From Wikipedia, the free encyclopedia
सुक डटकम (अरबी: سوق.كوم) एक अङ्ग्रेजी-अरबी भाषाको विद्युतीय वाणिज्य मञ्च हो जून विश्व प्रख्यात इ-वाणिज्य कम्पनी अमेजन निगमको स्वामित्वमा रहेको छ। यो अरबी देशहरूको सबैभन्दा ठूलो ई-वाणिज्य मञ्च हो। [3] २८ मार्च, २०१७ मा, अमेजन डटकम निगमले सुक डटकमको सम्पूर्ण सम्पत्तिको अधिग्रहण ५८० मिलियन अमेरिकी डलरमा गर्ने पुष्टि गरेको थियो।[4] १ मे २०१९ मा, सुक डटकम संयुक्त अरब इमिरेट्स अमेजन डट एईको रूपमा परिचित भएको थियो। [5]
व्यवसायको प्रकार | सहायक |
---|---|
संस्थापित | २५ अक्टोबर २००५ |
मुख्यालयहरू | दुबई, संयुक्त अरब इमिरेट्स |
सेवा क्षेत्र | मध्य पूर्व |
संस्थापक (हरू) | रुनाल्दु मसहुर |
मुख्य व्यक्तिहरू | रुनाल्दु मसहुर (प्रमुख कार्यकारी अधिकृत) आसिफ किसोदिया (समूहका वित्तीय अधिकारी) विसम दाउद (प्रमुख सञ्चालन/प्रविधि अधिकृत ) |
उद्योग | इन्टरनेट |
सेवाहरू | विद्युतीय वाणिज्य (अनलाइन किनमेल) |
कर्मचारीहरू | ३,००० |
अभिभावक |
|
युआरएल | सुक.कम |
अलेक्सा क्रम | ५२१ (नोभेम्बर २०१९)[2] |
वेबसाइट सन् २००५ मा स्थापना भएको थियो। यसका सह-संस्थापक रोनाल्डो मौचवार र समि टाउकान हुन्।[6][6][7] यो सुरुमा इण्टरनेट पोर्टल मक्तुबसँग सम्बद्घ भएको लिलामी साइट थियो।[8] सन् २०११ मा आसिफ केशोदियाले समूहका प्रमुख कार्यकारी अधिकृतको रूपमा कम्पनीमा सामेल भएका थिए। सुक डटकमले आफ्नो ढाँचालाई अमेजन डट कमसँग मिल्दो जुल्दो एक अनलाइन किनमेल साइटमा परिवर्तन गरेको थियो जसमा यसको मञ्च बजार तथा खुद्रा सामानहरू बिक्रीको लागि रहेको छ।[9]
मार्च २०१४ मा, कम्पनीले केप टाउन, दक्षिण अफ्रिका स्थित नास्पर्सबाट ७५ मिलियन अमेरिकी डलर सङ्कलन गरेको थियो[10] जससँगै सुक डट कमले यसको स्थापनादेखि १५० मिलियन अमेरिकी उठाएको थियो[10] जुन मध्य पूर्वमा कुनै पनि इण्टरनेटमा आधारित व्यवसायले सङ्कलन गरेको सबैभन्दा ठूलो रकम हो। [9]
कम्पनीलाई टाइगर ग्लोबल म्यानेजमेण्ट र नास्पर्स लिमिटेडद्वारा समर्थन गरिएको थियो। सन् २०१५ सम्म अन्य कम्पनीहरूले पनि यसको व्यवसायलाई समर्थन गरेका थिए। यसको प्रधान कार्यालय दुबईमा रहेको छ।[10] अक्टोबर २०१५ मा, चन्दा सङ्कलनको एक चरणमा, कम्पनीको मूल्य लगभग १ अरब अमेरिकी डलर पुगेको बताइएको थियो। त्यस समयमा, यसको वेबसाइटमा १ करोड भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेका थिए भने यो डिजीकला पछिको दोस्रो स्थानमा रहेको थियो जसमा यसमा ५ करोड भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेका थिए।[10]
२७ मार्च १०१७ मा, बिबिसीले दुबईको सबैभन्दा ठूलो मलको सञ्चालक भनेर वर्णन गरेको इमार मलले सुकलाई ८०० मिलियन अमेरिकी डलरको प्रस्ताव राखेको थियो।[6] २८ मार्च २०१७ मा, अमेजन निगमले एक अज्ञात मूल्यको लागि सुक डटकमलाई प्राप्त गर्ने पुष्टि गरेको थियो।[6][11]
एक स्रोतले वाल ष्ट्रिट जर्नललाई, सम्झौता करिब $७०० मिलियन डलरको भएको बताएको थियो।[11] फाइनान्सियल टाइम्सले सम्झौता ६५० मिलियन भन्दा बढीको रहेको टिप्पणी गरेको थियो।[12] बिबिसीले, अमेजनले करीब $६५० मिलियन भुक्तान गर्ने बताएको थियो।[6] सम्झौता पछि सन् २०१७ मा सम्पन्न हुने योजना रहेको थियो।[6]
सुक डटकम हाल अमेजनको सहायक कम्पनी हो र यसले मध्य पूर्व क्षेत्रमा अमेजनको मातहतमा कार्य सञ्चालन गर्दछ।
मे २०१७ मा, सुक डटकम संयुक्त अरब इमिरेट्स अमेजन डट एईमा परिवर्तन भएको थियो।[13]
मार्च २०१७ सम्म, यसले ३१ वटा श्रेणीमा ८.४ मिलियन भन्दा बढी ग्राहकहरूलाई उत्पादनहरू बेचेको थियो जसमा उपभोक्ता इलेक्ट्रोनिक्स, फेसन, स्वास्थ्य, सौन्दर्य, घरेलू सामानहरू र बालबालिकाहरूका सामग्रीहरू समावेश छ।[6] यसमा प्रति महिना लगभग ४५ लाख भ्रमणहरू गरिएको थियो। [6]
सन् २०१६ सम्ममा यो मध्य पूर्वको सबैभन्दा ठूलो ई-वाणिज्य मञ्च हो जसलाई मध्य पूर्वको अमेजन भनेर पनि वर्णन गरिएको छ।[3] सन् २०१४ सम्ममा साइटले संयुक्त अरब इमिरेट्स , साउदी अरब , कुवेत, मिश्र, बहराइन, ओमान र कतारमा सेवा पुर्याएको थियो।
मार्च २०१७ सम्म, सुक डटकमले साउदी अरब, संयुक्त अरब इमिरेट्स र मिश्रमा यसको सञ्चालनलाई स्थानीयकरण गरेको छ।
जनवरी २०१८ सम्म, सुक डटकमका सहायक कम्पनीहरूमा, उनीहरूको सामान पुर्याउने शाखा - क्यूएक्सप्रेस, भुक्तानी मञ्च - पेफोर्ट, मर्मत तथा सेवा बजार - हेल्पबिट र बजार विङ्ग समावेश छन्।[14]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.