अशोक

From Wikipedia, the free encyclopedia

अशोक
Remove ads

अशोक (राज्यकाल: ईसापूर्व २७३-२३२) प्राचीन भारतमा मौर्य राजवंशको चक्रवर्ती राजा थिए। उनको मौर्य राज्य उत्तरमा हिन्दुकुशको श्रेणी देखि दक्षिणमा गोदावरी नदीको दक्षिण र मैसुरसम्म, पूर्वमा बङ्गालदेखि र पश्चिममा अफगानिस्तानसम्म पुगेको थियो। यो त्यस समयसम्मको सबैभन्दा ठुलो भारतीय साम्राज्य थियो। सम्राट अशोकलाई आफ्नो विशाल साम्राज्यको राम्रो र कुशल प्रशासन तथा बौद्ध धर्मको प्रचारको लागि जानिन्छ।

छरितो तथ्यहरू अशोक, मौर्य सम्राट ...

जीवनको उत्तरार्धमा अशोक भगवान गौतम बुद्धको अनुयायी भए र तिनै स्मृतिमा उनले एउटा स्तम्भ खडा गरेदिए जुन आज पनि नेपालमा उनको जन्मस्थल लुम्बिनी मा मायादेवी मन्दिरको छेउमा अशोक स्तम्भको रूपमा देख्न सकिन्छ। उनले बौद्ध धर्मको प्रचार भारत लगायत श्रीलङ्का, अफगानिस्थान, पश्चिम एसिया, इजिप्ट तथा ग्रीकमा पनि गराए।

Remove ads

आरम्भीक जीवन

अशोक मौर्य सम्राट बिन्दुसार तथा रानी धर्माको पुत्र थिए। भनिन्छ कि धर्मा एउटा दासको छोरी थिईन। एक दिन उनले स्वप्न देखे कि उनको छोरा एउटा ठुलो सम्राट बन्ने छ। त्यस पछि उनलाई राजा बिन्दुसारले आफ्नो रानी बनाए। जब कि धर्मा कुनै क्षत्रिय कुलबाट थिइनन तसर्थ उनलाई राजकुलमा कुनै विशेष स्थान प्राप्त थिएन। अशोकको थुप्रै दाजु भाइ (सौतेनी)-बैनी थिए। बल्यकालमा उनीहरूमा कडा प्रतिस्पर्धा हुन्थ्यो। अशोकको बारेमा भनिन्छ कि उनी बाल्यकालबाट नै सैन्य गतिविधिहरूमा प्रवीण थिए। दुई हजार वर्ष पश्चात्, अशोकको प्रभाव एसिया मुख्यतः भारतीय उपमहाद्वीपमा देख्न सकिन्छ। अशोक कालमा कुदिएको प्रतीतात्मक चिह्न, जसलाई हामी 'अशोक चिह्न'को नामबाट् पनि जानिन्छ, आज भारतको राष्ट्रिय चिह्न हो। बौद्ध धर्मको इतिहासमा गौतम बुद्ध पश्चात् अशोकको नै स्थान आउदछ।

Remove ads

साम्राज्य विस्तार

अशोकका दाजु भाइ सुसीम त्यस समय तक्षशिलाको प्रान्तपाल थिए। तक्षशिलामा भारतीय-यूनानी मूलका धेरै मानिस बस्तथे। यसबाट त्यो क्षेत्र विद्रोहको लागि उपयुक्त थियो। सुसीमको अकुशल प्रशासनको कारण पनि त्यस क्षेत्रमा विद्रोह उठ्यो। राजा बिन्दुसारले सुसीमको भनाईमा लागेर राजकुमार अशोकलाई विद्रोहलाई दमनको लागि त्यहा पठाए। अशोक आउने खबर सुनेर नै विद्रोहीहरूले उपद्रव समाप्त गरे र विद्रोह बिना कुनै युद्ध खत्म भयो। यध्यपी यहाँ बिद्रोह एक पटक फेरी अशोकको शासनकालमा भएको थियो तर यस पटक यसलाई बलपूर्वक दवाईएको थियो।

Thumb
अशोकको राज्य
Thumb
भारतको वैशालीमा रहेको अशोक स्तम्भ

अशोकको यस प्रसिद्धबाट उनको दाजु सुसीमलाई सिंहासन नपाउने खतरा बढेको थियो। उनले सम्राट बिन्दुसारलाई भनेर अशोकलाई निर्वासमा पठाई दिए। अशोक कलिङ्ग गए। त्यहाँ उनको मत्स्य कुमारी कौर्वकीसँग प्रेम भयो। अहिले पाईएको प्रमाणहरूको अनुसार पछि अशोकले उनलाई तेस्रो वा दोस्रो रानी बनाएका थिए।

यसै बीच उज्जैनमा विद्रोह भयो। उनलाई सम्राटने निर्वासनबाट बोलाएर विद्रोह दबाउन पठाए। जबकि उनका सेनापतिहरूले विद्रोहलाई दबाई दिए तर त्यसको चिनारी गुप्त नै राखियो किनकि मौर्यहरू द्वारा फैलाईएको गुप्तचर जालबाट उनको बारेमा थाहा पाएपछि उनका दाजु सुसीम द्वारा उनी मार्न लगाउने डर थियो। उनी बौद्ध भिक्षुहरूसँग बस्तथे। यसै बेला उनलाई बौद्ध विधि-विधान तथा शिक्षाहरू जानकारी भएको थियो। यहाँ एक सुन्दरी जसको नाम नाम देवी थियो, उनीसँग उनको प्रेम भयो जसलाई उनले स्वस्थ्य भएपछि विवाह गरे।

केही वर्ष पछि सुसीमसँग आजित् भएका मानिसहरूले अशोकलाई राजसिंहासन हत्याउनको लागि प्रोत्साहित गरे किन भनें सम्राट बिन्दुसार वृद्ध तथा रुग्न हुँदै थिए। जब उनी आश्रममा थिए तब उनलाई यो यो खबर् आयो की उनको आमालाई उनको सौतेनी भाइहरूले मारीदिए। तब उनी राज महलमा गएर आफ्नो सबै सौतेनी भाइहरूलाई मारी दिए र सम्रात बने।

सत्ता समाल्ने बित्तिकै अशोकले पूर्व तथा पश्चिम दुबै दिशामा आफ्नो साम्राज्य फैलाउन शुरु गरे। उनले आधुनिक आसाम देखि ईरानको सीमाना सम्म साम्राज्य विस्तृत केवल आठ वर्षमा गरे।

कलिङ्गको लडाइँ

कलिङ्ग युद्ध उनको जीवनको एउटा निर्णायक मोड साबित भयो। यस युद्धमा भएको नरसंहारबाट उनको मन ग्लानिबाट भरीयो र उनले बौद्ध धर्मलाई अङ्गीकार गरे।

Remove ads

साम्राज्य विस्तार

अशोकका दाजु भाइ सुसीम त्यस समय तक्षशिलाको प्रांतपाल थिए। तक्षशिलामा भारतीय-यूनानी मूलका धेरै मानिस बस्तथे। यसबाट त्यो क्षेत्र विद्रोहको लागि उपयुक्त थियो। सुसीमको अकुशल प्रशासनको कारण पनि त्यस क्षेत्रमा विद्रोह उठ्यो। राजा बिन्दुसारले सुसीमको भनाईमा लागेर राजकुमार अशोकलाई विद्रोहलाई दमनको लागि त्यहा पठाए। अशोक आउने खबर सुनेर नै विद्रोहिहरूले उपद्रव समाप्त गरे र विद्रोह बिना कुनै युद्ध खत्म भयो। यध्यपी यहाँ बिद्रोह एक पटक फेरी अशोकको शासनकालमा भएको थियो तर यस पटक यसलाई बलपूर्वक दवाईएको थियो।

Thumb
अशोकको राज्य
Thumb
भारतको वैशालीमा रहेको अशोक स्तम्भ

अशोकको यस प्रसिद्धबाट उनको दाजु सुसीमलाई सिंहासन नपाउने खतरा बढेको थियो। उनले सम्राट बिंदुसारलाई भनेर अशोकलाई निर्वासमा पठाई दिए। अशोक कलिंग गए। वहां उनको मत्स्य कुमारी कौर्वकीसँग प्रेम भयो। अहिले पाईएको प्रमाणहरूको अनुसार पछि अशोकले उनलाई तेस्रो वा दोस्रो रानी बनाएका थिए।

