एभरेष्ट प्रिमियर लिग

From Wikipedia, the free encyclopedia

Remove ads

एभरेष्ट प्रिमियर लिग ट्वाण्टी-ट्वाण्टीमा आधारित एक व्यवसायीक नेपाली क्रिकेट लिग हो। यो प्रतियोगिता इपिएल प्रालिले सञ्चालन गर्ने गर्दछ। यो नेपालको पहिलो र ठूलो मध्येको एक क्रिकेट प्रतियोगिता हो। यो प्राय: मङ्सिर वा पुस महिनामा खेलाइन्छ। यो प्रतियोगिता राउण्ड- रोबिन ढाँचा अनुसार खेलाइने गरिएको छ जसमा उत्कृष्ट ४ वटा टोलीहरू प्ले अफमा प्रवेश गर्दछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषदमा आवद्ध भएका राष्ट्रहरूको तुलनामा यो प्रतियोगिता घरेलु प्रतियोगिताहरूमै सबैभन्दा धेरै उपस्थिति गराउन सफल प्रतियोगिता पनि मानिएको छ। यसको प्रथम संस्करणमा ६ वटा टोलीहरूले सहभागीचा जनाएका थिए जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू समावेश थिए। हालको विजेता ललितपुर प्याट्रियट्स हो जसले एभरेष्ट प्रिमियर लिग २०७५को उपाधि हात पारेको थियो।[]

छरितो तथ्यहरू एभरेष्ट प्रमियर लिग (इपिएल), देशहरू ...
Remove ads

इतिहास

एभरेष्ट प्रमियर लिग २०७० फागुन १२ मा, होटल रेडिसनमा एक प्रेस विज्ञप्तिको आयोजना गरी अनावरण गरिएको थियो। जोहरा खेलकुद व्यवस्थापन र नेपाल क्रिकेट सङ्घले विशेष सम्झौता गरी नेपाल प्रमियर लिग ३ वर्षको लागि सुरुवात गर्ने निर्णय गरेका थिए।

२०७१ बैशाख ३० गते नेपाल क्रिकेट सङ्घका सदस्यले एक प्रेस विज्ञप्ति जारी गरी उक्त प्रतियोगिताको आयोजकको रूपमा नेपाल क्रिकेट सङ्घ निकालिएको दावी गरेका थिए। २०७३ मा, पहिलो एभरेष्ट प्रमियर लिग, त्रिवी क्रिकेट मैदानमा २०७३ असोज ८ देखि असोज १७ सम्म आयोजना गरिएको थियो[] जसले गर्दा अधिकाङ्श नेपाल क्रिकेट सङ्घका सदस्यहरूले नेपाल प्रमियर लिगको नियमक परिषदबाट राजिनामा दिएका थिए। अध्यक्ष रहेका, टङ्क आङ्गबुहाङले भने उक्त प्रतियोगिता हुने र सबै निर्णयहरू अनौपचारिक र उनले थाहै नपाइ गरेको निर्णय रहेको बताएका थिए। २०७३ को एभरेष्ट प्रिमियर लिगको प्रायोजक सिजी फुड्स (वाई वाई) रहेको थियो।[][]

Remove ads

सहभागी टोलीहरू

हालका टोलीहरू

हरेक टोलीमा १५ जना खेलाडीहरू समावेश छन् जसमा १० जना खेलाडीहरू हरेक टोलीले अक्सन मार्फत भित्र्याएको हुन्छ। हरेक टोलीहरूले आफ्नो सम्बन्धित सहरहरूमा गरी प्रतिभावान खेलाडीहरूको खोजी गर्दछन् जसले गर्दा उनीहरूलाई नयाँ जवान खेलाडीको खोज गर्न मद्दत मिल्छ। त्यसैगरी, प्रत्येक टोलीमा कम्तीमा ३ जना विदेशी खेलाडीहरू समावेश गर्नु पर्छ। []

थप जानकारी टोली, मालिक ...

पहिलेका टोलीहरू

२०७३ मा, प्रतियोगितामा टोलीहरू संयुक्त क्षेत्रमा आधारित थिए।

थप जानकारी टोली, मालिक(हरू) ...
Remove ads

प्रतियोगिताका संस्करण र नतिजा

थप जानकारी संस्करण, स्थान ...

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads