जुम्ला जिल्ला
नेपालको एक जिल्ला From Wikipedia, the free encyclopedia
Remove ads
जुम्ला जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने उच्च हिमाली जिल्ला हो । चन्दननाथ नगरपालिकाको खलङ्गा बजार जुम्ला जिल्लाको सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो। १२औँ सताब्दीका राजा नागराजको राज्य स्थापना भएको जिल्लाको रूपमा पनि यो जिल्ला चिनिन्छ। नागराज हुँदै शोभान शाहीसम्मको जुम्ला एक स्वतन्त्र, स्वाधीन र खस सभ्यताको नेतृत्वदायी राज्य हो । यहाँ रैका राजवंश को एक शक्तिशाली राज्य मुकाम थियो। जुम्लाको रैका मल्ल राजाको राज्यको अर्को स्थान दुल्लु मानिन्थ्यो। यिनै ताम्रपत्रमा रैका/राईका आदेशलेखाउने जुम्लाको रैका मल्ल राजाको वंशज १४औं सताब्दी पछि डोटी गयो। यहाँका रैका राजा डोटी बिस्थापित भए पछि यस जिल्ला क्षेत्रमा कल्याल राजाको आधिपत्य स्थापित भएको थियो। यस भेगका कल्याल शाही ठकुरीहरू रैका राजा पछि स्थापित जुम्ला कल्याल बलिराजाका सन्तान हुन्।
Remove ads
नामकरण
परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न/टोक्न दुईवटा अजिंगर (नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए। यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ।
प्रशासनिक विभाजन
जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये १ नगरपालिका र ७ गाउँपालिका छन्।[१]
Remove ads
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads