From Wikipedia, the free encyclopedia
होन्डा मोटर कम्पनी लिमिटेड (जापानी: 本田技研工業株式会社) एक जापानी सार्वजनिक बहुराष्ट्रिय बहु-उद्योग निर्माता कम्पनी हो जसले मोटरगाडी, मोटरसाइकल, र ऊर्जा औजार जस्ता उत्पादनहरूको निर्माण गर्दछ। कम्पनीको प्रधान कार्यालय मिनातो, टोकियोमा रहेको छ।
मौलिक नाम | 本田技研工業株式会社 |
---|---|
रोमन लिपिमा नाम | Honda Giken Kōgyō Kabushiki-gaisha |
व्यवसाय प्रकार | सार्वजनिक |
आइएसआइएन | JP3854600008 |
उद्योग | म्यानुफ्याक्चरिङ |
स्थापित | हामामात्सु, जापान (अक्टोबर १९४६ , स्थापित २४ सेप्टेम्बर १९४८ ) |
स्थापनाकर्ता | सोइचिरो होन्डा |
केन्द्रीय कार्यालय | मिनातो, टोकियो , जापान |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू |
|
आम्दानी | ¥१४.९५ खर्ब (सन् २०२२)[1] |
परिचालन आय | ¥८७१.२ अर्ब (सन् २०२२)[1] |
¥७०७.० अर्ब (सन् २०२२)[1] | |
कुल सम्पत्ति | ¥२३.९७ खर्ब (सन् २०२१)[1] |
कुल इक्विटी | ¥१०.७७ खर्ब (सन् २०२२)[1] |
मालिकहरू |
|
कर्मचारी सङ्ख्या | २,०४,०३५ (सन् २०२२)[2]
|
विभाग |
|
सहायक कम्पनीहरू | List
|
वेबसाइट | global.honda |
होन्डा सन् १९५९ देखि विश्वको सबैभन्दा ठूलो मोटरसाइकल निर्माता कम्पनी हो।[3][4] सन् २०१९ को अन्त्यसम्ममा यसको उत्पादनको सङ्ख्या ४० करोड पुगेको थियो।[5] यो आयतनद्वारा मापन गरिएको आन्तरिक दहन इन्जिनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता पनि हो, जसले प्रत्येक वर्ष १.४ करोड भन्दा बढी आन्तरिक दहन इन्जिन उत्पादन गर्दछ।[6] होन्डा सन् २००१ मा दोस्रो सबैभन्दा ठूलो जापानी अटोमोबाइल निर्माता कम्पनी बनेको थियो।[7][8] सन् २०१५ मा, होन्डा विश्वको आठौँ ठूलो मोटरगाडी निर्माता कम्पनीको रूपमा रहेको थियो।[9]
होन्डा सन् १९८६ मा एक समर्पित विलासी ब्रान्ड अकुरा जारी गर्ने पहिलो जापानी अटोमोबाइल निर्माता कम्पनी थियो। आफ्नो मुख्य अटोमोबाइल र मोटरसाइकल व्यवसायहरू बाहेक, होन्डाले बगैँचा उपकरणहरू, समुद्री इन्जिन, व्यक्तिगत जलयान, पावर जेनेरेटरहरू र अन्य उत्पादनहरू पनि निर्माण गर्दछ। सन् १९८६ देखि होन्डा कृत्रिम बौद्धिकता/यन्त्रमानव अनुसन्धानमा संलग्न छ र कम्पनीले सन् २००० मा आफ्नो एएसआइएमओ यन्त्रमानव सार्वजनिक गरेको थियो।
सन् २०१३ मा, होन्डाले आफ्नो राजस्वको लगभग ५.७% (६.८ अर्ब अमेरिकी डलर) अनुसन्धान र विकासमा लगानी गरेको थियो।[10] सन् २०१३ मा, होन्डा संयुक्त राज्य अमेरिकाबाट शुद्ध निर्यातकर्ता बन्ने पहिलो जापानी कम्पनी बनेको थियो, जसले १०८,७०५ होन्डा र अकुरा मोडेलहरू निर्यात गरेको थियो, जबकि यसले केवल ८८,३५७ आयात गरेको थियो।[11]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.