From Wikipedia, the free encyclopedia
सेर्गेई मिखायलोभिच ब्रिन (रुसी: Серге́й Миха́йлович Брин) (जन्म २१ अगस्त, १९७३) रूसी मुलका एक अमेरिकी कम्प्युटर वैज्ञानिक र इन्टरनेट उद्यमी हुन्।[2] ल्यारी पेजको साथ उनले गुगलको सह-स्थापना गरेका थिए। ब्रिन गुगलको अभिभावक कम्पनी अल्फाबेट निगमका प्रमुख थिए भने उनले ३ डिसेम्बर २०१९ मा, पदबाट राजिनामा दिएका थिए। गुगलका दुई सह-संस्थापकहरू कम्पनीमा हाल सेयरधनी, विभागका सदस्य, र अल्फाबेटका कर्मचारीहरूको नियन्त्रकको रूपमा रहेका छन्।[3] जुलाई २०२० सम्म, ब्रिन संसारको सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा शीर्ष ७ मा, रहेका थिए जहाँ उनले कुल सम्पत्ति ६८ अर्ब अमेरिकी डलर रहेको थियो।[4][5]
सेर्गेई ब्रिन Серге́й Брин | |
---|---|
जन्म | सेर्गेई मिखायलोभिच ब्रिन Серге́й Миха́йлович Брин अगस्ट २१, १९७३ मस्को, सोभियत सङ्घ (हाल रूस) |
नागरिकता | अमेरिका (सन् १९७९ देखि) सोभियत सङ्घ (सन् १९७३–१९७९) |
शिक्षा | मेरिल्यान्ड विश्वविद्यालय, कलेज पार्क (विज्ञानमा स्नातक) स्ट्यानफोर्ड विश्वविद्यालय (विज्ञानमा स्नातकोत्तर) |
पेशा |
|
चिनारीको कारण | गुगल र एक्सका सह-संस्थापक अल्फाबेट निगमका सह-संस्थापक र पेजजर्याङ्कका सह-निर्माणकर्ता |
जम्मा सम्पति | $ ७५.९ अर्ब (नोभेम्बर २०२०)[1] |
जीवनसाथी | एन उचिट्की
( वि २००७; सवि २०१५)निकोल सानाहन
( वि २०१८) |
सन्तान | ३ |
ब्रिनले ६ वर्षको उमेरमा सोभियत सङ्घबाट आफ्नो परिवारको साथ संयुक्त राज्य अमेरिका बसाइँसराइ गरेका थिए। उनले मेरिल्यान्ड विश्वविद्यालय, कलेज पार्कमा स्नातक हासिल गरेका थिए। आफ्नो बुबा र हजुरबुबाको झैँ उनले गणित र कम्प्युटर विज्ञानमा ज्ञान आर्जन गरेका थिए। स्नातक पछि, उसले कम्प्युटर विज्ञानमा विद्यावारिधि हासिल गर्नका लागि स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना भएका थिए। त्यहाँ उनले ल्यारी पेजलाई भेटेका थिए जोसँग उनले सहकार्य गर्दै वेब खोज संयन्त्र बनाएका थिए। यो स्ट्यानफोर्डमा लोकप्रिय भएको थियो, र उनीहरूले आफ्नो विद्यावारिधि अध्ययन स्थगित गर्दै गुगलको निर्माणमा जुटेका थिए।[6]
ब्रिनको जन्म २१ अगस्त १९७३ मा तात्कालिक सोभियत सङ्घको राजधानी मस्कोमा भएको थियो।[7] उनका बुबाआमा (मिखाइल र युगेनिया ब्रिन) यहुदी हुन्[8] जहाँ दुबैले सोभियन सङ्घको मस्को राज्य विश्वविद्यालयबाट स्नातक हासिल गरेका थिए।[9] उनको बुबा मेरिल्यान्ड विश्वविद्यालयका सेवानिवृत्त गणितका प्राध्यापक हुन् भने उनको आमा शोधकर्ता हुन्।[10][11]
ब्रिन परिवार मध्य मस्कोमा तीन कोठा भएको घर तल्लामा बस्दथे जहाँ उनीहरूको साथ सेर्गेईको हजुरआमामा पनि बस्दथिन्।[10] सन् १९७७ मा, पछि उनको पिता पोल्यान्डको राजधानी वार्सामा भएको गणित सम्मेलनबाट फर्केका थिए र उनको परिवारको बसाइँसराइको बेला आएको घोषणा गरेका थिए।[10] ब्रिन परिवारले सेप्टेम्बर १९७८ मा औपचारिक रूपमा निकासी प्रवेशाज्ञाको लागि आवेदन दिएका थिए यसको परिणाम स्वरूप उनको बुबा तुरुन्तै बर्खास्त गरिएको थियो। सम्बन्धित कारणका लागि, उनकी आमाले पनि आफ्नो जागिर छोड्नुपरेको थियो। अर्को आठ महिनासम्म कुनै स्थिर आम्दानी बिना ब्रिन परिवार अस्थायी जागिर लिन बाध्य भएका थिए। मे १९७९ मा, ब्रिन परिवारलाई आधिकारिक निकासी प्रवेशाज्ञा प्रदान गरिँदै देश छाड्न अनुमति दिइएको थियो।[10]
ब्रिन परिवार भियना र पेरिसमा बस्दथे भने मिखाइल ब्रिनले आनातोले कातोकको सहयोगमा मेरील्यान्ड विश्वविद्यालयमा शिक्षकको रूपमा सेवा दिएका थिए।यस समयमा, ब्रिन परिवारले यहूदी आप्रवासी सहायता समाजबाट समर्थन र सहयोग प्राप्त गरेको थियो र तिनीहरू २५ अक्टोबर १९७८ मा संयुक्त राज्य अमेरिका आइपुगेका थिए।[10][12]
ब्रिनले आडेल्फी, मेरिल्यान्ड स्थित पेन्ट ब्रान्च मन्टेसरी विद्यालयमा भर्ना भएका थिए, तथापि, उनले थप शिक्षा घरमै प्राप्त गरेका थिए। मेरिल्यान्ड विश्वविद्यालयमा गणित विभागका प्राध्यापक, उनका बुबाले उनलाई गणित सिक्न प्रोत्साहित गरेका थिए र उनको परिवारले उनको रूसी भाषाको सीप कायम गर्न मद्दत गरेका थिए। उनले एलेनोर रुजवेल्ट उच्च विद्यालय, ग्रिनबेल्ट, मेरिल्यान्डमा भर्ना भएका थिए।सेप्टेम्बर १९९० मा ब्रिनले मेरिल्यान्ड विश्वविद्यालयमा भर्ना भएका थिए जहाँ उनले सन् १९९३ मा कम्प्युटर विज्ञान विभागबाट १९ वर्षको उमेरमा कम्प्युटर विज्ञानमा र गणितमा स्नातक हासिल गरेका थिए।[13]
ब्रिनले कम्प्युटर विज्ञानमा आफ्नो स्नातकोत्तरको अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयबाट सुरु गरेका थिए। सन् १९९३ मा, उनले उल्फ्राम रिसर्च नामक कम्पनीमा काम गरेका थिए जुन म्याथमाटिकाको विकासकर्ता हो। सन् २००८ मा, उनले स्ट्यानफोर्डमा विद्यावारिधि अध्ययनबाट छुट्टी लिएका थिए।[14]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.