हुण
एसियाली प्राचिन लडाकु जाति / From Wikipedia, the free encyclopedia
हुण, हलहुण, हरहुण, अल्जोन, वाल्जोन एक जियोनाइट तथा हेप्थालाइट्स जातिसमुह थियो। हुण एक मध्य एसियाली लडाकु जातिसमुह थियो। ईस्वीको ५ औँ सदीको अन्त्य र छैटौँ सदीको सुरूवातमा हुण जातिले खाइबर भञ्ज्याङ्ग हुँदै भारतीय उपमहाद्वीप छिरेका थिए जहाँ उनीहरूलाई गुप्त राजवंशका राजा यशोधर्मनले पराजित गरे।[1] हुण साम्राज्यको अधिकतम सिमाना भारतको माल्वा क्षेत्रसम्म पुगेको थियो।[2] उनीहरूको निरन्तर हमलाले गुप्त राजवंशको पतन भएको थियो।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/1d/Sondani.jpg/320px-Sondani.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/87/Asia_500ad.jpg/640px-Asia_500ad.jpg)
हुणहरूलाई तिब्बती ग्रन्थहरूमा यवन, तुखार, कम्बोज, खस, दारदार जातिहरूसँगै उल्लेख गरिएको छ।[3]