यसै बीच उज्जैनमा विद्रोह भयो। उनलाई सम्राटने निर्वासनबाट बोलाएर विद्रोह दबाउन पठाए। जबकि उनका सेनापतिहरूले विद्रोहलाई दबाई दिए तर त्यसको चिनारी गुप्त नै राखियो किनकि मौर्यहरू द्वारा फैलाईएको गुप्तचर जालबाट उनको बारेमा थाहा पाएपछि उनका दाजु सुसीम द्वारा उनी मार्न लगाउने डर थियो। उनी बौद्ध सन्यासिहरूसँग बस्तथे। यसै बेला उनलाई बौद्ध विधि-विधान तथा शिक्षाहरू जानकारी भएको थियो। यहाँ एक सुन्दरी जसको नाम नाम देवी थियो,उसँग उनको प्रेम भयो जसलाई उनले स्वस्थ्य भएपछि विवाह गरे।

केही वर्ष पछि सुसीमसँग आजित् भएका मानिसहरूले अशोकलाई राजसिंहासन हत्याउनको लागि प्रोत्साहित गरे किन भनें सम्राट बिन्दुसार वृद्ध तथा रुग्न हुँदै थिए। जब उनी आश्रममा थिए तब उनलाई यो यो खबर् आयो की उनको आमालाई उनको सौतेनी भाइहरूले मारीदिए। तब उनी राज महलमा गएर आफ्नो सबै सौतेनी भाइहरूलाई मारी दिए र सम्रात बने।

सत्ता समाहाल्ने बित्तिकै अशोकले पूर्व तथा पश्चिम दुबै दिशामा आफ्नो साम्राज्य फैलाउन शुरु गरे। उनले आधुनिक आसाम देखि ईरानको सीमाना सम्म साम्राज्य विस्तृत केवल आठ वर्षमा गरे।

कलिंगको लडाइँ

कलिंग युद्ध उनको जीवनको एउटा निर्णायक मोड साबित भयो। यस युद्धमा भएको नरसंहारबाट उनको मन ग्लानिबाट भरीयो र उनले बौद्ध धर्मलाई अङ्गीकार गरे।

बौद्ध धर्म अङ्गीकार

Thumb
तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा बनाएको मध्य प्रदेशमा साँची का स्तूप

कलिङ्ग युद्धमा भएको क्षति तथा नरसंहारबाट उनको मन लडाइँ गर्नबाट उठ्यो र उनी आफ्नो कर्मबाट दुखी भए। यसै शोकमा उनी बुद्धको उपदेशहरूको नजिक आउदै गए र उसले बौद्ध धर्म स्वीकार गरे।

बौद्ध धर्म स्वीकीर गरे पछि उनले उनको आफ्नो जीवनमा उतारने कोशिश पनि गरे। उनले शिकार तथा पशु-हत्या गर्न छोडिदिए। उनले ब्राह्मण तथा अन्य सम्प्रदायको सन्यासिहरूलाई खुलेर दान दिए। जनकल्याणको लागि उनले चिकित्सालय, पाठशाला तथा सडक आदिको निर्माण गराए।

उसने बौद्ध धर्मको प्रचारको लागि आफ्नो धर्म प्रचारक नेपाल, श्रीलङ्का, अफगानिस्तान, सीरिया, मिस्र तथा ग्रीस सम्म पठाए। उनले यस कामको लागि आफ्नो छोरा र छोरीलाई यात्राहरूमा पठाएका थिए|

Remove ads

मृत्यु

अशोकले लगभग ४० वर्ष सम्म शासन गरे त्यसपछि लगभग २३२ ईसापूर्वमा उनको मृत्यु भयो। उनको थुप्रै सन्तान तथा रानीहरू थिए तर उनीहरूको बारेमा धेरै थाहा छैन। उनका छोरा महेन्द्र तथा पुत्री सङ्घमित्राले बौद्ध धर्मको प्रचारमा योगदान दिए।

अशोकको मृत्यु पछि मौर्य राजवंश लगभग ६० वर्ष सम्म चल्यो।

अवशेष

मगध तथा भारतीय उपमहाद्वीपको थुपै ठाउमा उनको अवशेष पाईएको छ। पटना (पाटलिपुत्र)को छेउ कुम्हरारमा अशोककालीन अवशेष पाईएको छ। लुम्बिनीमा पनि अशोक स्तम्भ देख्न सकिन्छ। कर्नाटकको थुप्रै ठाउमा उनको धर्म उपदेशहरू लेखीएको शिला अभिलेख पाईएको छ।

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads