गोरखापत्र संस्थान
From Wikipedia, the free encyclopedia
Remove ads
गोरखापत्र संस्थान नेपालको सरकारी सञ्चार गृह हो। गोरखापत्र संस्थान ऐन, २०१९ अनुसार वि.सं. २०२० साल असार २५ गते यस संस्थानको स्थापना भएको हो। सरकारी मूखपत्रको रूपमा प्रकाशन आरम्भ भएको गोरखापत्र सूरूमा साप्ताहिक, त्यसपछि अर्धसाप्ताहिक, सातामा तीन दिन हूदै राष्ट्रिय दैनिक रूपमा प्रकाशित भइरहेको छ। "सर्वे भवन्तू सूखिन, सर्वे सन्तू निरामय" को आदर्श वाक्य बोकेको राष्ट्रको जेठो पत्रिकाको रूपमा परिचित गोरखापत्र कै नामबाट गोरखापत्र संस्थानको जन्म भएको हो।
सर्वसाधारणको प्रत्यक्ष संलग्नतामा प्रकाशनको स्तर उठाएर समयानूकुल लोकप्रिय र प्रभावकारी वनाउन गोरखापत्र संस्थानको स्थापना भएको हो। हाल यो संस्थानबाट गोरखापत्र दैनिक लगायतका अन्य प्रकाशनहरू प्रकाशित भैरहेका छन्।
Remove ads
उद्देश्य
राष्ट्रिय दृष्टिकोण राखी पुर्णस्वस्थ, उत्तरदायी तथा मनोरञ्जन सामग्रीले यूक्त पत्रपत्रिकाको प्रकाशन एवं वितरणद्वारा स्वदेशी, विदेशी समाचार तथा अन्य उपयोगी विषयहरूमा सर्वसाधारणलाई अधिराज्यभर सरल, सुलभ, एवं सुपथ किसिमले उपलव्ध गराउनु संस्थानको मूख्य उद्देश्य रहेको छ।
कार्यहरू
राष्ट्रियता र प्रजातान्त्रिक भावनालाई विकसित गर्दै लैजाने किसिमका राष्ट्रिय दृष्टिकोण तथा व्यापकताले पुर्ण स्वस्थ, उत्तरदायी तथा मनोरञ्जनात्मक सामग्रीयूक्त पत्रपत्रिकाको प्रकाशन र वितरण गर्ने।
प्रकाशनहरू
यस संस्थानअन्तर्गत निम्न प्रकाशन छन्ः
- गोरखापत्र
- दी राइजिङ नेपाल
- मधुपर्क
- युवामञ्च
- मुना
सन्दर्भ सामग्रीहरू
बाह्य सूत्र
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads