खाडी सहयोग परिषद्

From Wikipedia, the free encyclopedia

खाडी सहयोग परिषद्
Remove ads

खाडी सहयोग परिषद् [] (अरबी: مجلس التعاون لدول الخليج العربية), फारसको खाडीले घेरिएका देशहरूको क्षेत्रीय समूह हो।[][] यसका सदस्य देशहरू बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स हुन्। यसको मुख्यालय रियाद, साउदी अरबमा अवस्थित छ।[] यसको आधिकारिक भाषा अरबी हो। यसको बडापत्र २५ मे १९८१ मा हस्ताक्षर गरिएको थियो जसले औपचारिक रूपमा संस्थाको स्थापना गरेको थियो।[]

छरितो तथ्यहरू खाडी सहयोग परिषद्مجلس التعاون لدول الخليج العربية, प्रधान कार्यालय ...

सबै वर्तमान सदस्य राष्ट्रहरू राजतन्त्रात्मक शासन छ, तीन (कतार, कुवेत, र बहराइन) मा संवैधानिक राजतन्त्र छ भने,[][] दुई (साउदी अरब र ओमान) मा पूर्ण राजतन्त्र छ, संयुक्त अर्ब इमिरेट्स (सातवटा इमिरेट्समा प्रत्येक इमिरेट्समा अमिर सहितको पूर्ण राजतन्त्र छ) सङ्घीय राजतन्त्र छ। जोर्डन, मोरोक्कोयमनको भावी सदस्यताका बारेमा पनि छलफल भएको थियो।[][१०]

Remove ads

उत्पत्ति र विकास

कुवेत सरकारले विशेष सांस्कृतिक र ऐतिहासिक बन्धनले जोडिएका ६ अरब खाडी राष्ट्रहरूलाई एउटै मञ्चमा ल्याउन एउटा सङ्गठनको प्रस्ताव गरेको थियो। सोही प्रस्ताव अनुसार सांस्कृतिक, सामाजिक, आर्थिक र वित्तीय क्षेत्रमा सहकारी प्रयासको सुझाव दिने रियाद सम्झौता जारी भएको थियो। मे २५-२६, १९८१ मा ६ खाडी देश ( बहराइन, कुवेत, ओमान, कतार, साउदी अरबसंयुक्त अरब इमिरेट्स) का राष्ट्र अध्यक्षहरूले अबु धाबी (संयुक्त अरब इमिरेट्स) मा परिषद्को संविधानमा हस्ताक्षर गरेका थिए। यसरी खाडी सहयोग परिषद् अस्तित्वमा आएको थियो।

बहराइनको अशान्तिको बीचमा, साउदी अरब र संयुक्त अरब इमिरेट्सले विद्रोहलाई रोक्न बहराइनमा सेना पठाएका थिए। कुवेत र ओमानले सेना पठाउन अस्वीकार गरेका थिए।

डिसेम्बर २०११ मा, साउदी अरबले खाडी सहयोग परिषद्लाई एक महासङ्घ बनाउने प्रस्ताव गरेको थियो। अन्य देशहरूले प्रस्तावमा आपत्ति जनाएकन थिए।

Remove ads

उद्देश्य

१.सदस्य राष्ट्रहरूबीच एकता ल्याउन सबै क्षेत्रमा समन्वय, एकीकरण र सहयोग स्थापना गर्ने;

२.सबै क्षेत्रमा सदस्य राष्ट्रका नागरिकहरू बीचको विद्यमान सहयोगलाई सुदृढ र गहिरो बनाउन;

३. सबै क्षेत्रमा समान संयन्त्रको विकास गर्ने, र;

महासचिव

थप जानकारी No., Image ...


सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads