सार्वभौम सम्पन्न राष्ट्रहरूको सूची
From Wikipedia, the free encyclopedia
"विश्वका राष्ट्रहरूको सूची" र "देशहरूको सूची" यहाँ अनुप्रेषण हुन्छ। यहाँले, देशहरूको सूचीको लागिको लागि, देश तथा क्षेत्रहरूको सूची हेर्नुहोस्।
यो सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूको सूची ले सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूको विश्व मानचित्रमा स्थिति तथा तिनीहरूको अवस्थाको बारेमा जानकारी प्रदान गर्दछ । तल दिइएको २०६ राष्ट्रहरूको सूची दुईभागमा विभाजित छ :-
- तलको श्रेणी संयुक्त राष्ट्र सङ्घको सदस्य प्रणाली अनुसार ३ भागमा बाँडिएको छ जसमा: १९३ संयुक्त राष्ट्र सदस्य,[1] २ पर्यवेक्षक राष्ट्र, तथा ११ अन्य सदस्य राष्ट्रहरू रहेका छन् ।
- सीमाक्षेत्र विवाद श्रेणीले जुन राष्ट्रको सीमा विवाद (१९० राष्ट्र) छैन र सीमा विवाद रहेको (१६ राष्ट्र)हरूलाई अंकित गर्दछ ।
यस किसिमको सूचीलाई निर्धारण गर्दा केही कठिनाई तथा विवादास्पद प्रक्रिया हुन सक्छ किन भने राष्ट्रको दर्जाको लागि कुनै मापदण्ड निर्धारण नगरिएको हुँदा समुदायमा रहेको सम्पूर्ण सदस्य राष्ट्र बाध्य छ । यस सूचीको सामग्रीलाई निर्धारण गर्ने मापदण्ड माथि विशेष जानकारीको लागि तल दिइएको समावेशीको लागि मापदण्ड हेर्नुहोला । सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सूची वास्तविक स्थितिलाई दर्साउछ जसको पहिचान भइसकेको छ ।