२०१८ उत्तर कोरिया- संयुक्त राज्य शिखर सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उन बीच सन् २०१८ जुन १२ मा सिङ्गापुर स्थित भएको पहिलो शिखर सम्मेलन हो ।[2][3][4]शिखर सम्मेलन सकिए लगत्तै, ट्रम्पले अमेरिकाद्वारा कोरियाली प्रायद्वीप छेउछाउ गरिने आफ्नो सैन्य अभ्यास बन्द गर्ने घोषणा गरे भने किमले परमाणु निशस्त्रीकरणको दिशामा काम गर्ने प्रति आफ्नो प्रतिबद्धतालाई दोहराए ।

छरितो तथ्यहरू २०१८ उत्तर कोरिया- संयुक्त राज्य शिखर सम्मेलन DPRK–USA Singapore Summit, आयोजक राष्ट्र ...
२०१८ उत्तर कोरिया- संयुक्त राज्य शिखर सम्मेलन
DPRK–USA Singapore Summit
Thumb
सिङ्गापुरद्वारा प्रयोग गरिएको लोगो
Thumb
अमेरिकाद्वारा प्रयोग गरिएको लोगो
Thumb
शिखर सम्मेलन पूर्व किम जोङ उन तथा डोनाल्ड ट्रम्प हात मिलाउँदै
आयोजक राष्ट्र सिङ्गापुर
मितिजुन १२, २०१८
०९:०० (सिङ्गापुर समय)
स्थानक्यापेला होटल[1]
प्रतिभागी राष्ट्रहरू
बन्द गर्नुहोस्

दुवै पक्षद्वारा राजनीतिक रूपले शान्त क्षेत्र मानिने सिङ्गापुरलाई शिखर सम्मेलनको लागि उपयुक्त ठानेर यस शिखर सम्मेलनको आयोजनको तयारी गर्न सिङ्गापुरका प्रधानमन्त्री ली हिसेन लुङलाई प्रस्ताव गरेका थिए । पछि वार्ताको लागि सेन्टोसा टापुस्थित क्यापेला होटललाई छानिएको थियो ।[5] सिङ्गापुरका प्रधानमन्त्री ली हिसेन लुङका अनुसार, शिखर सम्मेलनका लागि सिङ्गापुर सरकारलाई सिङ्गापुरी २० मिलियन डलर (युएस$ १५ मिलियन) खर्च भएको थियो, जसमध्ये लगभग आधा भाग सुरक्षा व्यवस्थाको लागि मात्र खर्च गरिएको थियो ।[6][5] प्रत्येक नेताले शिखर सम्मेलनको बैठक हुनुपूर्व प्रधानमन्त्री ली सँग भेट गरेका थिए ।

बैठकको लागि आवश्यक तयारी तथा वार्ताको लागि वातावरण तयार पार्न दुवै पक्षहरू बीच उच्च स्तरीय आदान-प्रदान बैठक भएको थियो, जसमा सिआइएका निर्देशक माइक पोम्पेओको प्योङयाङ यात्रा र उत्तर कोरियाको श्रमिक पार्टीका उपाध्यक्ष किम योङ चोलको ह्वाइट हाउसको यात्रा सामेल रहेको छ । दुवै पक्षले अमेरिकादक्षिण कोरियाद्वारा गरिएको संयुक्त सैन्य अभ्यास पछि शिखर सम्मेलन रद्द गर्ने धम्की समेत दिए तर पछि ट्रम्पले लिखित रूपमा किमलाई बैठकमा सहभागी हुन औपचारिक पत्र पठाए । त्यसको फलस्वरूप अन्ततः दुवै पक्ष वार्ताको लागि सहमत भए ।[7]

पृष्ठभूमि

घोषणा

तयारी

सम्मेलन स्थान

प्रतिक्रिया

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.