हसन रुहानी
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
हसन रुहानी (फारसी: حسن روحانی, Standard Persian pronunciation: [hæˈsæn-e ɾowhɒːˈniː] ( ); born Hassan Fereydoun (फारसी: حسن فریدون); १९४८ नोभेम्बर १२ ) [1] [2] ३ अगस्ट २०१३ देखि ३ अगस्ट २०२१ सम्म ईरानको सातौं राष्ट्रपति को रुपमा काम गरेका एक ईरानी राजनीतिज्ञ हुन्। उनी पेशाले एक वकील, [3] प्राज्ञिक, पूर्व कूटनीतिज्ञ र इस्लामी धर्मगुरु पनि हुन्। उनी १९९९ देखि ईरानको विज्ञहरुको सभाको सदस्य रहेका छन् [4] उनी १९९१ देखि २०२१ सम्म एक्सपेडिन्सी काउन्सिल [5] र १९८९ देखि २०२१ सम्म सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सदस्य पनि थिए। [6] [7]
Hujjat al-Islam हसन रुहानी | |
---|---|
حسن روحانی | |
७औं इरानको राष्ट्रपति | |
कार्यकाल ३ अगस्ट २०१३ – ३ अगस्ट २०२१ | |
सर्वोच्च नेता | अली खामेनी |
उपराष्ट्रपति | Eshaq Jahangiri |
पूर्वाधिकारी | मोहम्मद अहमदिनेजाद |
उतराधिकारी | इब्राहिम रैसी |
असंलग्न अभियान आन्दोलनका महासचिव | |
कार्यकाल ३ अगस्ट २०१३ – १७ सेप्टेम्बर २०१६ | |
पूर्वाधिकारी | मोहम्मद अहमदिनेजाद |
उतराधिकारी | निकोलस मोदुरो |
रुहानी ईरानको संसदको (मजलिस) को चौथो र पाँचौं कार्यकालका उपसभामुख र १९८९ देखि २००५ सम्म सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको सचिव थिए। [6] उत्तरार्द्ध ओहोदामा, उनी ईरानको परमाणु प्रविधिको वार्तामा ईयू तीन, ब्रिटेन, फ्रान्स, र जर्मनी संग देश को शीर्ष वार्ताकार थिए, र उनले एक शिया मुजतहिद (एक वरिष्ठ धर्मगुरु), [8] र आर्थिक व्यापार वार्ताकार को रूपमा पनि काम गरेका छन्। । [9] [10] :138
रुहानी प्रायः एक मध्यमार्गी तथा सुधारवादी नेताको रूप मा वर्णन लिने गरिन्छ। घरेलु नीतिमा, उनले व्यक्तिगत स्वतन्त्रता, सूचनाको लागी स्वतन्त्र पहुँचको लागि प्रोत्साहन गरे , र महिलालाई विदेश मन्त्रालयको प्रवक्ता नियुक्त गरी महिला अधिकारमा सुधार गरे। उनले मेलमिलाप पत्र आदानप्रदान गरेर अन्य देशहरुसंग ईरान को कूटनीतिक सम्बन्ध पनि सुधार गरेका थिए। [11] [12] [13] रुहानीले २०१७ को चुनावमा २३,६३६,६५२ मत (५७.१%) को साथमा पुनः चुनाव जिते। [14] उनी मोहम्मद खातमी र मोहम्मद अहमदिनेजाद पछि इरानको तेस्रो राष्ट्रपति बन्न सफल भए, जसलाई एक चुनावी जनादेशको साथमा राष्ट्रपति पदको जीत हासिल भयो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.