२०१६ इन्डियन प्रिमियर लिग
From Wikipedia, the free encyclopedia
इन्डियन प्रीमियर लिग अन्तर्गत २०१६ मा सञ्चालित प्रतियोगितामा ८ टिम सहभागि भएका छन्। जुन प्रत्यक वर्ष भारतमा सञ्चालन हुन्छ।यो प्रतियोगितामा चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स प्रतिबन्धित छन्।
२०१६ इन्डियन प्रिमियर लिग | |
---|---|
मिति | ९ अप्रिल २०१६ (2016-04-09) – २९ मे २०१६ (2016-05-29) |
प्रशासक(हरू) | बीसीसीआई |
क्रिकेटको प्रकार | ट्वेन्टी-ट्वेन्टी |
टुर्नामेन्टको प्रकार | राउण्ड रोबिन र प्लेअफ |
आयोजक(हरू) | भारत |
विजेता | सनराइजर्स हैदराबाद (पहिलो उपाधी) |
सहभागीहरू | ८ |
म्यान अफ द सिरिज | विराट कोहली (आरसीबी) |
अधिक रन | विराट कोहली (९७३ रन) |
अधिक विकेट | भुवनेश्वर कुमार (२३ विकेट) |
आधिकारिक वेबसाइट | iplt20.com |
← २०१५ २०१७ → |
इन्डियन प्रिमियर लिगको २०१६ को सिजन जो कि आईपीएल ९ या विवो आईपीएल २०१६ का नाम ले पनि जानिन्छ । इन्डियन प्रिमियर लिग जसको सञ्चालक बीसीसीआई हो यसको सुरुवात २००७ मा भएको हो।यो आईपीएल को ९अौं सिजन हो । यो आईपीएल ०८ अप्रैल २०१६ मा प्रारम्भ तथा तथा २९ मई २०१६ मा फाइनल मिति तय भएको हो।
२९ मे मा चिन्नास्वामि स्टेडियम बेङ्गलोर मा सञ्चालन भएको अन्तिम म्याचमा सनराइजर्स हैदराबाद ले रोयल च्यालेन्जर्स बेङ्गलोर लाई पराजित गर्दै भिवो आइपिएल २०१६ को उपाधी सुरक्षित गरेको थियो।म्यान अफ द म्याच हैदराबादका बिन कटिङ लाई घोषणा गरियो। टुर्नामेन्टका बहुमुल्य खेलाडी विराट कोहली रहे भने नव उदयमान खेलाडीका रूपमा मुस्ताफिजूर रहमान लाई सम्मानित गरियो।