अरविन्द केजरीवाल
भारतीय राजनितिज्ञ From Wikipedia, the free encyclopedia
Remove ads
अरविन्द केजरीवाल (जन्म:१६ अगस्त १९६८) एक भारतीय राजनितिज्ञ हुन् । वर्तमानमा उनी १४ फेब्रुअरी २०१५ देखि दिल्लीका आठौँ मुख्यमन्त्री हुन् ।[१] यसभन्दा अघि उनी एक सामाजिक कार्यकर्ता थिए र सरकारमा अधिक पारदर्शिता ल्याउनको लागि संघर्षरत थिए । तिनलाई २००६ मा उत्कृष्ट नेतृत्वको लागि रमन म्याग्सेसे पुरस्कारबाट सम्मानित गरियो, किन भने उनले भारतको सूचनाको हक आन्दोलनलाई तल्लो स्तरमा सक्रिय बनाए र सरकारलाई जनता प्रति जवाबदेह बनाएर सबैभन्दा गरीब नागरिकहरूलाई भ्रष्टाचारसँग लड्न लागि सशक्त बनाउने उदेश्यले सामाजिक आन्दोलन गरे।सन् २०१२ मा आएर उनले आम आदमी पार्टी को स्थापना गरे र २०१३ को दिल्ली विधानसभा चुनावमा तिन पल्टको मुख्यमन्त्री शिला दीक्षितलाई २५,८६४ भोटको मत अन्तरले पराजित गरे ।[२]
Remove ads
जीवनी
अरविन्द केजरीवालको जन्म १६ अगस्त १९६८ मा हरियाणा[३] को हिसार सहरमा भयो[४], र उनले १९८९ मा आई. आई. टी., खडगपुरबाट मेकानिकल इन्जिनियरिङमा स्नातकको उपाधि पाए । त्यस पछि, १९९२ मा उनी भारतीय नागरिक सेवा (आईसीएस)को एक भाग,भारतीय राजस्व सेवा (आईआरएस)मा आए, र उनलाई दिल्लीमा आयकर आयुक्त कार्यालयमा नियुक्त गरियो। छिट्टै उनले महसूस गरे कि सरकारमा बहुप्रचलित भ्रष्टाचारको कारण प्रक्रियामा पारदर्शिताको कमी छ। आफ्नो अधिकारिक स्थितिमा रहँदैका नैं उनले, भ्रष्टाचारको विरुद्ध लडाई शुरू गरे।[५] प्रारंभमा, अरविंदले आयकर कार्यालयमा पारदर्शिता बढाउनको लागि धेरै परिवर्तन ल्याउने महत्त्वपूर्ण भूमिका निभाए।
जनवरी २००० मा, उनले कामबाट विश्राम लिए र दिल्ली आधारित एक नागरिक आन्दोलन-परिवर्तनको स्थापना गए, जुन एक पारदर्शी र जवाबदेह प्रशासनलाई सुनिश्चित गर्नको लागि काम गर्दछ। यसपछि, फेब्रुअरी २००६ मा, उनले नोकरीबाट राजीनामा दिए, र पूरा समयको लागि खालि 'परिवर्तन'मा नै काम गर्न लागे।[६] अरुणा राय र धेरै अन्य मानिसहरू सहित मिलेर, उनले सूचनाको हक ऐनको लागि अभियान शुरू गरे, जुन चाँडै नैं एक मूक सामाजिक आन्दोलन बन्यो, दिल्लीमा सूचनाको हक ऐनलाई २००१ मा पारित गरियो[३] र अंतमा राष्ट्रीय स्तरमा भारतीय संसदले २००५ मा सूचना हक ऐन (आर.टी.आई.)लाई पारित गरे।
यसपछि, जुलाई २००६ मा, उनले पूरा भारतमा आर.टी.आई.को बारेमा जागरूकता फैलाउनको लागि एक अभियान शुरू गरे।[७] अरुहरूलाई प्रेरित गर्नको लागि अरविन्दले अब आफ्नो संस्थानको माध्यम भन्दा एक आर.टी.आई. पुरस्कारको सुरुवातको छ।[८] सूचनाको हक गरीब मानिसहरूको लागि त महत्त्वपूर्ण छ नै, साथै साधारण जनता र पेशेवर मानिसहरूको लागि पनि यो त्यति नैं महत्त्वपूर्ण छ। आज पनि धेरै भारतीय सरकारको निर्वाचनको प्रक्रियामा निष्क्रिय दर्शक नैं बनेका छन्। अरविन्द सूचनाको हकको माध्यमबाट प्रत्येक नागरिकलाई आफ्नो सरकारसँग प्रश्न सोध्नको शक्ति दिन्छन्। आफ्नो सङ्गठन परिवर्तनको माध्यमबाट ति मानिसहरूलाई प्रशासनमा सक्रिय रूपबाट हिस्सा लिनको लागि प्रेरित गर्दछन्। आर.टी.आई.लाई साधारण नागरिकको लागि एक शक्तिशाली उपकरण बननमा लामो समय लाग्नेछ। हुनत अरविन्दले हामीलाई देखाई दिएका छन कि वास्तवमा यसका लागि एक सम्भव उपाय रहेको छ ।[९]
