छारे रोग

From Wikipedia, the free encyclopedia

छारे रोग
Remove ads

छारे रोग वा मृगी स्नायुसम्बन्धि एउटा नसर्ने प्रकृतिको रोग हो जसमा व्यक्तिलाई पटक-पटक सिजर आउँछ। सिजर भनेको मस्तिष्कका नसाहरूमा विद्युतीय हरकतहरू असामान्य रूपमा बढ्नु हो जस दौरान मानिसको व्यवहार वा हाउभाउ, शरीरको चाल वा चेतनामा परिवर्तन आउँछ। छारे रोगको चिकित्सकिय पहिचान गर्न दुई वा दुईभन्दा बढि पटक कुनै प्रत्यक्ष बाह्य उत्तेजनाबेगर सिजर आएको हुनुपर्छ। सिजरलाई दौरा पनि भन्न सकिन्छ।

Thumb
Generalized 3 Hz spike and wave discharges in EEG

छारे रोगको सिजर पत्तै नपाइने गरिको अत्यन्तै छोटो पनि हुनसक्छ अथवा कुनैबेला एकदमै लामो हुन्छ जस अवधिमा मस्तिष्कमा हुने असामान्य विद्युतीय गतिविधिले गर्दा व्यक्ति काम्ने र मूर्च्छा पर्नेसम्म पनि हुन्छ। छारे रोगको यस किसिमको सिजर वा सिजरहरूको दौरान व्यक्ति लडेर शारीरिक चोटपटक लाग्न सक्छ वा दुर्घटना नै हुन सक्छ। छारे रोगका सिजरहरू पटक-पटक आउने गर्दछन् र यो आउने तात्कालिक कारण यहि नै हो भनेर भन्न सकिन्न। तर, रोगको प्रकृति र व्यक्तिअनुसार मदिरा, अनिद्रा, चिन्ता, भोक आदि कारणले छारे रोग लागेको व्यक्तिलाई सिजर आउन सक्छ। एकपटक मात्र आएको वा कुनै बाह्य उत्तेजनाले गर्दा आएको सिजरलाई भने छारे रोग मानिँदैन।

छारे रोगको सिजर भइरहँदा मस्तिष्कको कर्टेक्स (cortex) का स्नायुहरूको विद्युतीय गतिविधि असामान्य र अधिक भएको हुन्छ जुन इलेक्ट्रोइन्सेफालोग्राम (ई.ई.जी.; EEG) मा देखिन्छ। लक्षणहरूका अलावा छारे रोग पहिचानका लागि चिकित्सकले ई.ई.जी. मा मस्तिष्कका विभिन्न भागका स्नायुहरूको गतिविधि हेर्ने गर्छन्। यस्तो गतिविधि माथि चित्रमा देखाएजस्तो धर्साजस्तो देखिन्छ।

Remove ads

रोगको लक्षण

यस्तो लक्षण छारे रोगको प्रकृतिअनुसार फरक हुन जान्छ। कुनै किसिमको छारे रोगमा व्यक्ति मूर्च्छा पर्न सक्छ भने कुनैमा व्यक्ति केहि सेकेण्डको लागि टोलाएजस्तो हुने मात्र पनि हुन्छ। कुनैमा व्यक्ति काम्दछ भने कुनैमा हातहरू सामान्य देखिने गरी हलचल गर्दछन्। समग्रमा, मस्तिष्कको कुन भागमा विद्युतीय गतिविधिहरू असामान्य भएका छन् र कति क्षेत्र ओगटेका छन् भन्ने कुराले धेरै हदसम्म बाहिर देखिने लक्षण निर्धारण गर्छ।

Remove ads

छारे रोगका कारणहरु

  • छारे रोग जुनसुकै उमेरको मानिसलाई हुन सक्छ। आमाको पेटमै हुँदा बच्चामा हुने मस्तिष्कमा सङ्क्रमण हुनु, जन्मँदा मस्तिष्कमा अक्सिजनको कमी हुनु, मस्तिष्कमा चोट लाग्नु आदि कारणले बच्चामा यो रोग देखा पर्न सक्छ। जुगाको अण्डा मस्तिष्कमा पुगेर, पक्षघात आदि कारण टाउकोको चोटपटक वा ट्युमरले गर्दा पनि छारे रोग लाग्न सक्छ। कतिपय व्यक्तिमा भने छारे रोगको कारण यहि नै हो भनेर पहिल्याउन नसकिने पनि हुन्छ।
Remove ads
Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads