२००७ आइसिसी वर्ल्ड ट्वान्टी२०
From Wikipedia, the free encyclopedia
२००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीको पहिलो संस्करण रहेको थियो । यो आइसिसी टुर्नामेन्ट दक्षिण अफ्रिकामा सन् २००७ सेप्टेम्बर ११ देखि २४ सेप्टेम्बर सम्म सञ्चालन भएको थियो । यो टुर्नामेन्ट दक्षिण अफ्रिकाको तिन वटा शहर जोहानेसबर्ग,डरबन तथा केपटाउनमा खेलिएको थियो । १३ दिनको उक्त टुर्नामेन्टमा १२ राष्ट्रको सहाभागिता रहेको थियो । यस टुर्नामेन्टमा १० वटा टेस्ट खेल्ने राष्ट्र तथा २ वटा राष्ट्र केन्या तथा स्कटल्याण्ड छनौट भएर आएका थिए । भारतले यो टुर्नामेन्ट फाइनलमा पाकिस्तानलाई पराजित गरेर जितेको थियो ।
छरितो तथ्यहरू २००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी, मिति ...
२००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी | |
---|---|
मिति | ११ सेप्टेम्बर २००७ – २४ सेप्टेम्बर २००७ |
प्रशासक(हरू) | आइसिसी |
क्रिकेटको प्रकार | टि-ट्वान्टी |
टुर्नामेन्टको प्रकार | राउन्ड रोबिन तथा प्लेअफ |
आयोजक(हरू) | दक्षिण अफ्रिका |
विजेता | भारत - पहिलो ट्रफी |
सहभागीहरू | १२ (१६ राष्ट्र मध्ये) |
खेल संख्या | २७ |
म्यान अफ द सिरिज | शाहिद आफ्रिदी |
अधिक रन | म्याथ्यु हयाडेन (२६५) |
अधिक विकेट | उमर गुल (१३) |
आधिकारिक वेबसाइट | २००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी |
२००९ → |
बन्द गर्नुहोस्