६ फेब्रुअरी २००७ को, अरविन्दलाई वर्ष २००६ को लागि लोक सेवामा सीएनएन आईबीएन 'इन्डियन अफ द इयर'को लागि नामित गरियो। अरविंदले सूचनाको हक ऐनलाई स्पष्ट गर्दै गूगलमा भाषण दिए।[१०]
Remove ads
राजनीतिक जीवनी
आम आदमी पार्टीको स्थापना
अरबिन्दले सन् २०१२ नोभेम्बरमा आम आदमी पार्टीको स्थापना गरे । बिशुद्ध आम जनताको चाहनालाई समेटेर सो पार्टी को स्थापना गरिएको उनले जनाएका छन् ।
दिल्लीको मुख्यमन्त्री (पहिलो कार्यकाल)
दिल्ली विधानसभा चुनावमा उनी भारत का पाँचौ यस्ता राजनीतिज्ञ भए जसलाई सामाजिक सञ्जाल साइट फेसबुक तथा ट्विटरमा स्थान दिइयो। यो चुनाव यस पार्टीको लागि पहिलो आम चुनाव थियो जसमा यस पार्टीका मुखिया केजरीवालले तिन पल्टको दिल्ली की मुख्यमन्त्री शिला दीक्षितलाई हराए तथा सम्पूर्णमा यस पार्टीबाट दिल्ली विधानसभा चुनावमा ७० मध्ये २८ सिट ल्याउन सफल भयो। केजरीवाल दिल्लीका दोश्रो कम उमेरका मुख्यमन्त्री बन्न सफल भए यो भन्दा पहिला ३४ वर्षको उमेरमा चौधरी ब्रहम प्रकाश दिल्ली को मुख्यमन्त्री बनेका थिए ।
२०१४ आम निर्वाचन
दिल्लीको मुख्यमन्त्री (दोस्रो कार्यकाल)
२०१५ को दिल्ली बिधानसभा चुनावमा ७० निर्वाचन क्षेत्र मध्ये ६७ मा जितेर पाएर केजरीवालको आम आदमी पार्टीले भारी विजय हासिल गर्यो। बिजेपीले ३ सिट जित्यो भने काँग्रेस शून्य भयो। [११] त्यो चुनावमा, उनी पुनः नयाँ दिल्ली निर्वाचन क्षेत्रबाट नुपुर शर्मालाई ३१,५८३ मतले पछि पार्दै निर्वाचित भए।[१२] उनले रामलिला मैदानमा २०१५ फेब्रुअरी १४ मा दोस्रोपटक दिल्लीको मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गरे। [१३] त्यसपछि उनको पार्टीले केही भिन्नताका साथ जन लोकपाल बिधेयक पास गर्यो। [१४][१५]
Remove ads
पुरस्कार
- २००४: अशोक फैलो, सिविक अङ्गेजमा ट
- २००५: 'सत्येन्द्र दुबे मेमोरियल अवार्ड', आई.आई.टी. कानपुर, सरकार पारदर्शितामा ल्याउनको लागि तिनको अभियान हेतु [३].
- २००६: उत्कृष्ट नेतृत्वको लागि रमन मेगसेसे अवार्ड
- २००६: लोक सेवामा सीएनएन आईबीएन, 'इन्डियन अफ द इयर'[१६]
- २००९: विशिष्ट पूर्व छात्र पुरस्कार, उत्कृष्ट नेतृत्वको लागि आई.आई.टी. खडगपुर
- २०१०: इकोनोमिक्स टाईम पुरस्कार,बार्षिक नीति परिवर्तन गर्ने व्यक्तिको लागि (अरुणा राय संगै)
- २०११: एनडीटिभि वर्ष व्यक्ति (अन्ना हजारे संगै)
- २०१३: सिएनएन आइबिएन भारतीय वर्ष व्यक्ति (राजनीतिकको लागि)
पुस्तकहरू
- सूचनाको हक: व्यवहारिक मार्गदर्शिका- सह लेखक - विष्णु राजगडिया, राजकमल प्रकाशन, नयाँ दिल्ली द्वारा वर्ष २००७ मा प्रकाशित
- स्वराज - स्वराज अभियान प्रकाशन
यो पनि हेर्नुहोस्
- सूचनाको हक ऐन
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads