमा राखिन्छन्। संरक्षण स्थितिको विभिन्न प्रणालीहरू अवस्थित छन् जुन अन्तर्राष्ट्रिय, बहु देश, राष्ट्रिय र स्थानीय स्तरका साथै उपभोक्ता उपयोगको लागि प्रयोगमा रहेका छन्।
संरक्षण स्थिति | |
---|---|
लोप भएका | |
|
|
असुरक्षित | |
| |
कम जोखिम | |
|
|
अन्य श्रैणीहरू | |
|
|
सम्बन्धित शीर्षकहरू
| |
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची खतरामा परेका प्रजातिहरूको एक उत्तम र विश्वव्यापी संरक्षण स्थितिको सूचीकरण र वरियता प्रणाली हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीद्वारा प्रजातिहरूलाई नौ समूहहरूमा वर्गीकृत गरिन्छ। [1] जुन वर्गीकरण विभिन्न मापदण्डहरू जस्तै गिरावटको दर, जनसङ्ख्याको आकार, भौगोलिक वितरणको क्षेत्र, जनसङ्ख्या र वितरण खण्डको डिग्रीद्वारा निर्दिष्ट छन्।
(अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको सूचीमा), "असुरक्षित"
वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलनको उद्देश्य जङ्गली जनावर र बोटबिरुवाहरूको नमूनामा भएको अन्तर्राष्ट्रिय व्यापारले उनीहरूको अस्तित्व खतरामा नपरेको भनी सुनिश्चित गर्नु हो। वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलनमा सूचीबद्ध बोट र जनावरहरू आयात गर्नका लागि वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापार सम्मेलनको अनुमति चाहिन्छ।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.