२०१९-२० कोरोना भाइरस प्रकोप
From Wikipedia, the free encyclopedia
कोरोना भाइरस विश्वव्यापी महामारी (२०१९–२०) को सुरूवात एक नयाँ किसिमको कोरोनाभाइरस (सार्स कोभ-२)को सङ्क्रमणको रूपमा मध्य चीनको वुहान सहरमा २०१९ को मध्य डिसेम्बरमा भएको थियो। कोरोनाको सङ्क्रमण विस्वभर फैलिन थालेपछि २३ जनवरी २०२० मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।[3] [4] विश्व स्वास्थ्य सङ्गठनले यस रोगलाई व्यापक रूपमा फैलन सक्ने सम्भावना पहिले देखिनै दिएको थियो।[5] र चिनियाँ नयाँ वर्षको आसपास यो चीनको वुहानमा महामारीको रूपमा फैलियो।[6] [7]
यो लेख हालैको प्रसङ्गहालैको रोग प्रकोपसँग सम्बन्धित छ। अद्यावधिक विवरण आउँदै गर्दा जानकारीहरू तीव्ररूपमा परिवर्तन हुन सक्दछन्। |
छरितो तथ्यहरू २०१९–२० कोरोना भाइरस विश्वव्यापी महामारी, रोग ...
२०१९–२० कोरोना भाइरस विश्वव्यापी महामारी | |
---|---|
रोग | कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) |
विषाणुको प्रजाति | सार्स कोभ-२ |
प्रथम सङ्क्रमित घटना | १७ नोभेम्बर २०१९[1] |
उत्पत्ति | वुहान, हुबेई, चीन ३०°३५′१४″उ॰ ११४°१७′१७″पू॰ |
निश्चित सङ्क्रमित | ३७८,०००+[2] |
स्वस्थ्य लाभ भएका | १०१,०००+[2] |
मृत | १६,००० |
अञ्चल | १९०+ |
बन्द गर्नुहोस्
अप्रिल १, २०२१ सम्म, यस रोगको २१० देशहरूमा १८,५४,४६४ भन्दा बढी प्रमाणित मामलाहरू, १,१४,३३१ भन्दा बढीको मृत्यु र ४,३५,०७४ बन्दा बढी निको भएको मामलाहरू रहेका छन्।[2]