![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/14/Professor_Svante_Paabo_ForMemRS.jpg/640px-Professor_Svante_Paabo_ForMemRS.jpg&w=640&q=50)
स्वान्टे पाबो
From Wikipedia, the free encyclopedia
स्वान्टे पाबो रोयल सोसाइटीको सदस्य (स्वीडेनी: [ˈsvânːtɛ̂ ˈpʰɛ̌ːbʊ̂];[3]; जन्म: सन् १९५५ अप्रिल २०) एक स्विडेली-इस्टोनियाली आनुवांशिक वैज्ञानिक हुन्।[4] पेलियोजेनेटिक्स अर्थात् पुराउत्पत्ति विज्ञानको संस्थापकहरू मध्येको एकको रूपमा उनले नियनडर्थल प्रजातिको सजीवमाथि विशेष काम गरेका छन्।[5] उनी सन् १९९७ देखि जर्मनीको लिपजिगमा रहेको म्याक्स पल्याङ्क इन्स्टिच्युट फर इभोल्युस्नरी एन्थ्रोपोलोजीमा जेनेटिक्स विभागको संस्थापक निर्देशक हुन्। उनी जापानको ओकिनावा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीमा प्राध्यापकको रूपमा सेवा गरिरहेका छन्।[6][7][8][9]
छरितो तथ्यहरू स्वान्टे पाबोSvante Pääbo रोयल सोसाइटीको सदस्य, जन्म ...
स्वान्टे पाबो Svante Pääbo रोयल सोसाइटीको सदस्य | |
---|---|
![]() | |
जन्म | (1955-04-20) २० अप्रिल १९५५ (उमेर ६९) स्टकहोम, स्वीडेन |
शिक्षा | उप्साला विश्वविद्यालय (पिएचडी) |
चिनारीको कारण | पुराउत्पत्ति |
जीवनसाथी | लिन्डा भिजिलेन्ट ( वि २००८) |
सन्तान | २ |
पुरस्कार |
|
वैज्ञानिक करियर | |
क्षेत्र |
|
शिक्षा |
|
Thesis | एडेनोभाइरसको E19 प्रोटिन कसरी प्रतिरक्षा प्रणालीलाई नियन्त्रित गर्दछ (सन् १९८६) |
बन्द गर्नुहोस्
उनले मानवको पूर्वज मानिने नियन्डर्थल प्रजातिको आनुवांशिक कोड पत्ता लगाएवापत उनलाई सन् २०२२ को क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार दिइएको थियो।[10][11][12][13]