अमेरिकी सशस्त्र बल

From Wikipedia, the free encyclopedia

Remove ads

अमेरिकी सशस्त्र बल संयुक्त राज्य अमेरिकाको सैन्य शक्ति हो।[] यसमा थल सेना, मरिन कर्प्स, जल सेना, वायु सेना, स्पेस फोर्स र कोस्ट गार्ड समावेश छन्।[][] अमेरिकी राष्ट्रपति अमेरिकी सशस्त्र बलको परमाधिपति (Commander in Chief) हुन्छन्। र अमेरिकी राष्ट्रपतिले नै रक्षा विभाग, गृह विभागबाट सैन्य नीति तयार गर्छन्।[] यसको मुख्यालय पेन्टागनमा छ।

छरितो तथ्यहरू अमेरिकी सशस्त्र बल, देश ...

अमेरिकी सशस्त्र बलको स्थापना अमेरिकी क्रान्तिकारी युद्धको दौरान भएको थियो। स्थापनाकाल देखि नै संयुक्त राज्य अमेरिकाको इतिहास निर्णायक भूमिका निभाएको छ। यसले पहिलो बार्बरी युद्ध र दोस्रो बार्बरी युद्धमा विजय पाएर राष्ट्रिय एकता र पहिचानको भावनालाई बलियो बनायो। अमेरिकी गृहयुद्धको समयमा पनि यसको महत्वपूर्ण भूमिका रह्यो। यसले संयुक्त राज्य अमेरिकाबाट दक्षिणी राज्यहरूको अमेरिकी परिसंघलाई छुट्टिनबाट रोक्यो। दोस्रो विश्वयुद्धपछिको १९४७ को राष्ट्रिय सुरक्षा कानूनले आधुनिक सैन्य खाकाको सिर्जना गर्यो।

अमेरिकी सशस्त्र बल जनशक्तिको हिसाबले विश्वको सबैभन्दा ठूलो सेना मध्ये एक हो। यसले वैतनिक स्वयंसेवकहरूबाट जनशक्ति भर्ना गर्ने गर्छ। १८-२५ वर्षको अमेरिकी नागरिकले सेवामा दर्ता गर्न सक्छन् ।

अमेरिकी सशस्त्र बललाई संसारको सबैभन्दा शक्तिशाली सेना मानिन्छ। [][]२०१९ मा, यसको सैन्य बजेट ६९३ बिलियन अमेरिकी डलर थियो, जुन संसार सबभन्दा उच्च सैन्य बजेट थियो।[] २०१८ अनुसार अमेरिकी सैन्यको खर्च विश्वको कुल रक्षा खर्च मध्ये ३६% थियो। उच्च बजेटको कारणले रक्षा र शक्ति प्रक्षेपण दुबैमा अमेरिकी सशस्त्र बलको क्षमता छ। यसैको कारणले अत्याधुनिक र शक्तिशाली प्रविधिको विकास गरेको छ र संयुक्त राज्य अमेरिका भन्दा बाहिर ८०० सैन्य शिविरको साथ अमेरिकी सशस्त्र बल संसारभार परिचालन भएको छ। []अमेरिकी वायु सेना संसारको सबैभन्दा शक्तिशाली वायु/ हवाई सेना हो। अमेरिकी नेभी टनेजको हिसाबले संसारको सबैभन्दा ठूलो नेभी हो। अमेरिकी नेभी र मरिन कर्प्स संयुक्त रूपमा संसारको दोस्रो ठूलो वायु सेना हुन आउँछ। आकारको हिसाबले अमेरिकी कोस्ट गार्ड संसारको बाह्रौ सबैभन्दा ठूलो मेरिटाइम बलको हो। [][१०]आर्थिक वर्ष २०१९ अनुसार, अमेरिका सँग यसको सैन्य भण्डारमा १४,०६१ एयरक्राफ्ट छ।[११] अमेरिकी स्पेस फोर्स संसारको पहिलो, र २०२१ अनुसार, एक मात्र स्वतन्त्र स्पेस फोर्स हो।.[१२][१३]

Remove ads

कर्मचारी

चिनियाँ जनमुक्ति सेना र भारतीय सशस्त्र सेना पछि अमेरिकी सशस्त्र बल सक्रिय कर्मचारीहरूको आधारमा विश्वको तेस्रो ठूलो सेना हो, जसमा २८ फेब्रुअरी २०१९ सम्म रिजर्भमा थप ७९९,८४५ सेवा सदस्यहरू सहित नियमित सशस्त्र बलहरूमा १,३५९,६८५ सेवा सदस्यहरू छन्। [१४]

क्षेत्र अनुसार

Total number of authorized personnel in FY23.[१५]

क्षेत्र Total सकृय रिजर्भ नेसनल गार्ड
 संयुक्त राज्य अमेरिका सेना ह्रास ९५४,००० ह्रास ४५२,००० वृद्धि १७७,००० ह्रास ३२५,०००
 संयुक्त राज्य अमेरिकी मरिन कर्प्स वृद्धि २१०,००० वृद्धि १७७,००० वृद्धि ३३,०००
 संयुक्त राज्य अमेरिकी नेभी वृद्धि ४११,००० वृद्धि ३५४,००० वृद्धि ५७,०००
 संयुक्त राज्य अमेरिकी वायु सेना वृद्धि 503,744 वृद्धि ३२५,३४४ वृद्धि ७०,००० वृद्धि १०८,४००
ढाँचा:Space force वृद्धि ८,६०० वृद्धि ८,६००
ढाँचा:Country data United States Coast Guard ४९,५०० ४१,७०० ७,८००
२,१३६,८४४ १,३५८,६४४ ३४४,८०० ४३३,४००
Remove ads

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads