From Wikipedia, the free encyclopedia
१४ जनवरी २०२२ मा, दक्षिण प्रशान्त महासागरको टोङ्गन द्वीपसमूहको निर्जन ज्वालामुखी टापु, हुङ्गा टोंगा–हुंगा हापाईमा एक ठूलो विष्फोट सुरु भयो। हुङ्गा टोंगा टोङ्गा देशको मुख्य द्वीप टोङ्गाटापुबाट ६५ किमी (४० मील) को उत्तरमा पर्छ । [1] [2]
2022 Hunga Tonga eruption and tsunami | |
---|---|
ज्वालामुखी | Hunga Tonga–Hunga Haʻapai |
सुरुवात समय | १४ जनवरी २०२२ |
अन्त्य समय | अझै जारी |
स्थान | प्रशान्त महासागर, टोङ्गा २०.५५०°S १७५.३८५°W |
प्रभाव | 5 dead, 4+ injured, and others reported missing |
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Tonga" उपलब्ध छैन्.
|
यो ज्वालामुखी विस्फोटको कारण टोङ्गा, फिजी, अमेरिकन समोआ, भानुआतु र न्यूजील्याण्ड, सहित प्रशान्त महासागरको तटमा सुुुनाामी आयो। जापान संयुक्त राज्य अमेरिका, रूसी सुदूर पूर्व, चिली र पेरुमा घातक सुनामी आयो । १५ मिटर (४९ फिट) सम्मको सुनामी लहरबाट टोङ्गामा कम्तीमा तीन जनाको मृत्यु भयो, केही मानिसहरू घाइते भए र धेरै सम्पर्क बाहिर छन्म। पेरुमा २ मिटर (६ फिट ७ इन्च) अग्लो सुनामी तटमा पुग्दा २ जनाको डुबेर मृत्यु भयो। प्रारम्भिक तथ्याङ्कले यो घटना सम्भवतः २१ औं शताब्दीको सबैभन्दा ठूलो ज्वालामुखी विस्फोट थियो र १९९१को माउन्ट पिनाटुबोको विष्फोट पछिको सबैभन्दा ठूलो थियो भन्ने संकेत गरेको छ। [3]
जवामुखी विस्फोट पछि टोङ्गामा १४ जनवरीमा सुनामीको चेतावनी जारी गरियो। त्यो विस्फिट पछी ज्वालामुखी गतिविधिमा कमी आयो र १५ जनवरी २०२२ को बिहान चेतावनी फिर्ता गरियो। पहिलो सुनामी चेतावनीमा ३० सेमी (१२ इन्च) लहर देखिएको थियो।[4]
अर्को विस्फोट पछि २०२२ जनवरी १५ को साँझ पुरै टोङ्गामा अर्को चेतावनी जारी गरियो। [4] चेतावनी साइरन बजाइयो र अधिकारीहरूले बासिन्दालाई उच्च स्थानमा जान अनुरोध गरे।[5]
फिजीको खानी स्रोत विभागले तटीय क्षेत्रका बासिन्दालाई तट र लहरबट टाढा रहन एडभाइजरी जारी गर्यो। [6] समुद्रमा सुनामी लहरको गतिविधि अवलोकन पछि लाउ टापु खाली गरियो। [7] फिजीको महान्यायाधिवक्ता ऐयाज साएद खाइयुमले सर्वसाधारणलाई घर भित्र् बस्न र विस्फोटको समयमा सल्फर डाइअक्साइड SO2को उत्सर्जन हुँदा वर्षाको समयमा पानी ट्याङ्की छोप्न आग्रह गरे।[8] वालिस र फुटुनामा, सुनामी चेतावनी जारी गरियो तर कुनै क्षति रिपोर्ट भएन र यो चेतावनी १५ जनवरी २०२२ को साँझ फुकुवा गरियो।[9]
प्यासिफिक सुनामी वार्निङ सेन्टरले अमेरिकी सामोआमा पनि सुनामी चेतावनी जारी गरियो।[10][11] प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामी "घातक" हुने बताएको थियो र समुद्र सतहमा परिवर्तन आउने र भारी आँधी आउने चेतावनी हारी गरेको थियो। [12] सामोआले पछि सुनामी एड्भाइजरी जारे गर्यो। [13] प्यासिफिक सुनामी वार्निङ सेन्टर ले पछि अमेरिकी सामोआको लागि सुनामी चेतावनी रद्द गर्यो। [14]
न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले उत्तरी टापुको उत्तरी र पूर्वी तट, साथै चथम टापुमा बासिन्दाहरूलाई "बलियो र असामान्य आँधीका धाराहरू र अप्रत्याशित उछाल" को आउन सक्ने बतायो ।[15] एजेन्सीले थप बतायो कि धाराहरूमा मानिसहरूलाई घाइते र डुबाउने क्षमता छ। [16]
अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरो द्वारा सुनामी चेतावनी जारी गरिएको थियो, नोर्फोक टापु र लर्ड हो आइल्याण्डको लागि भूमि चेतावनी, र अस्ट्रेलियाको पूर्वी तट, तस्मानिया र म्याक्वेरी टापुको लागि समुद्री चेतावनी जारी गरिएको थियो।[17] १६ जनवरीमा, ६:५५ मा , न्यू साउथ वेल्स, क्वींसल्यान्ड, भिक्टोरिया र तस्मानियामा मजबूत र खतरनाक धाराको सुनामी समुद्री चेतावनी जारी गरिएको थियो। [18]
नयाँ ज्वालामुखी विष्फोट भएपछि अमेरिकी सामोआमा सुनामीको चेतावनी जारी गरिएको थियो। करिब दुई घन्टापछि सल्लाह रद्द गरिएको थियो।[19] १५जनवरीमा फिजीमा जारी गरिएको सुनामी चेतावनी रद्द गरियो। [20]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.